कपिलवस्तुमा सम्बन्धविच्छेद गर्नेको संख्या बढ्दो
काठमाडौं । कपिलवस्तुमा पछिल्ला केही वर्षयता वैवाहिक सम्बन्ध टुट्ने क्रम तीव्र रूपमा बढेको छ । विशेषतः नयाँ मुलुकी संहिता लागू भएसँगै पुरुषले पनि सम्बन्धविच्छेदको निवेदन दिन पाउने प्रावधानले अदालतमा मुद्दा दर्ता हुने दर झन् उकालो लागेको देखिएको छ ।
जिल्ला अदालत कपिलवस्तुको तथ्यांक अनुसार, विगत ६ वर्षको अवधिमा मात्रै १ हजार ९७९ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् । पछिल्लो आर्थिक वर्ष २०८१/०८२ मा मात्रै ४९३ मुद्दा दर्ता भएका छन्, जसमा ३८७ नयाँ र १०६ अघिल्लो वर्षबाट सारिएका थिए । सोही अवधिमा ३८२ मुद्दाको टुंगो लागिसकेको अदालतले जनाएको छ । त्यसअघि, आर्थिक वर्ष २०८०/०८१ मा ४५० मुद्दा दर्ता भएका थिए भने तीमध्ये ३४४ मुद्दा फछ्र्योट भएका थिए । बाँकी १०६ मुद्दा अर्को वर्षमा सारिएका थिए ।
यस्तै, आर्थिक वर्ष २०७९/०८० मा कुल ३४५, आर्थिक वर्ष २०७८/०७९ मा कुल ५१२, ...








