२३ माघ २०८१, बुधबार

स्वास्थ

छोरी जन्माएपछि श्वेता खड्काले भनिन् : यो मेरो जीवनको सबैभन्दा ठूलो अवार्ड हो

छोरी जन्माएपछि श्वेता खड्काले भनिन् : यो मेरो जीवनको सबैभन्दा ठूलो अवार्ड हो

Breaking News, मनाेरन्जन, शिक्षा, संस्कृति, समाचार, सुचना संचार, स्वास्थ
       अभिनेत्री श्वेता खड्काले आफू आमा हुन पाउनु जीवनको सबैभन्दा ठूलो अवार्ड भएको बताएकी छन्। पहिलो सन्तानका रूपमा मंगलबार छोरीको जन्म दिएकी खड्काले आफू आमा भएर भाग्यमानी नारीको जमातमा सामेल हुन पाएको बताएकी छन्। मेरो दाम्पत्य जीवनमा एउटी सुन्दर, सुशील र अबोध सुपुत्रीको आगमनसँगै जीवनको अर्को पाटो सुरु भएको छ’, खड्काले समामाजिक सञ्जालमा लेखेकी छन्, ‘आज (कात्तिक १५)) बाट मैले  संसारकै सबैभन्दा सुन्दर शब्द ‘आमा’बाट सम्बोधित हुने एउटा भाग्यमानी नारीको जमातमा सामेल हुने मौका पाएकी छु। यो मेरो जीवनको सबैभन्दा ठूलो अवार्ड हो, सबैभन्दा अमूल्य प्राप्ति अनि बहुमूल्य सम्पत्ति हो।’ अभिनेत्री खड्काले मंगलबार काठमाडौंको ग्रान्डी सिटी अस्पतालमा छोरी जन्माएकी हुन्। यसलाई उनले आफ्नो जीवनमा खुसीको अर्को अध्याय थपिएको भनेकी छिन ।...
मुस्ताङवासी चिसाे छल्न  बेँसी झर्दै

मुस्ताङवासी चिसाे छल्न बेँसी झर्दै

Breaking News, कृषि, पर्यटन, पुर्वाधार, माैसम, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार, स्वास्थ
चिसो मौसमको सुरुआतसँगै उपल्लो मुस्ताङका सर्वसाधारण बेँसी झर्न थालेका छन्। यही कात्तिक महिना सुरु भएदेखि नै उनीहरूले गाउँ छाडी विभिन्न जिल्लामा पुगेर घुम्ती व्यापार थालेका छन् । वृद्धवृद्धाबाहेक धेरैजसो सर्वसाधारण कात्तिकदेखि फागुन दोस्रो सातासम्म बेँसी झरेर घुम्ती व्यापारमा संलग्न हुँदै आएको व्यापारका लागि पर्वतको कुश्मा आइपुगेकी छोसेरकी ल्यामु छिरिङले बताए । यसरी व्यापारमा निस्किएका मुस्ताङीले आफ्नै लगानीमा लत्ताकपडाका साथमा सियो, धागो, जिम्बु, सिद्रा, हिंग, माला, शिलाजितलगायतका सामग्रीको व्यापार गर्दै आएका छन् । चार महिना हिमाली जिल्लामा अत्यधिक चिसो हुने भएकाले गत असोज अन्तिम हप्ताभित्र अन्नबाली थन्काएर सर्वसाधारण बेँसी झरेपछि गाउँ नै सुनसान बन्न थालेको छ । मुस्ताङको लोमान्थाङ, घमी, छोसेर, सुर्खाङ र छोन्हुपलगायतका गाउँबाट सर्वसाधारण जाडो छल्न तल बेँसी झर्ने गरेका हुन् । चिस...
निर्वाचन आयाेगले१८ कात्तिकदेखि मतदाता शिक्षा कार्यक्रम संचालन गर्ने :

निर्वाचन आयाेगले१८ कात्तिकदेखि मतदाता शिक्षा कार्यक्रम संचालन गर्ने :

Breaking News, चुनाव, निर्वाचन, राष्ट्रिय, विगन्यूज, शिक्षा, समाचार, सुचना संचार, स्वास्थ
  १४ कार्तिक काठमाडौं ।  निर्वाचन आयोगले १८ कात्तिकदेखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ । निर्वाचनमा मतदातालाई सक्रिय सहभागिता गराउन र मत बदर हुन नदिन आयोगले एक सातापछि मतदाता शिक्षा कार्यक्रम सुरु गर्न लागेको हो । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले १८ कात्तिकबाट देशव्यापी रूपमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने बताए । ‘मतदाता शिक्षाका लागि सामग्री जिल्ला–जिल्लामा पुगिसकेका छन् । १८ कात्तिकबाट प्रारम्भ हुन्छ,’ उनले भने । उनका अनुसार आयोगले मतदाता शिक्षा कार्यक्रमलाई एक करोड ८० लाख मतदातासमक्ष पु¥याउन प्रत्येक वडामा एउटा स्वयंसेवक परिचालन गर्नेछ । एउटा स्वयंसेवकले १५ जनाको समूहमा दुईटा ब्रोसरबाट मतदान गर्ने, मतपत्र मतपेटिकामा खसाल्ने, मतदान केन्द्रसम्म पुग्ने लगायत विषयमा जानकारी दिनेछ । ‘दुई प्रकारको ब्रोसरबाट मतदातालाई मतदान प्रक्रिया, प्रलोभनमा नपर्ने कुराह...
कांग्रेस नेता कोइराला अस्वस्थ भएपछि अस्पताल भर्ना

