११ श्रावण २०८१, शनिबार

वरिष्ठ कलाकार रामचन्द्र अधिकारी काजि साप अस्पताल भर्नाको

वरिष्ठ कलाकार रामचन्द्र अधिकारी ‘काजी साप’ अस्पताल भर्ना भएका छन् । निमोनियाको समस्याका कारण स्वास्थ्यमा जटिलता देखिएपछि उनलाई परिवारले केही दिन अगाडि चाबहिलको मेडिकेयर अस्पतालको आइसीयूमा भर्ना गराएका हुन् ।

६८ वर्षका कलाकार अधिकारीको स्वास्थ्यमा केही सुधार भएका कारण सोमबार आइसीयुबाट साधारण वाडमा सारिएको छ । उनलाई अझै केही दिन अस्पतालमै राख्नुपर्ने चिकित्सकले जनाएको हास्य कलाकार गोपाल ढकाल छन्देले बताए ।

फिल्म तथा सानोपर्दाका चलचित्रको अलावा म्युजिक भिडियो समेत थुप्रै अभिनय गरेका अधिकारी पछिल्लो समय सानोपर्दाका सिरियलमा काजी सापको भूमिकाबाट चर्चित छन् ।

उनी हरेक नेपाली भाषीको मनमा बसेका कलाकार हुन् । साधारण जीवनशैली उत्कृष्ट अभिनयका कारण उनी चर्चाको शिखरमा छन् । उनको अभिनय जीवन्त हुने गर्दछ ।