काठमाडौं । सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीको गाडी एकापसमा ठोक्किएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका लागी चिसापानी जाने क्रममा भौतिकमन्त्री सुरेन्द्र पाल चढेको गाडीलाई कानूनमन्त्री ही सार्की चढेको गाडीले लम्कीमा ठक्कर दिएको हो ।
दुईवटै गाडीमा सवार सबै सकुशल छन् ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रानीजमरा–कुलरियाको १४ हजार तीन सय हेक्टरमा सिँचाइ पुग्ने गरी सम्पन्न सिँचाइ आयोजना र ४.७१ मेगावाट विद्युतगृह तथा प्रसारण लाइनको उद्घाटन गरेका छन् ।
प्रधानमनमन्त्री ओलीले कैलालीको चिसापानीमा पुगेर सिँचाई र विद्युतगृहको उद्घाटन गरेका हुन् ।
काठमाडौं । नेप्से परिसूचक चार वर्षयताकै उच्च बिन्दु रहेर बजार बन्द हुँदा सेयर बजारको आकार पहिलो पटक ५० खर्ब रूपैयाँ पुगेको छ।
बजार लगातार बढ्न थालेसँगै सेयर बजारको आकार (बजार पुँजीकरण) ले नयाँ रेकर्ड बनाएको हो।
बजार पुँजीकरणलाई सेयर बजारमा रहेको लगानीकर्ताहरूको सम्पत्ति समेत भनेर बुझिन्छ।
सेयर मूल्यमा आउने उतारचढावको आधारमा यसमा घटबढ भने भइरहन्छ। लगानीकर्ताले सेयर बिक्री गरेर हात पार्ने रकम नै उसको वास्तविक सम्पत्ति हुन्छ।
मंगलबार नेप्से परिसूचक बजार बन्द हुँदा ३००२.०७ विन्दुमा आएको थियो। नेप्सेले एक वर्षअघिको उच्च विन्दु पार गरेको हो।
२०८१ साउन ३१ मा नेप्से ३०००.८१ विन्दुमा पुगेको थियो। त्यसैले मंगलबार नेप्से करिब चार वर्षयताकै उचाइमा आइपुगेको हो। यसअघि नेप्से २०७८ भदौ १० गते ३०९४ मा बन्द भएको थियो।
मंगलबार कारोबार रकम भने अघिल्लो दिनको...
काठमाडौं । नक्कली सुन देखाई ठगी गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मध्यपुर थिमी नगरपालिका-८ बोडे बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-५ घर भएका २८ वर्षीय बुद्धी बहादुर तामाङ र चाँगुनारायण नगरपालिका-८ सुडाल बस्ने नुवाकोट घर भएका २२ वर्षीय सुमन तामाङ रहेका छन् ।
नक्कली सुन देखाई प्रति तोला १ लाख १० हजार रूपैयाँमा दिन्छु भनी प्रलोभनमा पारी २०८१ फागुन २५ गते सूर्यविनायक नगरपालिका-६ बस्ने ओखलढुङ्गा घर भएका पीडितलाई भक्तपुर इबामोरा चोक नजिक बोलाई उनको साथबाट १२ लाख रूपैयाँ र २०८२ जेठ २७ गते भक्तपुर राधे राधे बस्ने दोलखा घर भएका पीडितलाई भक्तपुर पान्डुबजार नजिक बोलाई ९ लाख ५० हजार रूपैयाँ लिई फरार भएको घटनाको अनुसन्धान गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय भक्तपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनी...
काठमाडौं । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नानको क्रममा आइतबार दुई जना तीर्थालु बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी प्रमुख हेमबहादुर शाहीका अनुसार बेपत्ता हुनेमा मोरङ जिल्ला विराटनगरका करिव २८ वर्षीय सुजन ढकाल र मोरङ बेलवारीका मनोज न्यौपाने रहेका छन् ।
गहिरो ठाउँबाट स्नान गर्न कुण्डमा पसेका कारण डुबेको हुनसक्ने आँकलन गरिएको छ ।
बेपत्ताको खोजीका लागि नेपाली सेना श्रीनाथ गण, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकृत तथा जवानलाई आइतबार नै गोसाइँकुण्ड पठाइसकिएको छ ।
...
काठमाडौं । सिन्धुलीको गोलन्जर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीमा एकै परिवारका १६ जना सदस्य रहस्यमयरूपमा बेपत्ता भएका छन् ।
गोलन्जोर गाउँपालिका–६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएकी उर्मिला हायुको १६ जनाको परिवार सोमबार बिहानदेखि हराएको भन्ने सूचना स्थानीयले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा गरेका थिए । सूचनापछि प्रहरीले खोजतलास सुरु गरेको छ ।
वडाध्यक्ष रविन श्रेष्ठका अनुसार सीमान्तकृत समुदायको सामाजिक सुरक्षा भत्ता बुझेर फर्किएका परिवारका सदस्य सम्पर्कविहीन भएका हुन् ।
हायुको घरमा आगो लागेर सामान्य क्षति भएको देखिन्छ भने घर पालुवा जनावर अलपत्र अवस्थामा छन् ।
...
