२३ माघ २०८१, बुधबार

स्वास्थ

बाढीले तीन सयभन्दा बढी घर डुबानमा :

Breaking News, पर्यटन, पुर्वाधार, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार, स्वास्थ
काठमाडौँ, अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढीले बाँकेका तल्लो तटीय क्षेत्रका तीन सयभन्दा बढी घर डुबानमा परेका छन्। अविरल वर्षापछि राप्ती नदीमा आएको बाढीले बाँके डुडुवा गाउँपालिका वार्ड नं १ अन्तर्गत पर्ने चौफेरी, कृषि चौफेरी र पाझा गाउँका तीन सयभन्दा बढी घर डुबानमा परेका हुन्। बाढी घरभित्र पसेपछि अन्नपात कपडा लत्ता भिजेर क्षति भएको स्थानीय गणेश गुप्ताले बताए। राप्ती नदी र खोलाको बीचमा रहेका ती गाउँका स्थानीयहरु त्रसित भएका छन्। घरभित्र पानी पसेपछि यहाँका स्थानीय गाउँपालिकाले निर्माण गरेको आश्रयस्थलमा आश्रय लिएर बसेका छन्। अत्यावश्यक सामाग्री लिएर स्थानीयहरु आश्रयस्थलमा बसिरहेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए। अहिले पनि वर्षा भइरहेकाले नदीमा पानीको सतह बढ्दै गएको छ। अविरल वर्षाले बाँकेको कुसुमस्थित राप्ती नदीमा पानीको सतहले छ दशमलव त्रिसट्ठी मिटर पार गरेको छ। रा...
फूलमती विश्वकर्माप्रति नेकपा (बहुमत) द्वारा हार्दिक श्रद्धाञ्जली

फूलमती विश्वकर्माप्रति नेकपा (बहुमत) द्वारा हार्दिक श्रद्धाञ्जली

Breaking News, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार, स्वास्थ
काठमाडौँ : नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्य लोकेश विश्वकर्माकी आमा फूलमती विश्वकर्माप्रति पार्टी संयोजक कञ्चनले हार्दिक श्रद्धाञ्जली प्रकट गरेका छन् । शनिबार श्रद्धाञ्जली वक्तव्य जारी गर्दै पार्टी संयोजक कञ्चनले लोकेशसहित शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना पनि व्यक्त गरेका छन् । संयोजक कञ्चनले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘पर्वत जिल्लाको पैयुँ गाउँपालिका स्थायी घर भई हाल कास्कीको पोखरा महानगरपालिका १३ लेखनाथमा बसोबास गर्दै आएका हाम्रो पार्टीको नवौँ महाधिवेशन आयोजक समितिका सदस्य एवम् पूर्वविद्यार्थी नेता कमरेड लोकेश विश्वकर्माकी ममतामयी आमा फूलमती विश्वकर्माको यही असोज २२ गते शनिबार ६२ वर्षको उमेरमा हृदयाघातका कारण भएको असामयिक निधनले सिङ्गो पार्टीलाई स्तब्ध बनाएको छ । कमरेड लोकेशकी ममतामयी आमाको असामयिक दुःखद् निधनमा आमाप्रति सिङ्गो पार्टी भावपूर्ण श्रद्धाञ्ज...
पूर्वमाओवादी नेता बालकृष्ण ढुङ्गेलप्रति नेकपा (बहुमत) द्वारा श्रद्धाञ्जली

पूर्वमाओवादी नेता बालकृष्ण ढुङ्गेलप्रति नेकपा (बहुमत) द्वारा श्रद्धाञ्जली

Breaking News, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार, सुचना संचार, स्वास्थ
काठमाडौँ : पूर्वमाओवादी नेता एवम् संविधानसभा सदस्य बालकृष्ण ढुङ्गेलप्रति नेकपा (बहुमत) ले श्रद्धाञ्जली प्रकट गरेको छ । पार्टी प्रवक्ता सुदर्शनले आइतबार बिहान शोक वक्तव्य जारी गर्दै नेता ढुङ्गेलप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् । प्रवक्ता सुदर्शनद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘महान् जनयुद्धका एक क्रान्तिकारी बौद्धिक माओवादी नेता, पूर्वसंविधानसभा सदस्य कमरेड बालकृष्ण ढुङ्गेलको असामयिक निधनले हाम्रो पार्टीलाई दुःखी बनाएको छ । कथित सङ्घीय लोकतान्त्रिक गणतन्त्र नाउँको दलाल संसदीय व्यवस्था र सरकारले जनयुद्धकालीन झूट्टा मुद्दा लगाएर लामो समयसम्म अन्यायपूर्वक जेलमा राखेका कमरेड ढुङ्गेलको असामयिक निधनबाट राजनीतिक आन्दोलनलाई ठूलो क्षति पुगेको छ । हाम्रो पार्टी कमरेड बालकृष्ण ढुङ्गेलप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछ र शोकसन्तप्त परिवारजन...
काठमाडौं महानगरपालिकाले दशैंमा नि:शुल्क एम्बुलेन्स सेवा दिने

