२३ भाद्र २०८१, आईतवार

कुशेका दुई सामाजिक अभियान्ताद्वारा बिरामीलाई रकम हस्तान्तरण

८ पुस जाजरकोट । कर्णाली प्रदेश अन्तरगत जाजरकोट जिल्ला का दुई सामाजिक अभियान्ता  वडा न १ का पुर्व अध्यक्ष   गाेपाल बहादुर  नेपाली र वडा न . २ का एक  युवा छविराज सिंह ले आफुले संकलन गरेकाे रकम  आज  एक बिरामीलाई भेटेर हस्तान्तरण गरेका हुन ।

बिरामी कुशे २ का पदम बहादुर बुढा मगरकाे मृगौला फेल भयर कर्णाली प्रदेश अस्पतालमा हेमाे डाईलाेसिस भईरहेकाे छ । कुशे २ का टेक बहादुर (हर्के) लाई बर्ग डिजिज भयर खुट्टा नै गुमेर भेरी हस्पिटल नेपालगन्जमा भर्ना भयका छन ।र कुशे ७ का खम्बा बुढा मगर काेहलपुर मेडिकल कलेजमा भर्ना भयका छन । उहाहरु तिनै जना प्राण घातक राेगबाट ग्रसित हुनुहुन्छ , उहाहरुकाे आर्थिक अवस्था एकदम नाजुक भयकाे र  उपचारका लागि अभियान थालेकाे र सबैलाई सहयाेगकाे अपिल समेत गरिएको र हाल सम्म विभिन्न ब्यक्ति र क्षेत्रबाट  संकलित  रकम हस्तान्तरण गरेकाे र केही सुधार समेत भइरहेको  अभियान्ता छविराज सिंहले बताय ।