२ भाद्र २०८२, सोमबार

समाचार

नेकपा बहुमत निकट  विद्यार्थीको र युवा संगठनकाे ४ दिने पार्टी स्कुलिङ काठमाडौँमा सुरु

नेकपा बहुमत निकट विद्यार्थीको र युवा संगठनकाे ४ दिने पार्टी स्कुलिङ काठमाडौँमा सुरु

राजनीति, राष्ट्रिय, शिक्षा, समाचार
१२ पुस काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय स्कुलिङ तथा अनुसन्धान विभागको आयोजनामा युवा नेपाल जनस्वम्सेवक नेपाल र अखिल क्रान्तिकारीको स्कुलिङ काठमाडौँमा सुरु भएको छ । मङ्गलबार उद्घाटन भई ४ दिनसम्म चल्ने स्कुलिङको उद्घाटन नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले गरेका थिए । उद्घाटन समारोहमा सम्बोधन गर्दै स्कुलिङ तथा अनुसन्धान विभागका इन्चार्ज तथा पार्टी प्रवक्ता सुदर्शनले पार्टीका नेता–कार्यकर्ताहरूमा सही विश्वदृष्टिकोण निर्माण गर्न यो स्कुलिङ सञ्चालन गरिएको बताए । उनले भने ‘स्कुलिङ भनेको विश्वदृष्टिकोणको समस्या समाधान गर्ने महत्वपूर्ण उपाय हो । विश्वदृष्टिकोणको समस्या समाधान गर्नु भनेको पुरानो र खराव विचारधाराका विरुद्ध नयाँ र सहि विचारधारा स्थापना गर्नु हो, पुरानो र खराव चाल चलनका विरुद्ध नयाँ र सही चालचलनको स्थापना गर्नु हो र पुरानो र खराव रीति रिवाजका विरुद्ध नयाँ र सही रीति रिवाजको...
गृहमन्त्री रवि लामिछानेको अध्यक्षतामा सुरक्षा समितिकाे बैठक

गृहमन्त्री रवि लामिछानेको अध्यक्षतामा सुरक्षा समितिकाे बैठक

Breaking News, राष्ट्रिय, समाचार
१२ पुस, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री बनेपछि रवि लामिछानेको अध्यक्षतामा केन्द्रिय सुरक्षा समितिको पहिलो बैठक बसेको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकमा नेपाली सेनाका एक जना रथीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका प्रमुख सह–सचिव फणिन्द्र पोखरेल लगायत सहभागी थिए । त्यसक्रममा उनीहरुले गृहमन्त्री लामिछानेलाई सुरक्षा व्रिफिङ गरेका थिए । पहिलो बैठक हो, खास एजेण्डा थिएन । सामान्य छलफल भए’, बैठकमा सहभागी एक अधिकारीले भने । स्रोतका अनुसार छलफलमा सहभागी सुरक्षा अधिकारीहरुले संगठनमा तल्ला तलका कर्मचारीले सिधै गृहमन्त्री वा अरुलाई भेट्ने प्रवृत्ति रहेको बताउँदै त्यसले संगठन कमजोर हुने भनाइ राखेका थिए । जवाफमा उनले सुरक्षा निकायलाई बलियो बनाउन कुनै कसर बाँकी नराख्ने बताएका थिए । बैठकले बाहिर उल्लेख गर...
बाग्लुङ केन्द्र बिन्दु भएर मंगलबार राति भुकम्प महसुस

बाग्लुङ केन्द्र बिन्दु भएर मंगलबार राति भुकम्प महसुस

Breaking News, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
 बागलुङ केन्द्रविन्दु भएर मंगलबार राति लगातार तीनपटक भूकम्प गएक‍ो छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति १:२३ देखि ३:२८ बजेको अन्तरालमा तीनवटा भूकम्प मापन गरिएको हो। राति १:२३ मा अधिकारी चौर भएर ४.७, राति २:७ मा खुंगा केन्द्रविन्दु भएर ५.३ र राति ३:२८ बजे अधिकारी चौर नै केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो।   ...
अखिल नेपाल जन साँस्कृतिक महासंघ काे बिशेष भेला सम्पन्न

