३ मंसिर २०८२, बुधबार

प्रतिशील राष्ट्रिय अभियानले ३१ सदस्यीय केन्द्रीय संयोजन समिति गठनका साथै सात बुद्धे अपिल सार्वजनिक

काठमाडौं : जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान नेपालले केन्द्रीय संयोजन समिति गठनका साथै सात बुँदे अपिल पत्रकाे आह्वान गरेको छ ।

बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा आह्वान पत्र वाचन गर्दै सुदन किराँतीले भ्रष्टाचार, विभेद र असमानताका मुख्य शत्रुमाथि विजय प्राप्त गर्न, सांस्कृतिक समानतामा आधारित समाज निर्माण गर्न र सबै अग्रगामी आन्दोलनका सहिद, घाइते, बेपत्ता योद्धाहरूको सपना पूरा गर्न विचार मिल्ने समूहहरू एकतावद्ध हुनुपर्नेमा जोड दिए ।

त्यस्तै, फागुन २१ गते हुने भनिएको निर्वाचन सफल पार्न, जनताको एकताको बलमा अहङ्कारी र असफल नेताहरूलाई सदाका निम्ति बिदा गर्न पनि वैकल्पिक शक्ति आवश्यक रहेको बताए  ।

पूर्वमन्त्री किराँतीले देशभित्र र बाहिर रहेका नेपालीहरूलाई सबै तहमा प्रगतिशील राष्ट्रिय अभियान सम्पर्क समिति गठन गर्न पनि आह्वान गरेका छन् । ‘जेनजी विद्रोहबाट स्थापित मुद्दाहरूलाई यथाशीघ्र पुरा गर्न गराउन चौतर्फी सक्रिय बनौँ । सुदृढ राष्ट्र सभ्य नागरिक बदलिँदो राष्ट्रिय शक्ति निर्माण गर्ने एजेन्डासहित राजनीतिक पुनर्संरचना पुरा गर्ने प्रतिबद्ध हौँ’, उनले भने ।

तत्कालीन माओवादी केन्द्रका उपमहासचिव समेत रहेका शर्मा, स्थायी कमिटी सदस्य राम कार्की,अञ्जना विशंखे, केन्द्रीय सदस्य सुदन किराँती लगायतले कात्तिक १८ गते पत्रकार सम्मेलन गरेर माओवादीबाट अलग भएको घोषणा गरेका थिए ।

संयाेजन समितिमा अधिकांश युवा-विद्यार्थी सम्मिलित छन ।