११ श्रावण २०८१, शनिबार

गोरखामा प्रचण्ड : आरुघाट पुगेर यसरी गरे ४६ वर्षअघिको फ्ल्यास ब्याक

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले गोरखामा छन्। शुक्रबार बेलुकी गोरखाको आरुघाट पुगेका प्रचण्डले आफू ४६ वर्ष अघि शिक्षक भई अध्यापन गराउँदाको स्मरण गरेका छन्।

प्रचण्ड युद्धकालमा खाना खाने घर

प्रचण्ड सचिवालयका अनुसार चुनावी प्रचार प्रसारको कार्यक्रममा उनी दुई दिन गोरखामै रहनेछन्। गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका प्रचण्डले आरुघाटबाटै राजनीतिक आन्दोलनको नेतृत्व गर्ने प्रेरणा प्राप्त गरेको उल्लेख गरे।

दुई बर्ष बसेकाे घर

शनिबार बिहान गोरखामा प्रचण्डले आफू बसेको घर, नुहाने धारा र खाना खाने घरसम्मको अवलोकन गरेका छन्। प्रचण्डका स्वकिय सचिव रमेश मल्लले सामाजिक सञ्जालमार्फत तस्बिर सेयर गर्दै भनेका छन्, ‘अध्यक्ष कमरेड प्रचण्ड भन्नुहुन्छ–४६ वर्ष पहिलेको फ्ल्यास ब्याक भयो।’

सँगै पढाएका दौतरी शिक्षक, किसान, दाजुभाइ दिदीबहिनीसंग शुक्रबार बेलुकी प्रचण्डले खुसी साटेको मल्लले जनाएका छन्। ‘आरुटारका किसानका लागि उहाँ प्रिय साथी,  शिक्षक, कलाकार र अगुवा हुनुहुदोरहेछ। किसानलाई आधुनिक खेती प्रणाली, कम्पोस्ट मलको निर्माण र प्रयोग तथा चर्पी निर्माणको काम समेत उहाँको अगुवाईमा भएको रहेछ,’ मल्लले भनेका छन्, ‘सास्कृतिक टिम निर्माण, सामाजिक चेतना र जागरणमा उहाँको भुमिकाबारे गाउँलेहरुले गरेको कुरा सुन्दा किशोर अवस्था देखि उहाँको नेतृत्व कुशलताबारे बुझ्न गार्‍हो थिएन।’