११ श्रावण २०८१, शनिबार

नेकपा एमालेको केन्द्रीय कमिटी बैंठक आज देखि

काठमाडौं ।नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजदेखि  सुरु हुँदै छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान १० बजेबाट बैठक सुरु हुने छ ।

तीन दिनसम्म चल्ने बैठकमा १० वटा कार्यसूचीमा छलफल गरी निर्णय गर्ने तय भएको नेकपा एमालेका केन्द्रीय सदस्य एवम् केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय निकायहरुको प्रतिवेदन, मिसन ग्रासरुट अभियानको प्रतिवेदन, प्रदेशहरुको कार्ययोजना, केन्द्रीय सदस्यहरुको कार्यविभाजन, पार्टी प्रवेशीहरुको व्यवस्थापनलगायतका १० वटा कार्यसूची रहेका नेता रिजालले जानकारी दिए ।

एमाले केन्द्रीय कमिटीमा ३३५ (दुई निलम्बित) सदस्य, ४ जना केन्द्रीय निकायका अध्यक्ष र ९ जना प्रदेश कमिटी अध्यक्ष (दुई गैरभौगोलिक) हरु सहभागी हुनेछन् ।