काठमाडौं महानगरपालिकाले दशैंमा नि:शुल्क एम्बुलेन्स सेवा दिने

Breaking News, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार, सुचना संचार, स्वास्थ
१६ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले दशैंमा नि:शुल्क एम्बुलेन्स सेवा दिने भएको छ । डेंगु महामारीकै रुपमा फैलिरहेका बेला दशैं अवधिमा महानगरले नागरिकका लागि स्वास्थ्य सेवा उपलब्ध गराउने घोषणा गरेको हो । महानगरका मेयर बालेन साहका अनुसार  डेंगुबारे जानकारी लिने र बिरामीलाई नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइनेछ । डेंगुबारे जानकारी लिनका लागि महानगरपालिकाले हटलाइन सेवा दिनेछ । जसका लागि ११८० मा फोन गरेर सेवा लिन सकिनेछ । एम्बुलेन्स सेवाका लागि १०२ मा सम्पर्क गर्न सकिने मेयर साहले जानकारी गराएका छन् ।साथै दशैं अवधिमा महानगरमा ५५८ स्वयमसेवक खटाइनेछ । उनीहरूले सिटामोल र जीवनजल वितरण गर्नेछन् ।...
दशै मनाउन बिपन्न परिवारलाई खाद्यान्न बितरण ।

दशै मनाउन बिपन्न परिवारलाई खाद्यान्न बितरण ।

Breaking News, कृषि, राष्ट्रिय, विगन्यूज, शिक्षा, समाचार, स्वास्थ
जाजरकोट , असाेज १५ , नलगाड नगरपालिका जाजरकोट ले   अति बिपन्न ५० घर परिवारलाई दशै मनाउनका लागि एक बाेरा चामल , १ लिटर तेल र २ किलाे दाल बितरण गरेकाे छ ।
नेकपा (बहुमत) का संयोजक र प्रवक्ताले भेटे राजनीतिक आस्थाका बन्दीलाई

नेकपा (बहुमत) का संयोजक र प्रवक्ताले भेटे राजनीतिक आस्थाका बन्दीलाई

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार, स्वास्थ
काठमाडौँ : विभिन्न कारागारमा बन्दी जीवन बिताइरहेका नेकपा (बहुमत) का नेता–कार्यकर्ताले क्रान्ति बिसाउने, धोका दिने वा क्रान्तिविरोधी सम्झौता गर्ने सर्तमा आफूहरू रिहा नहुने बताएका छन् । नेकपा (बहुमत) का संयोजक कञ्चन, प्रवक्ता सुदर्शनलगायत पार्टीका शीर्ष जिम्मेवारीका नेताहरू बिहीबार आफूहरूलाई भेट्न आउँदा विभिन्न कारागारमा बन्दी अवस्थामा रहेका पार्टीका नेता–कार्यकर्ताले आफूहरू विचार र राजनीतिप्रति दृढ रहेको र पार्टी नेतृत्व पनि दृढ भएर अघि बढ्नुपर्ने बताएका हुन् । नेकपा (बहुमत) का संयोजक कञ्चन, प्रवक्ता सुदर्शन, कार्यालय सचिव गुणराज लोहनीलगायत पार्टी नेता राजबन्दीसँग भेटघाट गर्न बिहीबार काठमाडौँ र ललितपुरस्थित विभिन्न कारागारमा पुगेका थिए । नेकपा (बहुमत) का नेताहरूले काठमाडौँ सुन्धारास्थित केन्द्रीय कारागार, भद्र बन्दीगृह र ललितपुरस्थित नख्खु कारागारमा रहेका आस्थाका बन्दीलाई भेटेका हुन् । प...

