११ श्रावण २०८१, शनिबार

नेकपा ( बहुमत) द्वारा विशेष पत्रकार सम्मेलन ।

   काठमाडौं  ।काठमाडौंकाे अनामनगर स्थित संवाद डब्वलीमा  नेपाल कम्युनिस्ट पार्टी बहुमत कपिलवस्तु का जिल्ला सचिवालय  सदस्य तुकलाल पुनमाथि भयकाे सांघातिक आक्रमणको घाेर भत्सर्ना गर्दै , नेकपा बहुमत केन्द्रीय कमिटीले बिशेष पत्रकार सम्मेलन गरेर घटनाकाे सार्वजनिकरण गरेकाे हाे ।

कार्तिक २२ गते दिउसाे १ बज्जे महिला संगठन कि अध्यक्ष काे घरमा बसिरहेको वेला ६/७ जना बिप्लव समुहका कार्यक्रताले  यक्कासी आएर  ,( तुकलाल भन्ने तै हाेस तैले बिद्रोह गरेर हाम्रो पार्टी कमजाेर बनाईस हैन) भन्दै टाउकामा रडले  हानेपछि म बेहाेस भयर ढलेकाे र याे मरिसकेको छ भन्दै भागेकाे । उनिहरुले ज्यान  लिने लक्ष्य सहित  आक्रमण गरेकाे घाइते पुनले  खुलासा गरेका हुन ।घाइते पुनकि जीवन संगिनि धर्मशिला पुन ले बिप्लवलाई  हिजाे हामिले  खाना बास दियर बचायाै,   उहाकाे निर्देशनमा आज मेराे श्रिमान माथि यसरी आक्रमण हुने ?  बिप्लवका गुण्डे कार्यक्रता जुझारु र कमल केसि भन्ने  लगायत सात आठजना आक्रमणकारी  बिरुद्ध ज्यान मार्ने उद्योगमा किटानी जायरी दियकाे र याे अराजकता र गुण्डा गर्दि शैली प्रति घाेर आपत्ति जनाईन ।

नेकपा (बहुमत) कपिलवस्तु जिल्ला सचिवालय सदस्य टुकलाल पुन मगरमाथि भएको साङ्घातिक आक्रमणका सन्दर्भमा  आयोजित विशेष पत्रकार सम्मेलनमा विप्लव समूहको भण्डाफोर गर्दै पार्टी संयोजक कञ्चनले राजनीतिक–वैचारिक रूपमा पतीत भएर संसदीय संशोधनवादी बनेको उक्त समूहले यसअघि पनि भिन्नमत राख्ने कार्यकर्ताको दाँत भाँच्ने, रडले प्रहार गरेर मरणासन्न बनाउने निच, तुच्छ र गुण्डागर्दी शैलीको हर्कत गर्दै आएको र सहिद, घाइते योद्धा र क्रान्तिकारी शक्तिको नाउँ भँजाएर जोडेको अर्बौं रकम व्यक्तिगत बनाइसकेपछि क्रान्तिकारी आन्दोलनबाट भागेर गुण्डागर्दीमा उत्रिएको प्रस्ट पारेसाम्राज्यवादले संसारभरि नै क्रान्तिकारीमाथि आक्रमण गर्न प्रतिविद्रोहीहरू जन्माइरहेको सन्दर्भ उल्लेख गर्दै संयोजक कञ्चनले विप्लव समूह पनि साम्राज्यवादले नै जन्माएर क्रान्तिकारीमाथि आक्रमण गर्न लगाएको हुनसक्ने आशङ्का व्यक्त गरे । उनले भने, ‘विप्लव पनि साम्राज्यवादबाट निर्मित प्रतिक्रान्तिकारी कोन्टाका रूपमा स्खलित र पतीत बनेका छन् । उनले यो अपराध र गुण्डागर्दीको हर्कत त्याग्नुपर्छ । अन्यथा त्यो समूहको पतनको समय निकट देखिन्छ ।’

विप्लवले यसअघि क्रान्तिको नाउँमा मान्छेलाई मारपिट गरेर, बमबारुद प्रयोग गरेर आर्थिक लाभमा लिप्त हुँदै हाम्रो नाउँमा दसौँ अर्ब सङ्कलन गरेका छन् र व्यक्तिगत रूपमा अपचलन गर्दै लुकाएका छन् । सूदखोरले किसानबाट खाद्यान्न र रकम उठाएझैँ उद्यमी र किसानबाट लुटेको सम्पत्ति आफ्नो नाउँमा जम्मा गरेका छन् । क्रान्तिकारीहरूले विद्रोह गरेपछि उनको लुटपाटको स्वार्थमा धक्का लागेको छ । त्यसकै प्रतिशोध साध्न विप्लव समूह क्रान्तिकारीहरूमाथि ज्यान मार्ने गरी साङ्घातिक आक्रमणमा उत्रिएको छ ।’

विप्लव समूहका हर्कतप्रति आक्रोश व्यक्त गर्दै संयोजक कञ्चनले भने, ‘विप्लव कुनै क्रान्तिकारी होइनन्, लुटेरा मात्र हुन् भन्ने कुरा यो घटनाले प्रमाणित गरेको छ । विक्षिप्त र आपराधिक मानसिकताले ग्रस्त भएर उनले गुन्डाहरूलाई हाम्रो पार्टीका नेता–कार्यकर्तामाथि साङ्घातिक आक्रमण गर्न आदेश दिएका छन् ।’

जुझारु अर्थवाद, सारसङ्ग्रहवाद, रुमानीवाद, अधिभूतवादबाट ग्रस्त विप्लव समूहले आफ्नो स्वार्थमाथि चौतर्फी धक्का लागेर लुटपाटको खेती बन्द भएपछि साम्राज्यवादको डिजाइनमा कोन्टा प्रतिक्रान्तिकारीको काम गरेको संयोजक कञ्चनको दाबी थियो । विक्षिप्त बनेका साम्राज्यवादका भाडाका गुण्डाहरूबाट सचेत र सावधान रहन, गुन्डागर्दी रोक्न, वैचारिक र सङ्गठनात्मक रूपमा परास्त गर्न पनि कञ्चनले देशैभरका नेता–कार्यकर्तालाई निर्देशन दिए । उनले विप्लव समूहलाई अझै पनि कम्युनिस्ट पार्टी ठानेर अल्मलिइरहेका केन्द्रीयदेखि स्थानीय तहसम्मका नेता–कार्यकर्तालाई उक्त समूहबाट विद्रोह गरी नेकपा (बहुमत) मा समाहित हुन पनि आह्वान गरे ।

नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले संसदीय संशोधनवादी बनेर वैचारिक–राजनीतिक रूपमा पतन भइसकेको विप्लव समूहले आपराधिक समूहको हैसियत प्रस्तुत गरेको बताए । क्रान्तिका नाउँमा आपराधिक समूह निर्माण गरेर आर्थिक सङ्कलनलाई एक मात्र उद्देश्य बनाएका विप्लवले आफूलाई पार्टीभित्रका क्रान्तिकारीहरूले कारबाही गरेर विद्रोह गरेपछि मानसिक सन्तुलनसमेत गुमाउँदै गएको बताए ।

कार्यक्रममा उल्लेख्य रूपमा सञ्चारकर्मीका साथै पार्टीका कार्यालय, सचिवालय, केन्द्रीय तहका नेता र कार्यकर्ताको सहभागिता थियो ।