अखिल नेपाल जन साँस्कृतिक महासंघ काे बिशेष भेला सम्पन्न

Breaking News, राष्ट्रिय, संस्कृति, समाचार
१२ पुस काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी बहुमत निकट अखिल नेपाल जन साँस्कृतिक महासंघ काे केन्द्रीय विशेष  भेला सम्वाद डब्बलि अनामनगर काठमाडौंमा सम्पन्न  भयकाे छ । चिनियाँ कम्युनिस्ट पार्टीका नेता माओ काे  १३० ओेैँ  दिवशकाे सन्दर्भमा माओेलाई स्मरण गर्दै बिशेष  भेला संचालन भयकाे हाे। ,भेलामा अध्यक्षता र संचालन महासंघका संयाेजक खेम थपलिया , अतिथि नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला , नेकपा बहुमतका केन्द्रीय सचिवालय सदस्य सार्दुल ,बागमती ब्युराे ईन्चार्ज सरद रसायली लगायत  देशै भरिका प्रतिनिधि हरु काे सहभागी रहेकाे थियाे ।भेलाले खेम थपलिया अध्यक्ष रहने गरि २९ जना केन्द्रीय समिति चयन गरेकाे छ ।...
नेकपा बहुमत जाजरकोटद्वारा १३० ओैं माओ जन्म जयन्ती  दिवश सम्पन्न ।

नेकपा बहुमत जाजरकोटद्वारा १३० ओैं माओ जन्म जयन्ती दिवश सम्पन्न ।

राजनीति, विचार, समाचार
११ पुस जाजरकोट । नेपाल कम्युनिष्ट पार्टी बहुमत जाजरकोटले चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष तथा बिश्व श्रवहारा बर्गका महान नेता माओत्सेतुङ काे १३० ओै जन्म जयन्तीको अबसरमा माओ दिवश मनायकाे छ । जिल्लाकाे नलगाड नगरपालिका वडा नं ३ कैना स्थित श्री  सुर्याेदय माः बि काे प्राङ्गणमा उक्त कार्यक्रम गरियकाे थियाे । कार्यक्रम काे संचालन अखिल क्रान्तिकारी का केन्द्रीय सदस्य शितल बिष्ट ,सभापति  नेपाल कम्युनिस्ट पार्टी बहुमत जिल्ला सम्मेलन आयाेजक समिति सदस्य तथा नलगाड नगरपालिका ईन्चार्ज कः दिनेश  , जिल्ला संयाेजक कः महानकाे प्रमुख आथित्यतामा सन्चालन भयकाे थियाे ।उक्त कार्यक्रममा जिल्ला आयाेजक कमिटी सदस्य तथा भेरि नगर ईन्चार्ज कः हिमाल,  अखिल क्रान्तिकारी डाेल्पा जिल्ला ईन्चार्ज कः विशाल,    कुसे गाउपालिका ईन्चार्ज कः बरुण बारेकाेट गाउपालिका ईन्चार्ज कः बिश्व र बिद्यालय परिवार सहिद परिवार लगायत अन्य...
माओवादी केन्द्र  पदाधिकारीकाे बैठक बस्दै ।

माओवादी केन्द्र पदाधिकारीकाे बैठक बस्दै ।

Breaking News, राजनीति, समाचार
११ पुस, काठमाडौं । सरकारमा पठाउने मन्त्रीहरुको विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । बैठक बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ । माओवादी केन्द्रका एक पदाधिकारीका अनुसार बैठकमा माओवादीले पाउने मन्त्रालय र ती मन्त्रालय सम्हाल्ने मन्त्रीहरुबारे छलफल हुनेछ । माओवादी केन्द्रको बैठकलगत्तै ११ बजे सत्ता गठबन्धन (प्रचण्डलाई प्रधानमन्त्रीको रुपमा समर्थन गरेका दलहरु)को बैठक बोलाइएको छ । बैठक संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आइतबार प्रधानमन्त्री नियुक्त भएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज अपराह्न चार बजे केही मन्त्रीहरुसहित पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । त्यसै विषयमा सत्ता गठबन्धनको बैठकमा छलफल हुने नेताहरुले बताएका छन् ।  ...
शपथग्रहण पछि आजै मन्त्रीमन्डल गठन गर्ने प्रचण्डको तयारी ।

