११ श्रावण २०८१, शनिबार

प्रधानमन्त्री र एमाले अध्यक्ष ओेलि बिच भेटवार्ता

काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

दुई नेताबीच सिंहदरबारमा भेटमा संवैधानिक परिषदको बैठक, समसामयिक राजनीति लगायतका विषयमा कुराकानी भएको ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले जानकारी दिए ।

उनका अनुसार भेटमा एमाले अध्यक्ष ओलीले सरकारले स्थानीय तहको बजेट कटौती गरेकामा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । सरकारले स्थानीय तहमा जाने वित्तीय समानीकरण अनुदान ५० प्रतिशतले कटौती गरेको थियो ।

एमालेबाट निर्वाचित जनप्रतिनिधिले ओलीसमक्ष यस विषयमा गुनासो गरेपछि उनले प्रधानमन्त्रीलाई बजेट कटौती नगर्न आग्रह गरेका बज्राचार्यले बताए ।

बिहीबार दुई नेताबीच सिंहदरबारमा भएको भेटमा ओेलिले रायमाझी बाटोमा हिँड्दाहिँड्दै समाउनुपर्ने खालको व्यक्ति नभएको र षड्यन्त्रपूर्वक पक्राउ गर्ने कोशिस भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण समेत गराएको बताएका छन् ।
एउटा सांसद, पटक पटक मन्त्री भइसकेको, उपप्रधानमन्त्री भइसकेको व्यक्ति, षड्यन्त्रपूर्वक ढंगले बाटोमा हिँड्दाहिँड्दै समाउनुपर्ने खालको घटना  रहस्यपूर्ण छ’ प्रधानमन्त्रीसँगको छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै ओलीले भने, ‘अहिलेको सिटिङ एमपी कहिँ भागेर जाने होइन ।
ओलीले पक्राउ पुर्जी जारी भएपछि आफूले रायमाझीसँग कुरा गरेर जानकारी लिएको बताएका छन् । ‘मैले कुरा गरेको थिएँ, पक्राउ पुर्जीबारे जानकारी छ भनेको थिएँ, उहाँले भर्खरै आईजी (प्रहरी महानिरीक्षक)सँग कुरा गरेको थिएँ, त्यस्तो होइन, तर कुरा के हो स्पष्ट पारिदिनुपर्ला भन्नुभएको छ, म काठमाडौं आउँदैछु भन्नुभएको थियो’ ओलीले भने ।
यस विषयमा प्रधानमन्त्रीसँग छलफल भयो भन्ने पत्रकारहरुको प्रश्नमा ओलीले भने, ‘मैले प्रधानमन्त्रीजीको ध्यानाकर्षण गराएको छु ।
ओलीले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाएको घटनामा निर्दोष पर्न नहुने र दोषीलाई उम्काउन नहुने बताए । ‘निर्दोष पर्नु हुँदैन, दोषी उम्किनु हुँदैन, दोषी उम्काउन हाम्रो प्रयास हुदैन, निर्दोष फसाउन खोजियो भने हामी सहदैनौं’ उनले भने