५ भाद्र २०८२, बिहीबार

समाचार

शताब्दी पुरुष सत्यमोहन जाेशीकाे पत्निकाे मृत्युु

शताब्दी पुरुष सत्यमोहन जाेशीकाे पत्निकाे मृत्युु

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, समाचार
काठमाडौं ।शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको १०० वर्षको उमेरमा निधन भएको छ । पारिवारिक स्रोतका अनुसार किस्ट अस्पतालमा उपचारका क्रममा आज बिहान ५:१५ बजे राधादेवीको निधन भएको हो । केही दिनअघि राधादेवीलाई अस्पताल भर्ना गरिएको थियो । उनको श्वासप्रश्वासमा समस्या रहेकाे थियो । सत्यमोहन जोशीको गत असोज ३० गते १०३ वर्षको उमेरमा निधन भयकाे थियाे ।...
जापानी प्रधानमन्त्री फुमियाे लक्षित बम प्रहार

जापानी प्रधानमन्त्री फुमियाे लक्षित बम प्रहार

Breaking News, अन्तर्राष्ट्रिय, राजनीति, विज्ञान प्रबिधि, समाचार
टाेकियाे।जापानी प्रधानमन्त्री फुमियो किशिदामाथि देशको पश्चिमी भाग वाकायामामा आक्रणको प्रयास भएको छ । वाकायामा आयोजित एक चुनाबी कार्यक्रममा मन्तव्य व्यक्त गर्न लागेका प्रधानमन्त्रीमाथि ‘स्मोक बम’ प्रहार भएको सरकारी समाचार समिति क्योदो तथा प्रसारण संस्था एनएचकेले जनाएका छन् । प्रधानमन्त्रीमाथि कुनै चोटपटक नलागेको तथा उनीलाई सुरक्षितरूपमा सकुशल कार्यक्रमस्थलबाट निकालिएको छ । प्रतिनिधिसभाको उपनिर्वाचनको समर्थन गर्ने कार्यक्रममा मन्तव्य व्यक्त गर्न मञ्चमा पुग्न लागेका प्रधानमन्त्रीमाथि आक्रमण भएको हो । आक्रमणको आशङ्कामा प्रहरीले घटनास्थलबाट एक जनालाई नियन्त्रणमा लिएको छ । यद्यपि प्रहरीले यसलाई पुष्टि गरे पनि थप जानकारी दिएको छैन । एक जना प्रत्यक्षदर्शीका अनुसार एक युवकले प्रधानमन्त्रीलाई लक्ष्य गर्दैै केही फ्याकेको देखेको तथा केही क्षण मै धुँवाको मुस्लो ठूलो आवाजमा त्यो वस्तु विष्फोट भएको...
बालुवाटार मा सुरक्षामा खटेका एक सदस्यले गाेलि चलाय , पुर्व मन्त्री बर्षमान पुनकि आमा घाइते

बालुवाटार मा सुरक्षामा खटेका एक सदस्यले गाेलि चलाय , पुर्व मन्त्री बर्षमान पुनकि आमा घाइते

Breaking News, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौं ।बालुवाटारस्थित माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा बसेको घरमा गोली चलेको छ । भीआईपी सुरक्षामा खटिएका एक सदस्यले शुक्रबार राति साढे ९ बजे गोली चलाएको प्रहरी स्रोतले  बतायो । उपत्यका प्रहरी कार्यालयका एक उच्च अधिकृतका अनुसार गोली लागेर नेता पुनकी आमा घाइते भएकी छन् । उनको खुट्टामा गोली लागेको छ । गोली चलाउने प्रहरीलाई राति १ बजे नियन्त्रणमा लिइएको छ । उनलाई प्रहरी प्रधान कार्यालयमा लगेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । नेता बर्षमान पुन  उपचारका लागि चिन छन । गोली चलाउने व्यक्ति कामु प्रधानन्यायाधीशको सुरक्षामा खटिएका प्रहरी भएको खुलेको छ । शुक्रबार राति साढे ९ बजे नेता पुनको दाइको घरमा गोली चल्दा ७० वर्षीया आमा तीर्थमाली पुन घाइते भएकी हुन। उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । राति १ बजे सूचना प्राप्त भएलगत्तै प्रहरीले गोली चलाउने प्रहरी हवल्दार प्रकाश पुन ...
सहकारी प्रवर्द्धन कोषको रकम परिचालन गर्न सरकारलाई महालेखाको निर्देशन