कांग्रेस नेता कोइराला अस्वस्थ भएपछि अस्पताल भर्ना

Breaking News, राष्ट्रिय, समाचार, स्वास्थ
१३ कार्तिक ,  पूर्वी नवलपरासी — पूर्वी नवलपरासी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं नेपाली कांग्रेसका नेता शशांक कोइराला अस्वस्थ भएका छन् । चुनाव प्रचारका क्रममा एक्कासी बेहोस भएपछि आइतबार उनलाई चितवनस्थित पुरानो मेडिकल कलेजमा भर्ना गरिएको हो । उनको अवस्था सुधारोन्मुख रहेको चिकित्सकलाई उद्धृत गर्दै कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए । आइतबार गैंडाकोटको अमरापुरीमा आयोजित चुनावीसभामा बोल्दै गर्दा एक्कासी चक्कर लागेर बेहोस भएका थिए । 'अवस्था सामान्य भैसकेको छ । भेटघाट पनि सुरु भएको छ । भोलि बिहान डिस्चार्ज हुन्छ,' तिवारीले भने । चिकित्सकले कम्तीमा १२ घण्टा निगरानीमा बस्न पर्ने बताएका छन् । कोइराला चौथो पटकका लागि पूर्वी नवलपरासी क्षेत्र नम्बर १ वाट उम्मेदवार छन् । उनले यसअघि यहीबाट लगातार तीन पटक निर्वाचन जितेका हुन् ।...
गायक प्रकाश सपुतलाई पुत्रलाभ

गायक प्रकाश सपुतलाई पुत्रलाभ

मनाेरन्जन, राष्ट्रिय, संस्कृति, समाचार, स्वास्थ
१३कार्तिक काठमाडौं । गायक प्रकाश सपुतलाई पुत्रलाभ भएको छ । उनकी पत्नी विन्दू बोहराले शनिबार राजधानीको एक अस्पतालमा पुत्रलाई जन्म दिएकी हुन् । दम्पतीको यो दोस्रो सन्तान हो । सातवर्षअघि उनीहरुले छोरीलाई जन्म दिएका थिए । प्राप्त तस्वीरमा प्रकाश र उनकी पत्नीलाई हर्षित मुद्रामा देख्न सकिन्छ । कामको कुरा गर्दा प्रकाश सपुत अभिनित फिल्म ‘परदेशी २’ फागुन पहिलो साता प्रदर्शन तयारीमा छ । गायक सपुत पछिल्लो समय सांगीतिक टूरमा पनि सक्रिय छन् । सपुतले हिमालय टिभीको आगामी रियालिटी शो ‘नेपाल लोकस्टार’को नयाँ सिजनलाई समेत होस्ट गर्दैछन् ।...
भीरबाट लडेर कालिकोटमा एकको मृत्यु

भीरबाट लडेर कालिकोटमा एकको मृत्यु

Breaking News, राष्ट्रिय, समाचार, सुचना संचार, स्वास्थ
सुर्खेत , कालिकोटमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार भीरबाट लडेर तिलागुफा नगरपालिका-७ की अन्दाजी ५९ वर्षीया नयाँ दमाईको मृत्यु भएको हो । महावै गाउँपालिका-५ राम्नीमा रहेको छोरीको घरबाटमा फर्किँदै गर्दा बित्तामोड भिरबाट लडेर उनको ज्यान गएको तिलागुफा नगरपालिका उपमेयर महेन्द्रबहादुर शाहीले बताए ।...
वरिष्ठ कलाकार रामचन्द्र अधिकारी  काजि साप अस्पताल भर्नाको