छात्राहरुको लागी आत्मशुरक्षा तथा प्रतिरोध तालिम सन्चालन

पर्यटन, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार, सुचना संचार, स्वास्थ
नेपालगन्ज, पछिल्लो समय बढी रहेका महिला हिंसाका घटनाहरुलाई मध्यनजर गर्दैँ नेपालगन्जमा छात्राहरुको लागी आत्मशुरक्षा तथा प्रतिरोध तालिमको सन्चालन गरिएको छ ।नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ द्धारा सोमबार देखी छात्राहरूकाे शारिरिक विकास र आत्मसुरक्षाको लागी भन्दैँ एक महिने कराँते तालिमको संचालन गरिएको हो । नेपालगन्ज उपमहानगरपालिका वडा न. ४ का वडाध्यक्ष गोपाल पुनद्धारा उद्धघाटन गरिएको तालिममा कन्या माध्यामिक विद्यालय र गौशिया माध्यामिक विद्यालयका छात्राहरु सहभागी भएका छन् । तालिमद्धारा छात्राहरुमा आत्मबल बढाउनुका साथै कुनैपनी समयमा छात्राहरू माथी आइपर्ने हिंसा तथा दुर्ववहार लगायतका चुनौतिहरुलाईलाई तत्काल प्रतिरोध गर्ने क्षमताको विकाशको लागि उक्त तालिमको आयोजना गरिएको वडाध्यक्ष पुनले जानकारी दिए । उनले यो कार्यक्रम तत्काललाई एक महिनाको आधारभुत तालिम कार्यक्रम भएपनी आवश्यकता अ...

अपाङ्गता भएका व्यक्तिलाई बन्द सूचीमा नराखेको भन्दै निर्वाचन आयोगमा उजुरी

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, शिक्षा, समाचार, सुचना संचार, स्वास्थ
१२ असोज, काठमाडौं । समानुपातिक पद्धतिमा दलहरुले अपाङ्ता भएका व्यक्तिलाई उम्मेदवार नबनाएको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ । अपाङ्गता भएका व्यक्तिलाई समानुपातिकको बन्द सूचीमा समावेश गर्नुपर्ने संविधानको व्यवस्था भए पनि दलहरुले पालना नगरेको भन्दै काठमाडौं महानगरपालिका–१२ का मदन तिवारीले उजुरी दिएका हुन् । उजुरीमा तिवारीले संविधान र ऐनहरु समेत दलहरुले उल्लंघन गरेको उल्लेख गरेका छन् । अपाङ्ता भएका व्यक्ति समावेश नगरिएको बन्दसूचीलाई सच्याउन सूचित गर्न समेत आयोगलाई उनले आग्रह गरेका छन् । बन्दसूची बुझाउँदा दलहरुले संविधानकोे धारा १७६ (७), समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को नियम १३, प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २८ (६) तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २८ (६) को उल्लंघन गरिएको उजुरीमा उल्लेख छ । संविधानले अपाङ्गता भएका व्यक्तिको समेत प्रतिनिधित्व हुने व्...

सल्यानको कपुरकोटमा जीप दुर्घटनामा मृत्यु हुने ८ जनाकै खनाखत

Breaking News, पुर्वाधार, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार, स्वास्थ
१२ असोज,  । सल्यानको कपुरकोटमा जीप दुर्घटनामा मृत्यु हुने ८ जनाकै खनाखत भएको छ । मृत्यु हुनेमा कपुरकोट गाउँपालिका-६ जलबाँङका २१ वर्षीय चालक जीतबहादुर बोहोरा, ३७ वर्षीय धर्मा वली, ४० वर्षीय टोपबहादुर ओली, ११ वर्षीय बसन्त वली, ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल वली, ५५ वर्षीया कुमारी वली र ३५ वर्षीय ललित वली रहेका छन्ली । उनीहरू सबैको घटनास्थलमै मृत्यु जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता सन्तोष खनालले जानकारी दिए । मृत्यु हुने सबै एउटै गाउँका बासिन्दा हुन् । बाँकेको ढकेरीबाट बिहेको भोज खाएर फर्कंदै गर्दा रा१ज ५६३ नम्बरको जीप सल्यान कपुरकोट-३ मुलपानीमा बिहान ३ बजे दुर्घटना भएको थियो । दुर्घटनामा सख्त घाइते भएका कपुरकोट गाउँपालिका-६ जलबाँङका ३५ वर्षीय तिलक वली रहेका छन् । उनको उपचार दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भइरहेको छ । जीप १५० मिटर...