२३ भाद्र २०८१, आईतवार

भीरबाट लडेर कालिकोटमा एकको मृत्यु

सुर्खेत , कालिकोटमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार भीरबाट लडेर तिलागुफा नगरपालिका-७ की अन्दाजी ५९ वर्षीया नयाँ दमाईको मृत्यु भएको हो ।

महावै गाउँपालिका-५ राम्नीमा रहेको छोरीको घरबाटमा फर्किँदै गर्दा बित्तामोड भिरबाट लडेर उनको ज्यान गएको तिलागुफा नगरपालिका उपमेयर महेन्द्रबहादुर शाहीले बताए ।