काठमाडौं । अखिल नेपाल सरसफाई मजदुर संघद्वारा नवनिर्वाचित फोहोरमैला व्यवस्थापन सङ्घका केन्द्रीय समितिलाई बधाई तथा शुभकामना प्रदान गरिएको छ ।
अखिल नेपाल सरसफाई मजदुर संघकी केन्द्रीय अध्यक्ष धनु दाहालको सभापतित्व, अखिल नेपाल ट्रेड युनियन महासङ्घका अध्यक्ष जगत सिमखडाको प्रमुख आतिथ्यता तथा महासंघका उप महासचिव शिव पोख्रेल, फोहोरमैला व्यवस्थापन सङ्घका केन्द्रीय अध्यक्ष राम कुमार घिमिरे , संस्थापक अध्यक्ष तथा सल्लाहकार टीकाराम दाहाल , बासुदेब उप्रेती ,धन प्रसाद आचार्य , अखिल नेपाल सरसफाई मजदुर सघका केन्द्रीय उपाध्यक्ष सोमनाथ ढकाल, एकराज सुवेदी, केन्द्रिय सदस्य देब नारायण श्रेष्ठ , भिम श्रेष्ठ , मीन बा श्रेष्ठको बिशेष उपस्थितिमा एक कार्यक्रम बिच अखिल नेपाल सरसफाई मजदुर संघ द्वारा नवनिर्वाचित फोहोरमैला व्यवस्थापन सङ्घका नवनिर्वाचित अध्यक्ष रामकुमार घिमिरे,वरिष्ठ उपाध्यक्ष सहदेव राउत...
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले कर्णाली विकास बैंकको अनुसन्धान सकेको छ।
सिआइबीले अनुसन्धान सकेर केही दिनअघि एक हजार भन्दा लामो पृष्ठको सरकारी वकिलको कार्यालय बाँकेलाई प्रतिवेदन बुझाएको हो।
नेपालगन्जमा केन्द्रीय कार्यालय रहेको उक्त बैंकको घोटालाबारे छानबिन गर्न काठमाडौंबाटै सिआइबीको टोली गएको थियो। सिआइबीको टोली अहिले फर्किसकेको छैन।
अनुसन्धान सकेसँगै सिआइबीको टोली फर्किने एसएसपी होबिन्द्र बोगटीले बताए।
सिआइबीले गरेको अनुसन्धानबाट कर्णाली विकास बैंकको तीन अर्ब २० करोड ११ लाख ५४ हजार १५७ रूपैयाँ बिगो मागदाबी गर्नुपर्ने राय सरकारी वकिलसमक्ष पेस गरेको छ।
स्रोतका अनुसार उनीहरूले कतिपय रकम अन्य बैंकबाट ल्याएर बैंकमा दाखिला समेत नगरी अपचलन गरेका छन्।
त्यसरी ल्याएको रकम मात्रै एक अर्ब बढी रहेको स्रोतले बतायो।
यस प्रकरणमा ...
काठमाडौं । इलन मस्कको न्युरोटेक्नोलोजी कम्पनी न्युरालिंकले अहिलेसम्मकै महत्त्वाकांक्षी योजनामा काम गरिरहेको खुलेको छ।
न्युरालिंकले जन्मजात आँखा नदेख्नेहरूलाई पनि देख्न सक्ने बनाउने परियोजनामा काम गरिरहेको सार्वजनिक भएको हो।
उक्त उपकरणलाई ब्लाइन्डसाइट नाम दिइएको छ।
मस्कले विन्सकन्सिनमा आयोजित एक कार्यक्रममा यसको खुलासा गर्दै महत्त्वाकांक्षी परियोजना सफल हुने विश्वास व्यक्त गरेका छन्।
'ब्लाइन्डसाइट' नामक यो उपकरणले अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए)बाट ‘ब्रेकथ्रु डिभाइस’ को मान्यता पाइसकेको बताइएको छ।
यो उपकरणको मानव परीक्षण २०२५ को अन्त्यतिर सुरू गरिने तयारी रहेको मस्कले बताएका छन्।
यो प्रविधिले क्षतिग्रस्त आँखा र अप्टिक स्नायुहरूलाई पूर्ण रूपमा बाइपास गरी यसको सट्टा हजारौं माइक्रो-इलेक्ट्रोडहरू भएको चिप सिधै मस्तिष्कको भिजुअल कोर्टेक्...
काठमाडौं । अखिल नेपाल सरसफाई मजदुर संघ द्वारा नवनिर्वाचित फोहोरमैला व्यवस्थापन सङ्घका केन्द्रीय समितिलाई बधाई तथा शुभकामना प्रदान गरिएको छ ।
अखिल नेपाल सरसफाई मजदुर संघकी केन्द्रीय अध्यक्ष धनु दाहालको सभापतित्व, अखिल नेपाल ट्रेड युनियन महासङ्घका अध्यक्ष जगत सिमखडाको प्रमुख आतिथ्यता तथा महासंघका उप महासचिव शिव पोख्रेल, फोहोरमैला व्यवस्थापन सङ्घका केन्द्रीय अध्यक्ष राम कुमार घिमिरे , संस्थापक अध्यक्ष तथा सल्लाहकार टीकाराम दाहाल , बासुदेब उप्रेती ,धन प्रसाद आचार्य , अखिल नेपाल सरसफाई मजदुर सघका केन्द्रीय उपाध्यक्ष सोमनाथ ढकाल, एकराज सुवेदी, केन्द्रिय सदस्य देब नारायण श्रेष्ठ , भिम श्रेष्ठ , मीन बा श्रेष्ठको बिशेष उपस्थितिमा एक कार्यक्रम बिच अखिल नेपाल सरसफाई मजदुर संघ द्वारा नवनिर्वाचित फोहोरमैला व्यवस्थापन सङ्घका नवनिर्वाचित अध्यक्ष रामकुमार घिमिरे,वरिष्ठ उपाध्यक्ष सहदेव राउत,उपाध्यक्ष भुपा...