५ माघ २०८१, शनिबार

राष्ट्रघाति एमसिसि कुनै हालतमा लागू हुन दिदैनाै : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल (फाेटाे फिचर)

काठमाडौं ।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले अमेरिका द्वारा लागू गर्न खाेजियकाे एमसिसि परियाेजनालाई कुनै हालतमा लागू हुन नदिने उद्धघाेष गरेकाे ।

बुधबार पार्टी केन्द्रीय कार्यालयद्वारा काठमाडौँकाे शान्तिवाटिकामा आयोजित एमसीसीविरोधी सभामा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै पार्टी केन्द्रीय कार्यालय सदस्य सीपी गजुरेल ‘गौरव’ ले भने, ‘नेपालमा कुनै पनि हालतमा एमसीसी परियोजना लागू हुन दिनु हुँदैन । भदौ १४ गतेबाट लागू गर्ने भनिएको एमसीसी परियोजना जहाँजहाँ कार्यान्वयन गर्न खोजिन्छ, त्यहीँ प्रतिरोध गर्नेछौँ ।’ पार्टी नेता गौरवले श्रीलङ्कालगायत मुलुकले एमसीसी फिर्ता गरिदिएको उदाहरण प्रस्तुत गर्दै नेपाली जनताले पनि सरकारलाई एमसीसी लागू हुन नदिन निरन्तर सङ्घर्ष जारी राख्नुपर्ने धारणा राखे । ‘एमसीसी गो ब्याक, याङ्की इम्पेरियालिज्म गो ब्याक’, नेता गौरवले भने, ‘नेपाली जनताले एमसीसी लागू गर्न दिँदैनन् भन्ने सन्देश दिनुपर्छ र नेपाललाई युद्धभूमि हुनबाट रोक्नुपर्छ ।’ नेता गौरवले अमेरिकाले एमसीसी लागू गर्ने बहानामा ल्याएका सामान नेपालीले हेर्न पनि नपाउने रहस्य उद्घाटन गर्दै खम्पा विद्रोहका नाममा चीनविरोधी उपद्रव मच्चाएझैँ अमेरिकी साम्राज्यवादले चीनलाई घेर्न नेपालमा हातहतियार भित्र्याइरहेको सूचना आएको र त्यसलाई निस्तेज पारेर उसको षड्यन्त्र असफल पार्न देशभक्त, क्रान्तिकारी जनता आन्दोलित बन्नुपर्ने धारणा पनि राखे ।

पार्टी कार्यालय सदस्य एवम् प्रवक्ता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले एमसीसी का
र्यान्वयन हुन दिनु नहुने, त्यसलाई खारेज गर्नुपर्ने र एमसीसीका देशभरका कार्यालयहरूमा जनताको साथ लिएर आगो लगाइदिनुपर्ने बताए । चीनविरुद्ध नेपालको भूमि दुरुपयोग गर्ने योजनामुताबिक एमसीसी लाद्न लागिएको भन्दै प्रवक्ता कञ्चनले नेपालमा जबर्जस्ती अमेरिकी सैन्य क्याम्प खडा गर्ने षड्यन्त्र ध्वस्त पारेर नेपालको राष्ट्रियता रक्षा गर्नुपर्ने भनाइ राखे । संसारभर अमेरिकाले एमसीसी लागू गरेको ठाउँमा युद्ध, अस्थिरता, बलात्कार, हत्या र अशान्ति मच्चिएको उदाहरण प्रस्तुत गर्दै प्रवक्ता कञ्चनले एमसीसी कार्यालयहरूमा आगो लगाएर मात्र नहुने, एमसीसी लागू गर्ने दलालहरूलाई पनि देशबाट लखेट्नुपर्ने धारणा राखे । अमेरिकी साम्राज्यवादी सेना नेपाल भित्र्याउने योजनाअनुसार नेपाली सेना विघटन गर्ने प्रस्ताव आइरहेको भन्दै प्रवक्ता कञ्चनले नेपाललाई युक्रेन हुनबाट बचाउन पनि एमसीसी खारेज गर्नैपर्ने धारणा राखे ।

पार्टी कार्यालय सदस्य एवम् तीन नं. प्रदेश इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले अमेरिकी साम्राज्यवादलाई आकाशमा उडिरहेको गिद्दको संज्ञा दिँदै यहँका शासकहरू साम्राज्यवादका कुकुर भएकाले दुवैको स्वार्थ पूरा गर्ने, नेपाल र नेपाली जनताको हितविपरीत एमसीसी लागू हुन नदिइने उद्घोष गरे । कार्यक्रमको अध्यक्षता गरेका पार्टी नेता सुदर्शनले भने, ‘अमेरिकी साम्राज्यवादसँग कोही डराउनु हुँदैन । साम्राज्यवादी गिद्दलाई गोली हानेर खसाल्नुपर्छ । उसलाई यहाँ खुट्टा टेक्न दिनु हुँदैन । कुखुरा मार्न दिनु हुँदैन ।’ साम्राज्यवादलाई नेपालका गाउँ, टोलदेखि बस्ती सबैतिरबाट लखेट्न पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिँदै कार्यालय सदस्य सुदर्शनले अब देशलाई केपी वली, शेरबहादुर देउवा वा पुष्पकमल दाहालले जस्तो पराधीन बनाउन नदिइने र सम्पूर्ण देशभक्त, क्रान्तिकारी शक्ति एक भएर स्वतन्त्र बनाइने बताए । उनले देशभक्त जनता, प्रहरी, सेना, कर्मचारी र क्रान्तिकारी शक्तिलाई राष्ट्रियता बचाउने आन्दोलनमा लामबद्ध हुन आह्वान गरे ।

कार्यक्रमका फाेटाहरु :