३ भाद्र २०८२, मंगलवार

समाचार

जनप्रतिनिधि र कर्मचारीलाई अभिमुखिकरण तालिम सम्पन्न

जनप्रतिनिधि र कर्मचारीलाई अभिमुखिकरण तालिम सम्पन्न

Breaking News, शिक्षा, समाचार, स्वास्थ
२५ पुस जाजरकोट । भेरि नगरपालिका जाजरकोटकाे आयाेजनामा एक दिने जनप्रतिनिधि र कर्मचारीलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रम काे संचालन तथा अध्यक्षता भेरि  नगरपालिकाका मेयर चन्द्र प्रकाश घर्तीले गर्नु भयकाे थियाे । कार्यक्रम काे सहजिकरण आँखा राेग बिशेषज्ञ डा. समिक्षा विष्ट कार्की र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैशिले गर्नु भयकाे र उक्त कार्यक्रममा भेरि नगरपालिका अन्तरगतका वडा अध्यक्षहरु, वडा सदस्य नगरपालिकाका सम्पुर्ण कर्मचारीहरुकाे सहभागीता रहेकाे  नगरपालिका श्राेतले जनायकाे हाे ।बिशेष गरि जनप्रतिनिधि र कर्मचारीले गर्नु पर्ने काम कर्तब्य र अधिकारकाे बिषयमा सहजिकरण भयकाे र प्रमुख प्रशासकिय अधिकृत जैशीले बताउनु भयाे ।...
नेपाल आयल निगमले घटायाे  ईन्धनकाे  मूल्य ।

नेपाल आयल निगमले घटायाे ईन्धनकाे मूल्य ।

अर्थवाणिज्य, राष्ट्रिय, समाचार
२५ पुस काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । आइतबार मध्यरातिदेखि लागू गर्ने  गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा ३ रुपैयाँ घटाएको हो । अब पेट्रोल लिटरको १७५ तथा डिजेल र मट्टितेल लिटरको १७२ रुपैयाँ पर्नेछ । यस्तै हवाई इन्धनको मूल्य पनि घटेको छ । आन्तरिकतर्फ प्रतिलिटर २० रुपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर २२५ डलर (करिब प्रतिलिटर ३० रुपैयाँ) घटेको निगमले जनाएको छ । नयाँ मूल्यअनुसार हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १७० र बाह्यतर्फ प्रतिकिलोलिटर १ हजार ४२० डलर पर्नेछ । नेपाल आयल निगम द्वारा जारी विज्ञप्ति : ...
जनप्रतिनिधिले राेजे बहुमत पार्टी

जनप्रतिनिधिले राेजे बहुमत पार्टी

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
२४ पुस महेन्द्रनगर । कञ्चनपुरका एक जना जनप्रतिनिधिले धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत रोजेका छन् । संसदीय राजनीतिको  विरोध गर्दै आएको नेकपा बहुमत  पार्टीमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ का वडा अध्यक्ष बहादुरसिंह महरा प्रवेश गरेका हुन् । उनले वडा अध्यक्ष भए पनि जनचाहनाअनुरुपको कार्य गर्न नसकिएको भन्दै वडाअध्यक्ष पदबाट राजीनामा दिएर नेकपा बहुमत रोजेको बताय  । महराले भनेका छन्, ‘जनचाहना र जनभावना विपरीतका कार्यहरु भइरहेको र साक्षी किनाराको भूमिका निभाउँदा जनमतको अपमान हुने देखियो ।’ त्यही अपमानबाट जोगिन आफू जनप्रतिनिधिको जिम्मेवारीबाट हटेको उनले बताए ।...
ठुलिभेरी नगरपालिका जुफाँलमै कायम

ठुलिभेरी नगरपालिका जुफाँलमै कायम

Breaking News, पुर्वाधार, समाचार
२४ पुस डाेल्पा।  डोल्पाको ठूलीभेरी नगरपालिकाको केन्द्र जुफाल कायम भएको छ। आइतबार सर्वोच्च अदालतले दुवै पक्षबाट परेको रिट खारेज गर्दै नगरपालिकाको केन्द्र जुफाल कायम भएको फैसला गरेको हो। केन्द्र जुफाल कायम हुनुपर्ने पक्षमा ४३ जना जनप्रतिनिधिले हस्ताक्षर गरेका थिय । आठौँ नगरसभामा उपस्थित ४९ मध्ये ४३ जना जनप्रतिनिधिले जुफाल नै केन्द्र कायम गर्न सहमति जनाउँदै पक्षमा हस्ताक्षर गरेका हुन् । ६ जनप्रतिनिधिले विपक्षमा हस्ताक्षर गरे भने दुईजना अनुपस्थित भए । दुईतिहाइभन्दा पनि धेरै जनप्रतिनिधिले नगरपालिकाको केन्द्र जुफाल नै कायम हुनुपर्ने पक्षमा हस्ताक्षरसहित सहमति जनाएपछि चालू आर्थिक वर्षमै नगरपालिकाको प्रशासकीय भवन बनाउन सुरु गरिने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत डिलप्रसाद रोकायले जानकारी दिए । सदरमुकाम दुनै रहेको नगरपालिकाको केन्द्र तत्कालीन नगर प्रमुख गणेश शाहीले जालसाजी गरेर जुफाल ...
अखिल क्रान्तिकारी द्वारा त्रिविकाे ढिलासुस्ती बिरुद्ध ताला र नारा सहित बिराेध प्रदर्शन ।

