११ श्रावण २०८१, शनिबार

तीन कम्युनिस्ट पार्टीको भण्डाफोर सभा आज शान्तिबाटिकामा

    काठमाडौं: आसन्न संसदिय चुनाव जनता र देशका लागि औचित्यहिन हुने र मुलुकमा देखिरहेको राजनीतिक आर्थिक समस्यालाई हल गर्न नसक्ने बरु संकटग्रस्त अहिलेको राज्यसत्तालाई टेको दिन र प्राण भर्न चुनाव हुन लागेको भन्दै । नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेकपा , ऋषि कट्टेल नेतृत्वको नेकपा र  विश्वभक्त दुलाल ( आहुति ) नेतृत्वको बैज्ञानिक समाजवादी पार्टीको संंयुक्त आयाेजनामा आज काठमाडौँको शान्तिबाटिकामा भण्डाफोर सभा गरेका छन ।

कार्यक्रममा नेकपा प्रवक्ता प्रकाण्ड  वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष आहुती , नेकपा अध्यक्ष ऋषि कट्टेल लगाएतका नेताहरूले सम्बाेधन गरेका थिय । कार्यक्रम सुन्धारा देखि नारा जुलुस सहित शान्तिवाटिका मा सभा सम्पन्न भयकाे थियाे ।