मुख्यमन्त्री इन्द्र बानियाद्वारा सम्पादक बगाले ‘जिनियस पत्रकारिता अवार्ड २०८२’ बाट सम्मानित
काठमाडौं । विगत २६ वर्षदेखि निरन्तर सत्य, निष्पक्ष र जनमुखी पत्रकारितामा समर्पित जनसवाल राष्ट्रिय दैनिकका अध्यक्ष तथा सम्पादक रामजी बगालेलाई ‘जिनियस कम्युनिकेशन अवार्ड २०८२’ बाट सम्मानित गरिएको छ।
नेपाल प्रहरी क्लबको सभाहलमा बुधबार सम्पन्न विशेष समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाले बगालेलाई सम्मानपत्र र स्मृतिचिन्ह प्रदान गर्नुभयो।
मुख्यमन्त्री बानियाले बगालेको दीर्घ पत्रकारिता योगदानको प्रशंसा गर्दै भन्नुभयो,
> “समाजमा सत्य उजागर गर्ने, जनताको आवाज बन्ने र प्रवासी नेपाली समुदायलाई मातृभूमिसँग जोड्ने कार्यमा बगालेजस्तो पत्रकारका कारण नेपाली सञ्चारको स्तर विश्वभर पहिचान बनिरहेको छ।”
सम्मान ग्रहणपछि बगालेले भावुक हुँदै भन्नुभयो,
> “पत्रकारिता केवल पेशा होइन, यो समाज परिवर्तनको अभियान हो। म अझै जिम्मेवार र निष्ठावान् भएर देश र प्रवासका न...









