११ श्रावण २०८१, शनिबार

जिल्ला अस्पताल डाेल्पा द्वारा हाल सम्मा दिईएका सेवा सुबिधा हरु ।

लेखक : डा. अखण्ड उपाध्याय

साथै सरकारको सहयोगमा डोल्पा जिल्ला अस्पतालमा भवन अभाव भएपनि आमा सुत्केरी आमा कुरुवा घरको लागि हाल अस्पताल नजिकै घर भाडामा लगेर कुरुवा घर सञ्चालनमा आउन लागेको छ । जहाँ टाढा घर हुने सुत्केरी आमा हरुलाई आवश्यकता अनुसार बस्न र खानको व्यवस्था हुने छ ।

लामो समय देखि बन्द रहेको दन्त सेवा तथा फिजियोथेरापि सेवा सञ्चालनका लागि अस्पताल व्यवस्थापन समिति र स्वास्थय सेवा कार्यालय मार्फत प्रदेश सरकार सँग आवश्यक जनशक्क्तिको माग गरिएको छ र उक्त सेवा चाढै सञ्चालनका लागि प्रदेश सरकारले सहयोग गर्नेछ भन्नेमा आशाबादि छौँ ।

यति भन्दै गर्दा जिल्ला अस्पताल डोल्पामा समस्याका चाँगपनि थुप्रै छन् । भवन अभाव लाई कम गर्न नयाँ भवन बन्दै गरेको भएपनि नयाँ बन्ने भवनमा अस्पतालका लागि क्यान्टिनको व्यवस्था नभएको, इमर्जेन्सीका लागि प्रयाप्त ठाँउ नभएको र साथै पोष्टमार्टम घरको छुटै व्यवस्था नभएको हुनाले निकट भविष्यमा नयाँ भवन बने पनि ठाँउ अभाव जिल्ला अस्पताललाई हुने नै छ र पोष्टमार्टम भवन अभावमा कहाँ कसरि पोष्टमार्टम भवनको व्यवस्था गर्ने भन्ने बारे जिल्लाका सम्पुर्ण सरोकार वाला हरुले बुझिदिन र आवश्यक पहल गर्न जरुरि छ । साथै डोल्पा जस्तो जाडो हुने ठाँउमा सिमेण्टेड घर बनिरहदाँ त्यहाँ भित्र न्यानोहुने प्रविधि नराख्ने हो भने भोलिका दिनमा ठुलो भवनमा बिरामि लाई राख्दा जाडो बाट बचाउन समस्या हुने तर त्यो भन्दा पनि नवजात शिशु हरुलाई जाडो बाट बचाउन अझै समस्या हुने हुदाँ नयाँ भवन सँग सँग २४ घण्टा बिजुलिको व्यवस्था का लागि जिल्ला अस्पताल डोल्पा जिल्लाका सरोकारवाला र तिनै तहका सरकार सँग जोडदार माग आग्रह गर्दछौँ ।

सफा र सुरक्षित खानेपानि पुर्ण रुपमा आज पनि दिन सकेका छैनौ, हालपनि तिप्ला खोलाको पानि लाई ल्याएर त्यहि पानि प्रयोग गर्दै आईरहेका छौँ । जुन खोलाको पानि जाँच गर्दा खान योग्य छैन भन्ने रिपोर्ट आएपनि त्यहि पानि खान बाध्य छौँ । अझ अस्पतालवरिपरिका बासिन्दाले पनि त्यहि पानि प्रयोग गर्ने भएकालो उचित ट्याँकिं नहुदा अस्पतालमा आउने पानि बाहिर का बासिन्दा आएर लगिदिनाले समय समयमा पानिको समस्या पर्दै आईरहेको छ र त्यस समस्या लाई न्युनिकरण गर्न स्वास्थ्य सेवा कार्यालय डोल्पा र जिल्ला अस्पताल लागिपरे पनि सफल भने हुन सकेको छैन ।

अन्त्यमा थुप्रै समस्या भएपनि जिल्ला अस्पतालले सेवाग्राहीलाई सेवा दिन आफ्नो सक्दो प्रयास गरिरहेको छ साथै अस्पतालको सेवा लाई अझ विस्तार गर्न अस्पताल व्यवस्थापन समिति, स्वास्थ्य सेवा कार्यालय र अस्पतालका सम्पुर्ण कर्मचारी हरु लागि परिरहेका छौँ । र अस्पतालको सेवा लाई अझ विस्तार गर्नका लागि आवश्यक सहयोग को अपेक्षा स्थानिय तह देखि जिल्लाका साँसदहरु सँग पनि सहयोगको अपेक्षा गर्दछौँ ।

हामिलाई विश्वास गर्ने र हाम्रो कार्यलाई सदैव प्रशंसा गर्ने सम्पुर्ण डोल्पालि जनतालाई अस्पताल परिवार, व्यवस्थापन समिति र स्वास्थ्य सेवा कार्यालय हृदय देखि नै धन्यवाद ।।

लेखक : डा. अखण्ड उपाध्याय