११ श्रावण २०८१, शनिबार

चिनी निर्यातमा एक बर्ष प्रतिबन्ध : भारत

भारतले चिनी निर्यातमा पछिल्लो चार महिनादेखि लगाउँदै आएको प्रतिबन्ध थप एक वर्षका लागि लम्ब्याउने निर्णय गरेको छ।
शुक्रबार अबेर एक सूचना जारी गर्दै भारतले चिनी निर्यातमा लगाइएको प्रतिबन्ध सन् २०२३ को अक्टोबरसम्मका लागि लम्ब्याउने निर्णय भएको जानकारी दिएको हो।

गत मे महिनामा निर्यात अहिलेसम्मकै उच्च विन्दुमा पुगेको र घरेलु बजारमा चिनीको भाउ बढेको भन्दै भारतले चिनी निर्यातमा प्रतिबन्धको निर्णय गरेको थियो।

यसअघि भारतीय सरकारी अधिकारीहरुले यस वर्ष भारतको उखु उत्पादन अहिलेसम्मकै उच्च हुने बताएका थिए। उनीहरुले यस वर्ष उत्पादन भएको उखु उत्पादनको आधारमा सरकारले ८० लाख टन चिनी निर्यात गर्न सक्ने बताएका थिए।

विशेषगरी भारतले रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खला बिग्रिएपछि चिनी नर्यातमा रोक लगाएको थियो।

भारतले प्रतिबन्ध लगाउनुअघि नेपालले भारतबाट वार्षिक १ लाख ६० हजार मेट्रिक टन चिनी आयात गर्दै आएको थियो।