सहकारी प्रवर्द्धन कोषको रकम परिचालन गर्न सरकारलाई महालेखाको निर्देशन

Breaking News, अर्थवाणिज्य, कृषि, राष्ट्रिय, समाचार
काठमाडौं ।महालेखापरीक्षकको कार्यालयले सहकारी प्रवर्द्धन कोषमा जम्मा भएको रकम प्रभावकारी तवरले परिचालन गर्न निर्देशन दिएको छ । कोषमा गत वर्ष ४ करोड ७७ लाख ६९ हजार र यो वर्ष १ करोड ८१ लाख ६४ हजार रुपैया गरी ६ करोड ५९ लाख ३३ हजार रुपैयाँ जम्मा छ। सहकारी ऐन, २०७४ मा सहकारी प्रवर्द्धन कोषमा सहकारी संस्थाहरूको जगेडा कोषमा रहेको रकमको ०ं५ प्रतिशतले हुने रकम साधारण सभाबाट लेखापरीक्षण प्रतिवेदन अनुमोदन भएको १५ दिनभित्र सहकारी संस्थाले कोष खातामा रकम जम्मा गर्नुपर्ने व्यवस्था छ। कोषमा अधिकांश सहकारी संस्थाले रकम जम्मा नगरेको समेत महालेखाले जनाएको छ । कोषमा रकम जम्मा नगर्ने सहकारीको लगत खडा गरी आवश्यक कारबाहीको लागि विभागमा लेखी पठाउने व्यवस्था भए पनि नगरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । कोष सचिवालयले सहकारीहरूबाट विवरण सङ्कलन नगरी बैङ्क स्टेटमेन्टको आधारमा कोषमा एकमुष्ट आम्दानी जनाउने गरेको...
नयाँ वर्ष मनाउन गयका युवाकाे खाेलामा डुबेर मृत्यु

नयाँ वर्ष मनाउन गयका युवाकाे खाेलामा डुबेर मृत्यु

Breaking News, पर्यटन, पुर्वाधार, राष्ट्रिय, समाचार
काठमाडौं । नयाँ वर्ष मनाउन गएका एक युवाको खोलामा डुबेर मृत्यु भएको छ। सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ बेलहियाका ३० वर्षीय शिभम जैसवालको पाल्पास्थित भुतखोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरी चौकी दोभानका अनुसार जैसवाल घुमघामको लागि शुक्रबार बिहान पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ झुम्सास्थित भुतखोलामा पुगेका थिए। साथीहरूसँगै घुम गएका जैसवाल बिहान साढे १० बजेतिर ढुंगामा चिप्लिएर पोखरीमा खसेका थिए। उनलाई उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।...
पार्टी एकता : आवश्यकता र आधार , उदय बहादुर चलाउने ( दिपक)

पार्टी एकता : आवश्यकता र आधार , उदय बहादुर चलाउने ( दिपक)

राष्ट्रिय, विचार, शिक्षा, समाचार
चैत २४ नेपाली क्रान्तिकारी आन्दोलनको एक गौरवपूर्ण दिन हो । उक्त ऐतिहासिक दिनलाई साक्षी राखेर दुई कम्युनिस्ट पार्टी– नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बीच एकताको ऐतिहासिक उद्घोष भएको छ । यो एकता प्रक्रियाले सच्चा कम्युनिस्टहरूलाई उत्साहित, उत्प्रेरित र आशावादी बनाएको छ भने प्रतिक्रियावादी एवम् संशोधनवादी कित्तामा स्वाभाविक बेचैनी सुरु भएको छ । यद्यपि विगत एक दशकदेखि नेपाली राजनीति र विशेषतः माओवादी आन्दोलनमा भएको टुटफुट र विभाजनको पृष्ठभूमिले एकताको सार्थकताप्रति केही प्रश्नहरू जरुर खडा गरिदिएको छ जसलाई नजरअन्दाज गर्नु असम्भव नै छ । यसका साथै इतिहासका खासखास मोडहरूमा भएका कतिपय एकताका पहलहरूले नेपाली कम्युनिस्ट आन्दोलनलाई प्रदान गरेको विशिष्ट योगदान जसले कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी प्रवाहलाई अग्रगति प्रदान गरेको थियो, उक्त दृष्टान्तलाई सम...
नेपाल उद्योग महासंघको अध्यक्षमा ढकाल र उपाध्यक्षमा श्रेष्ठ र वैद्य निर्वाचित

नेपाल उद्योग महासंघको अध्यक्षमा ढकाल र उपाध्यक्षमा श्रेष्ठ र वैद्य निर्वाचित

Breaking News, अर्थवाणिज्य, चुनाव, निर्वाचन, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नयाँ नेतृत्व पाएको छ । अध्यक्षमा चन्द्रप्रसाद ढकाल र वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित भएका छन् । महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्ने प्रावधानका कारण ढकाल अध्यक्ष भएका हुन् । नयाँ नेतृत्वले सपथग्रहण गरिसकेको छ । पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मतभार नकटाएपछि अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच पुनः चुनाव हुने तयारी हुँदै थियो । तर, दुई उम्मेदवारलाई राखेर अध्यक्ष, पूर्व अध्यक्षहरूले छलफल गरी सर्वसम्मत नेतृत्व चयन गरेका हुन् । उमेशलालकै समर्थनमा अञ्जन श्रेष्ठ वरिष्ठ उपाध्यक्षमा निर्वाचत भएका हुन् । अञ्जन तीन वर्षपछि महासंघको अध्यक्ष बन्ने छन् । महासंघको विधानअनुसार ५० प्रतिशत मतभार कटाउन नसकेपछि रामचन्द्र संघई मैदानबाट बाहिरिएका थिए । सबै मतभारलाई १०० प्रतिशत मानेर ५० प्रतिशत बढी मत प्राप्त गर्ने वरिष्ठ उपाध्यक्षमा ...
नेपाल गोजुरियो कराते दा संघ जाजरकोटको अध्यक्षमा प्रेम विश्वकर्मा