शपथग्रहण पछि आजै मन्त्रीमन्डल गठन गर्ने प्रचण्डको तयारी ।

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
११ पुस, काठमाडौं । तेस्रो पटक प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् । उनले अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहमा शपथ ग्रहण गर्न लागेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री प्रचण्डलाई पद तथा गोपनियताको शपथ खुवाउनेछिन् । प्रचण्डले आइतबार प्रतिनिधि सभाका १६९ जना सांसदहरुको समर्थनसहित प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए । सोही दिन राष्ट्रपति भण्डारीले उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । प्रचण्डले केही मन्त्रीहरुसहित शपथ ग्रहण गर्ने तयारी गरेको स्रोतले बतायो । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र केही स्वतन्त्र सांसदहरुको समर्थन सहि...
पुरानो गठबन्धन उल्टियाे ,एमाले र माओवादी केन्द्र  सरकार गठनमा सहमति

पुरानो गठबन्धन उल्टियाे ,एमाले र माओवादी केन्द्र सरकार गठनमा सहमति

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
१० पुस, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको छ । माओवादी केन्द्र, कांग्रेस नेतृत्वको गठबन्धन छाडेर आएपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले सहमत भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आइतबार भएको छलफलमा अहिले प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ । एक नेता भन्छन्, ‘आलोपालो प्रधानमन्त्रीको सहमति भएको छ । अहिले प्रचण्डको नेतृत्वमा सरकार बन्छ ।’ १६६ सांसदको समर्थन जुटाएको नेताहरुको दाबी छ । प्रतिनिधिसभाको दोस्रो ठूलो दल एमालेसँग ७८ सांसद छ । माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपा १२, जनमत पार्टी ६ र नागरिक उन्मुक्ति पार्टीका ४ सांसद जोड्दा १६६ सांसद हुन्छ । बालकाेट भेट का तस्बिर ...
आज क्रिश्चियन धर्मावलम्बीले क्रिसमस दिवश मनाउँदै ।

आज क्रिश्चियन धर्मावलम्बीले क्रिसमस दिवश मनाउँदै ।

Breaking News, मनाेरन्जन, राष्ट्रिय, संस्कृति, समाचार
१० पुस, काठमाडौं । आज क्रिसमस डे । हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार नेपालसहित संसारभरका क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउँदैछन् । २००० वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ । क्रिसमस डेका अवसरमा सरकारले सम्बन्धित धर्मालम्बीहरूलाई आज सार्वजनिक बिदासमेत दिएको छ । ख्रीष्टमस’ पनि भनिने यस अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ । क्रिसमस डेमा येशुको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ । यस अवसरमा राष्ट्रिय ख्रिष्टियन महासंघले विभिन्न कार्यक्रम आयोजना गरेको छ । क्रिसमसक...
काेभिड काे खतरा हुन सक्ने भन्दै सचेत रहन  गृहमन्त्रालयकाे  सार्वजनिक सुचना

काेभिड काे खतरा हुन सक्ने भन्दै सचेत रहन गृहमन्त्रालयकाे सार्वजनिक सुचना

Breaking News, समाचार, स्वास्थ
काठमाडौं । गृह मन्त्रालयले छिमेकी देशहरूमा कोभिड-१९ को नयाँ भेरियन्ट (बीएफ ७ ) को संक्रमण दर दिनानुदिन बढ्दै गएकाले जोखिमलाई मध्यनजर गर्दै सबैलाई सचेत रहन  आग्रह गरेकाे  छ। अहिले इसाई धर्मालम्बीले मनाउने क्रिस्मस तथा अंग्रेजी नयाँ वर्ष २०२३ नजिकिँदै गरेको छ।यसको विद्यमान अवस्थालाई मध्यनजर गर्दै  जिल्लास्थित सुरक्षा समिति, स्वास्थ्य कार्यलय , स्थानीय निकाय लगायत सराेकारवाला सबैमा सार्वजनिक स्थलमा भिडभाड हुने ठाउँहरुमा मास्क लगाउनु पर्ने सेनिटाईजर प्रयाेग गर्नु पर्ने , एक अर्कामा भाैतिक दुरि कायम गर्ने,ब्यक्तिगत सरसफाइ लगायतका आवश्यक स्वास्थ्य प्राेटेाकल ब्यवस्था  गर्न  मन्त्रालयले अपिल गरेको हो। सुचना :    ...