अखिल क्रान्तिकारी द्वारा त्रिविकाे ढिलासुस्ती बिरुद्ध ताला र नारा सहित बिराेध प्रदर्शन ।

Breaking News, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौँ : अखिल क्रान्तिकारीले सबै तह र सङ्कायको परीक्षाफल प्रकाशित नभएसम्मका लागि परीक्षा नियन्त्रकको कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी गरेको छ । तालाबन्दीपछि आइतबार आयोजित विरोध प्रदर्शनमा सम्बोधन गर्दै अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष मिलन राईले भने, ‘गल्ती त्रिविले गर्ने, सजाय विद्यार्थीलाई दिने कुरा हाम्रो सङ्गठनलाई स्वीकार्य छैन ।’ उनले अक्षम त्रिवि प्रशासनले तत्काल राजीनामा नदिए कडा सङ्घर्ष गर्ने चेतावनी पनि दिए । त्रिवि क्याम्पस विशेष समितिका इन्चार्जसमेत रहेका सङ्गठनका केन्द्रीय सदस्य गोविन्द बिस्टले नेपालको शैक्षिक जगतकाे  अग्रणी संस्था त्रिवि पछिल्लो समय दिनप्रतिदिन सङ्कटको भुमरीमा फस्दै गएको र त्यसलाई रोक्न सङ्गठनले त्रिवि प्रशासनसँग संग माग राखिएको हाे । तालाबन्दी गर्नुपर्ने थप कारण उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘परीक्षा नियन्त्रकको राजीनामा, दोषी कर्मचारीला...
जुम्लाको त्रिबेणिमा अटो दुर्घटना दुइ जनाको ज्यान गयो

जुम्लाको त्रिबेणिमा अटो दुर्घटना दुइ जनाको ज्यान गयो

पुर्वाधार, राष्ट्रिय, समाचार
गिता कुमारी शाही , जुम्ला २२ पुस जुम्ला । जुम्ला तिला  गाउँपालिका वडा नम्वर ३ श्रीवेणीमा अटाे दुर्घटना हुँदा दुई जनाकाे मृत्यु भएकाे छ। रारा लिहि बाट जुम्ला खलँगा तर्फ जाँदै गरेकाे क १ स ११ नम्वरकाे अटाे अनियन्त्रित भइ तिला नदिमा खस्दा तातोपानी -१ बाइराँकाका २९ वर्षिया पुरन सार्की र तिला – ३ का २१ वर्षिया आकाश थापा काे मृत्युु भएकाे हाे। पुरन सार्कीकाे घटना स्थलमै मृत्यु भएकाे हाे भने आकाश थापाकाे उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएकाे जिल्ला ट्राफिक कार्यालय जुम्लाका सहायक प्रहरी निरिक्षक विमल रावलले जानकारी दिएका छन्। अटाे तिला ३ श्रीवेणीमा कर्णाली राजमार्ग बाट १५ मिटर तल नदिमा खसेकाे उनले बताए । मृतक दुवैजनाकाे शव पाेष्टमार्टमका लागि कर्णाली स्वास्थ्य जिज्ञान प्रतिष्ठानमा राखिएकाे छ।...
शीत लहर बढेसंगै देशैभरी जाडाे बढ्याे ।

शीत लहर बढेसंगै देशैभरी जाडाे बढ्याे ।

Breaking News, माैसम, राष्ट्रिय, समाचार
२१ पुस, बिहीबार  । तराई मधेशका जिल्लामा शीतलहर सुरु भएको मौसमविदले बताएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार पूर्व मेचीदेखि पश्चिममा महाकालीसम्मै बाक्लो हुस्सु कुहिरोसँगै शीतलहर चलेको मौसमविद्को भनाइ छ । शीतलहरसँगै बढेको जाडोले जनजीवन प्रभावित भएको छ । शीतलहरका कारण जनजीवन प्रभावित भएपछि तराई मधेशका जिल्लाहरुमा धेरैजसो विद्यालय बन्द गरिएको । तराईका जिल्लाहरुमा अधिकतम र न्यूनतम तापक्रमबीचको अन्तर एक दशमलव ९ डिग्री सेल्सियससम्म झरेको छ । अधिकतम र न्युनतम तापक्रम औसत पाँच डिग्री सेल्सियसभन्दा कम हुनुलाई शीतलहरको एउटा आधार मानिन्छ । यस्तै दिनभरीमा दुई घण्टाभन्दा कम समयमात्रै घाम लाग्नु अर्को आधार हो । अहिले तराई मधेशका धेरै जिल्लामा शीतलहर चलेको र यस्तो अवस्था अझै एक-दुई दिन कायमै रहने पूर्वानुमान गरिएको मौसमविद विनु महर्जनले बताइन् । बिहानको समयमा बाक्लो हुस्सु र कुहिरो लागे पन...
पाेषण तथा खाद्य सुरक्षा सम्बन्धि  अभिमुखिकरण कार्यक्रम सम्पन्न

