११ श्रावण २०८१, शनिबार

भारतीय सेना सवार ट्रक दुर्घटना, कम्तीमा १६ जना सैनिकको मृत्यु

८ पुस काठमाडौं । भारत ,शुक्रवार सिक्किमको जेमा भन्ने ठाउँमा  भारतीय सैनिक सवार ट्रक दुर्घटना हुँदा कम्तीमा १६ जनाको ज्यान गएको छ।

दुर्घटनामा अन्य चारजना गम्भीर घाइते भएका छन्। भारतीय सेनाका अनुसार ट्रक एउटा अफ्ठ्यारो घुम्तीमा चिप्लिएको थियो।

त्यसपछि उक्त ट्रक सिधै खोँचमा गएर बजारिएको थियो। दुर्घटनामा परेको गाडीको अघिपछि अन्य दुई गाडी पनि थिए।

तीनै गाडी बिहान चटनबाट थङ्गुका लागि हिँडेका थिए। सेनाको उद्धार टोलीले चारजना घाइतेलाई एयरलिफ्ट गरेको छ। शवहरु अहिले घटनास्थलबाट निकालेर लगिँदैछ।