नेपाल गोजुरियो कराते दा संघ जाजरकोटको अध्यक्षमा प्रेम विश्वकर्मा

Breaking News, खेल, राष्ट्रिय, समाचार
जाजरकोट ।नेपाल गोजुरियो कराते दा संघ जाजरकोटको अध्यक्षमा प्रेम विश्वकर्मा चयन भएका छन् । बिहिबार जिल्ला सदरमुकाम जाजरकोट खलंगामा नेपाल गोजुरियो कराते दो संघको जाजरकोट शाखा गठन कार्यक्रमबाट अध्यक्षमा भेरि नगरपालिका वडा न. १ का प्रेम विश्वकर्मा चयन भयका हुन । जिल्ला खेलकुद विकास समिति जाजरकोटका कार्यालय प्रमूख जय प्रसाद आचार्यको रोहबरमा बसेको बैठकले विश्वकर्मालाई अध्यक्षमा चयन गरेको हो । त्यस्तै उपाध्यक्षमा लोकराज शाही,सचिवमा प्रकाश घर्ति मगर र कोषाध्यक्षमा बिश्वक्रान्ति  शाही चयन भएका छन् । सदस्यमा जितेन्द्र बुढा,अर्जुन विक र लोकेन्द्र वि गरि सात सदस्य जिल्ला समिति गठन भएको अध्यक्ष विश्वकर्माले जानकारी दिएका छन् । जाजरकोटको कराते क्षेत्रको विकासमा अतुलनिय योगदान पुर्‍याउन , जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख जय प्रसाद आचार्यले गठन भएको नयाँ कार्य समितिलाई शुभकामना व्यक...
विभिन्न मन्त्रालयको वेरुज सार्वजनिक सबै भन्दा अर्थमा बढि वेरुज

विभिन्न मन्त्रालयको वेरुज सार्वजनिक सबै भन्दा अर्थमा बढि वेरुज

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, समाचार
काठमाडौं।महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६० औं वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८/७९ मा अर्थ मन्त्रालयको बेरुजु ३२ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । संघीय निकायका सबै कार्यालयको कुल बेरुजु ५६ अर्ब ३१ करोड रुपैयाँ रहेकोमा अर्थ मन्त्रालयको मात्र ५७.६६ प्रतिशत देखिएको हो । त्यसो त अर्थ मन्त्रालय मातहतका निकायको लेखा परीक्षणको अंक समेत ठूलो छ । यस वर्ष अर्थ मन्त्रालयको १६ खर्ब ३६ अर्ब १६ करोड रुपैयाँ बराबरको लेखा परीक्षण गरिएको थियो । दोस्रो स्थानमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय रहेको छ । यस मन्त्रालयको ८ अर्ब ७९ करोड रुपैयाँ थप भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको २ अर्ब ७० करोड, कृषि तथा पशुपन्छी विकास मन्त्रालयको २ अर्ब ५३ करोड, गृहको १ खर्ब ५७ करोड, भूमि व्यवस्थाको १ अर्ब ३४ करोड, उर्जा, जलस्रोत तथा सिञ्चाईको १ अर्ब २९ करोड, शहरी विकासको १ अर्ब ९ करो...
कुशे गाउँपालिका जाजरकोटमा मदिरा निषेध प्रभावकारी बन्दै

कुशे गाउँपालिका जाजरकोटमा मदिरा निषेध प्रभावकारी बन्दै

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, संस्कृति, समाचार, स्वास्थ
जाजरकोट । कुशे गाउँपालिकालाई मदिरा निषेधित बनाउने निर्णय प्रभावकारी बन्दै गएको छ । २०७९ साल असार २८ गते बसेको गाउँ सभाको वैठकले गाउँपालिकालाई मदिरा निषेध बनाउने निर्णय गरेको थियो । उक्त निर्णय प्रभावकारी रुपमा कार्यान्वयन भईरहेको स्थानीय प्रकाश सिंहले जानकारी दिए । ‘गाउँपालिकाले निर्णय गर्नुभन्दा पहिले गाउँघरमा मदिरा सेवन गरी जथाभावी होहल्ला गर्नेको विगविगी धेरै थियो’, उनले भने, ‘अहिले त्यो शान्त भएको छ, पसलहरुमा पनि रक्सीका बोतलहरु पाउन सकिदैन् ।’ गाउँघरमा मदिरा सेवन गरी दिन विताउनेहरु अहिले आफ्नो काममा लागेको देख्दा साह्रै खुशी लागेको सिंहले बताए । गाउँपालिकाले घरेलु मदिरा सँगै ब्रान्डेट मदिरा समेत निधेष गरेको छ । गाउँपालिकाले साह्रै राम्रो निर्णय गरेको कुशे गाउँपालिका – २ का स्थानीय हरि सिंहले बताए । गाउँपालिकाले यसलाई अझै प्रभावकारी रुपमा कार्यान्वयनका लागि पहल गरिरहेको गाउँपालिका ...