वरिष्ठ कलाकार रामचन्द्र अधिकारी काजि साप अस्पताल भर्नाको

Breaking News, राष्ट्रिय, संस्कृति, समाचार, स्वास्थ
वरिष्ठ कलाकार रामचन्द्र अधिकारी ‘काजी साप’ अस्पताल भर्ना भएका छन् । निमोनियाको समस्याका कारण स्वास्थ्यमा जटिलता देखिएपछि उनलाई परिवारले केही दिन अगाडि चाबहिलको मेडिकेयर अस्पतालको आइसीयूमा भर्ना गराएका हुन् । ६८ वर्षका कलाकार अधिकारीको स्वास्थ्यमा केही सुधार भएका कारण सोमबार आइसीयुबाट साधारण वाडमा सारिएको छ । उनलाई अझै केही दिन अस्पतालमै राख्नुपर्ने चिकित्सकले जनाएको हास्य कलाकार गोपाल ढकाल छन्देले बताए । फिल्म तथा सानोपर्दाका चलचित्रको अलावा म्युजिक भिडियो समेत थुप्रै अभिनय गरेका अधिकारी पछिल्लो समय सानोपर्दाका सिरियलमा काजी सापको भूमिकाबाट चर्चित छन् । उनी हरेक नेपाली भाषीको मनमा बसेका कलाकार हुन् । साधारण जीवनशैली उत्कृष्ट अभिनयका कारण उनी चर्चाको शिखरमा छन् । उनको अभिनय जीवन्त हुने गर्दछ ।...

डा. लोचन कार्कीको सुझाव : हनहनी ज्वरो आएमा यस्ता उपाय अपनाउने

Breaking News, स्वास्थ
काठमाडौं । अचानक हनहनी ज्वरो आएमा के गर्ने ? पानीपट्टी गर्ने जस्ता घरेलु उपाय कति प्रभावकारी हुनसक्छ ? चिकित्सकको परामर्श बिना नै सिटामोल खान मिल्छ ? यावत् जिज्ञासा धेरैसँग हुनसक्छ । किनभने डेंगुको कारण धेरैजसो ओछ्यान परेका छन् । डेंगु संक्रमण भएकाले उच्च ज्वरोको सामना गर्नुपरेको बताइरहेका छन् । त्यसो त डेंगु नहुँदा पनि धेरैजसो अवस्थामा ज्वरो आउने गर्छ । ज्वरो आएमा के गर्ने, के नगर्ने जस्ता विषयमा डा. लोचन कार्कीसँग मनिषा थापाले गरेको कुराकानीको सम्पादित अंश : अहिले डेंगुको प्रकोप छ, धेरैलाई उच्च ज्वरोले सताएको सुनिन्छ । अचानक ज्वरो आएमा के गर्ने ? ज्वरो आउने विभिन्न कारण हुन्छन । डेंगु, पिनास, छातीको समस्या, टाइफाइड, स्क्रब टाइफस, भाइरल ज्वरो, कोभिडजस्ता रोगको प्रमुख लक्षण नै ज्वरो हुन्छ । ज्वरोसँगै रुघाखोकी, पहेंलो खकार आउँछ भने निमोनिया पनि हुनसक्छ । हनहनी ज्वरो आउने, आँखाको गेड...
डाक्टर सुस्मिता पाठक मृत अवस्थामा भेटिएकि छिन ।

डाक्टर सुस्मिता पाठक मृत अवस्थामा भेटिएकि छिन ।

Breaking News, राष्ट्रिय, विगन्यूज, समाचार, स्वास्थ
काठमाडौं । सिभिल अस्पतालकि डाक्टर सुस्मिता पाठक ललितपुरको ईमाडाेलमा मृत अवस्थामा भेटियकि छिन् । जनकपुर घर भयकि उनि सिभिल हष्पिटलमा काम गर्दै आयकि   मृत अवस्थामा भेटियकि प्रहरीले जनायकाे छ । प्रहरीले फेला पारेकाे उनकाे माेबाईलमा अत्यधिक अाैषधि सेवन स्प्रे गरेकाे भिडियोमा देखायकाे छ । सुसाईट नाेट समेत फेला पारेकाे र थप अनुसन्धान भईरहेकाे प्रहरीले जनायकाे छ ।...
आजदेखि मौसममा क्रमिक सुधार

आजदेखि मौसममा क्रमिक सुधार

राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार, सुचना संचार, स्वास्थ
२५ असोज, काठमाडौं । नेपालको आसपास विकास भएको न्यूनचापीय प्रणाली कमजोर भएसँगै आजबाट मौसम क्रमिकरूपमा सुधार हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन सक्रिय रहे पनि न्यूनचापीय प्रणाली कमजोर रहेकाले मनसुन क्रमिकरूपमा सुधार हुँदै गएको महाशाखाका मौसमविद् हीरा भट्टराईले जानकारी दिए । उनले अबको दुई दिनपछि नेपालको मौसममा पूर्णतया सुधार हुने बताए । मौसमविद् भट्टराईले भने, ‘मनसुन जारी रहे पनि वर्षा गराउने प्रणाली कमजोर भएको छ । आज कर्णाली र सुदूरपश्चिमका केही स्थान र पूर्वका धेरै स्थानमा वर्षा हुने देखिन्छ । भोलिदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशमा सुधार हुन्छ, बिहीबारदेखि देशैभर मौसम सफा रहन्छ ।’ जारी मनसुनका साथै आसपास विकास भएको न्यूनचापीय प्रणालीको प्रभावले विगत आठ दिनदेखि निरन्तरको वर्षा पछिल्लो तीन दिनयता खण्डितरूपमा मात्रै भइरहेको छ । मनसुन बाहिरिन भने ...