११ श्रावण २०८१, शनिबार

गृहमन्त्री बालकृष्ण खाँड र नेपाली कांग्रेसका उम्मेदवार विनाेद चाैधरीकाे घरमा कालाे ब्यानर :

२ मंसिर बुटवल  । नेपाल कम्युनिस्ट पार्टी(बहुमत) निकट युवा जनस्वयंसेवक नेपालले गृहमन्त्री तथा नेपाली काँग्रेसका उमेद्वार बालकृष्ण खाँडको घरमा कालो ब्यानर टाँगेको छ । युवा जनस्वयंसेवक नेपाल रुपन्देहीले मंसिर ४ को निर्वाचनमा रुपन्देहीको क्षेत्र नम्बर ३ बाट उम्मेद्वार बनेका बालकृष्ण खाँड एमसिसी र एसपिपिको मतियार बनेको बन्दै अबज्ञा गरिएको जनाएको छ ।
यस्तै अर्का उम्मेद्वार दिपक बोहोराको घरमा पनि कालो ब्यानर टाँगिएको छ । नेपाल कम्युनिस्ट पार्टी(बहुमत) जिल्ला समिति रुपन्देहीले मंसिर ४ को निर्वाचनमा दिपक बोहोरालाई सामाजिक बहिस्कार गरौँ । आयल निगमको जग्गामा घोटाला गरेको, राष्ट्रघाती सम्झौता एमसिसीको मतियार भएको, दलाल भु–माफिया भएको भन्दै ब्यानर टाँगेको छ । गृहमन्त्री खाँड र दिपक बोहोरा दुबैलाई भोट नहाल्न र सामाजिक बहिष्कार गर्न समेत आह्वान गरिएको छ ।

बिहिवार  नेपालकै धनाढ्यमा गनिने विनोद चौधरीको घरमा कालो ब्यानर टाँगेको छ ।चौधरी उम्मेदवार रहेको निर्वाचन स्थलका सार्वजनिक स्थानमा पनि उनलाई आसन्न निर्वाचनमा अवज्ञा गरौँ भन्दै कालो ब्यानर टाँगिएको छ । उनी नेपाली काङ्ग्रेसका तर्फबाट नवलपरासीमा उम्मेदवार बनेका छन् । उनका विरुद्ध टाँगिएको कालो ब्यानरमा युवा जनस्वयम्सेवक नेपाल नवलपरासीले-NO VOTE ! स्थास्थ्य र शिक्षाको माफिया, करछली गरेको र मजदुरको शोषण गरेको हुनाले विनोद चौधरीलाई मङ्सिर ४ गतेको निर्वाचनमा अवज्ञा गरौँ ! भनेर लेखेको छ ।

नेपाली काङ्ग्रेस नवलपरासका अर्का उम्मेदवार देवेन्द्रराज कँडेलको घरमा पनि कालो ब्यानर टाँगिएको छ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) नवलपरासीले कालो ब्यानर टाँगेको हो ।कँडेल भूमाफिया रहेको र रक्तचन्दन तस्करी गरेको अभियोग पनि उनीमाथि लगाइएको छ । अखिल (क्रान्तिकारी) ले-NO VOTE ! भूमाफिया र रक्तचन्दन तस्कर देवेन्द्रराज कँडेललाई मङ्सिर ४ गतेको निर्वाचनमा अवज्ञा गरौँ भनी कालो ब्यानरमा लेखेको छ ।