११ श्रावण २०८१, शनिबार

कर्णालीकै नमुना बन्दै जुम्लाको चन्दन्नाथ सहकारी

गिता कुमारी शाही ।

८ पुस जुम्ला । कर्णाली प्रदेश अन्तरगत जुम्ला जिल्लाकाे सदरमुकाम खलंगामा केन्द्रीय कार्यलय  रहेकाे चन्दन्नाथ बहुउद्देश्यीय  सहकारी संस्था लिमिटेड पछिल्लो समय कर्णाली प्रदेशकै नमुना सहकारीका रुपमा अघाडि बढेको छ ।

विशेष गरि माथिल्लो कर्णालीका  मुगु ,कालिकोट र जुम्लाका ग्रामीण भेगमा गएर त्यहाका महिलाहरुलाई आर्थिक श्राेतमा वृद्धि र उनिहरुलाई आत्मनिर्भर बनाउनका लागि शिपमुलक तालिम , जनचेतनामूलक कार्यक्रम हरु संचालन गर्दै आयकाे सहकारी संस्थाका ब्यवस्थापक ऋषिराम पाण्डेले जानकारी दिनु भयाे ।

सहकारीमा बीस हजार भन्दा बढि सदस्य रहेको र यसले कर्णाली , बागमती ,लुम्बिनी र गण्डकी  लगायतका ३८ जिल्लामा सेवा केन्द्र स्थापनाकाे स्वीकृत पायकाे सहकारी संस्थाका अध्यक्ष दुर्गा न्याैपानेले जानकारी दिनु भयाे ।

सहकारी काे जम्मा कर्जा रु १ अर्ब ५८ कराेड ८ लाख ७२ हजार ६ सय रहेकाे , कर्जा असुली १ अर्ब ,२६ कराेड ,४६ लाख ८ सय ९२ रुपैयाँ , आम्दानी ९ कराेड , ६५ लाख १ हजार ६  सय ८७ र खुद नाफा १ कराेड ५ लाख ४० हजार ३२४  रहेकाे  सहकारी संस्थाका सदस्य गाेकर्ण जि सिले बताउनु भयाे ।

सहकारी स्थापना दिवसका फाेटा :