पाेषण तथा खाद्य सुरक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

Breaking News, शिक्षा, समाचार, स्वास्थ
२० पुस जाजरकोट । कर्णाली प्रदेश , जाजरकोट जिल्ला अन्तरगत भेरि नगरपालिका खलगा जाजरकोट  द्वारा संचालित बहुक्षेत्रिय पाेषण याेजना कार्यक्रम अन्तरगत पाेषण सम्बन्धिकाे अभिमुखिकरण कार्यक्रम  भेरि नगरपालिका १ पिपेमा मंगलबार  सम्पन्न भयकाे छ । कार्यक्रमकाे संचालन र सहजिकरण परियाेजना भेरि नगरपालिका कि  पाेषण संयाेजक लक्ष्मि घर्ती (चन्द) र अध्यक्ष्यता भेरि नगरपालिका १ का वडा अध्यक्ष दिपक राना ले गर्नु भयकाे थियाे । उक्त कार्यक्रममा भेरि नगरपालिका १ अन्तरगतका आधारभुत र मा बि का प्रअ र बि ब्य स अध्यक्षहरु, आधारभुत स्वास्थ्य शाखा पिपे का प्रमुख , समाजसेवी , बुद्धिजीवी र महिला स्वंयमसेविका हरुकाे सहभागिता रहेकाे थियोे । विशेष गरि महिला बालबालिका र कुपोषित ब्यक्ति हरुकाे जीवन सुधार गर्नका लागि गर्नु पर्ने क्रियाकलाप र अपनाउने विधि काे बिषयमा सहजिकरण संयाेजक लक्ष्मि घर्ती ( चन्द ) ले गरेकि  थिईन  । कार्यक...
नागरिकहरुले पायकाे सास्तीमा सुधार गर्न प्रधानमन्त्रीका ३० बुँदे निर्देशन :

नागरिकहरुले पायकाे सास्तीमा सुधार गर्न प्रधानमन्त्रीका ३० बुँदे निर्देशन :

अर्थवाणिज्य, राष्ट्रिय, शिक्षा, समाचार
२० पुस काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सेवाप्रवाहमा सुधार ल्याउन सचिवहरूलाई निर्देशन दिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दुई दिन चलेको छलफलपछि प्रधानमन्त्रीले जनसरोकार र सार्वजनिक सेवामा गुनासो नआउने गरी काम गर्न सरकारका ७३ सचिवहरूलाई ३० बुँदे निर्देशन दिएका हुन् । नागरिकले  आधारभूत रुपमा  पाएको सास्तीलाई तत्काल सुधार गर्नुपर्ने उनको भनाइ थियो । बैठकमा सबै मन्त्रालय तथा निकायका सचिव उपस्थित थिए । सचिव नभएकामा निमित्तले उपस्थिति जनाएका थिए । मंगलबारको बैठकमा राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, विभिन्न संवैधानिक अंग र निकायका सचिवहरू तथा प्रदेशका प्रमुख सचिवहरूले प्रस्तुति दिएका थिए । गम्भीर समस्यालाई पनि सामान्य तरिकाले र अवस्था सामान्य रहेको ढंगले सचिवहरूले प्रस्तुति गरेको भन्दै त्यसप्रति प्रचण्डले असन्तुष्टि प्रकट गरे । सच...
सत्ता साझेदारी दलकाे बालुवाटारमा बैठक

सत्ता साझेदारी दलकाे बालुवाटारमा बैठक

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
१४ पुस, काठमाडौं । सत्ता साझेदार दलहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन् । मन्त्रिपरिषद् विस्तार र शक्ति बाँडफाँट गर्न शीर्ष नेताहरुको बैठक बसेको हो । बैठकमा संघीय सरकारको मन्त्रिपरिषद् विस्तारका साथै प्रदेश सरकार गठनको विषयले पनि प्रवेश पाउनेछ । प्रमुख सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष र प्रधानमन्त्री प्रचण्डबीच बुधबार साढे दुई घण्टा एकल वार्ता भएको थियो । बुधबारको वार्तामा उनीहरुबीच भागबन्डाको न्यूनतम सहमति भएको स्रोतको दाबी छ । आजको बैठकमा सबै सत्ता सााझेदार दलहरुबीच शक्ति बाँडफाडको सहमति प्रयास...