३ मंसिर २०८२, बुधबार

वातावरण संरक्षण एवम् फोहोरमैला व्यवस्थापन सम्बन्धी वक्तृत्वकला प्रतियोगिता सम्पन्न

काठमाडौं । शिक्षा महाशाखा ललितपुर महानगरपालिकाको समन्वय तथा ललितपुर चक्रपथ — महानगरपालिका सफाइ अभियान र अभिभावक संघ नेपाल ललितपुरको आयोजनामा ललितपुर महानगरपालिकाको एकान्तकुनामा रहेको महेन्द्र भृकुटी माध्यमिक विद्यालयमा वातावरण संरक्षण एवम् फोहोरमैला व्यवस्थापन सम्बन्धी वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।
ललितपुर महानगरपालिका भित्र रहेका सामुदायीक (सरकारी) विद्यालयहरुमा कक्षा ८,९ र १० मा अध्ययनरत विद्यार्थीहरु सहभागि भएको उक्त कार्यक्रममा ललितपुर महानगरपालिका भित्र रहेका २५ वटा विद्यालय मध्य २२ वटा विद्यालयको सहभागिता रहेको थियो ।
अभिभावक संघ नेपाल जिल्ला कार्यसमिति ललितपुरका अध्यक्ष देवराज लामिछानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको प्रमुख आतिथ्यता रहेको थियो ।
प्रतियोगिता श्री टिका विद्याश्रम मावि,श्री मदन स्मारक मावि,श्री यशोधरा बौद्ध मावि,श्री श्रमिक शान्ति मावि,श्री प्रगति शिक्षा सदन मावि,श्री पाटन मावि,श्री चण्डी आदर्श सरल मावि,श्री आदर्श कन्या निकेतन मावि,श्री महेन्द्र भृकुटी मावि,श्री महालक्ष्मी मावि,श्री नमुना मच्छिन्द्र मावि,श्री प्रभात मावि,श्री श्रमजित किशोर मावि,श्री त्रिपद्म विद्याश्रम मावि,श्री बालविनोद मांवि,श्री रुद्रायणी मावि,श्री आदर्श शौल युवक मावि,श्री पदम प्रकाश मावि,श्री कृष्ण मावि,श्री जल्पा मावि,श्री जन उदय मावि,श्री बालकुमारी मावि ले सहभागिता जनाएकोमा ,श्री पदम प्रकाश माविकी छात्रा जगदम्बा भट्ट प्रथम, श्री टिका विद्याश्रम माविका सुरेश थापा दोस्रो, ,श्री रुद्रायणी माविकी मिङ्मा तामाङ तेस्रो तथा,श्री पाटन माविका ओम पाण्डेले सान्त्वना पुरस्कार हात पर्न सफल भएका थिए ।
कार्यक्रममा देवीप्रसाद उपाध्याय निर्देशक शिक्षा महाशाखा, ललितपुर महानगरपालिका, किरण केसी वरिष्ठ कलाकार, सुप्रभात भण्डारी केन्द्रीय अध्यक्ष अभिभावक महासङ्घ नेपाल,नविन विकास महर्जन प्राविधिक सल्लाहकार फोहोर मैला व्यवस्थापन संघ,साजल प्रधान पत्रकार न्युयोर्क टाइम्स,रमा लुइटेल प्रेस कोर्डिनेटर ललितपुर महानगरपालिका, सहदेव राउत सह—संयोजक ललितपुर चक्रपथ महानगर सफाइ अभियान, बद्री सन्जेल महासचिव केन्द्रीय अभिभावक संघ नेपाल,पुष्पराज जोशी प्रधानाध्यापक महेन्द्र भृकुटी मावि,केशव पुरी केन्द्रीय अध्यक्ष, अभिभावक संघ, नेपाल, हिमाञ्चल राज केसी, मिस्टर नेपाल लगायतको आतिथ्यता रहेको थियो ।
प्रतियोगितामा भाग लिएका अधिकांश विद्यार्थीहरुले वातावरण संरक्षणमा विद्यार्थीहरुको भुमिका बारे रोचक र यथार्थ विवरणहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा उपस्थित सबैलाई स्वागत मन्तव्यले स्वागत गर्दै ललितपुर चक्रपथ महानगर सफाइ अभियानका सह संयोजक सहदेव राउतले महानगरका मेयर चिरीबाबु महर्जनको सपोर्टमा अभियानले निकै राम्रो काम गरिरहेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार किरण केसीले शिक्षा र व्यवहारिक ज्ञान दुवै अपरिहार्य भएकोले संस्कार सहितको व्यवहारीक शिक्षा आजको आवश्यकता रहेको बताउनु भयो । उहाँले बालबालिकाको रुचि अनुसारको पठनपाठन गराउन सके उसले जीन्दगीभर खुसी भएर बाच्ने आधार आफैंले बनाउन सक्ने समेत बताउनु भयो ।
आफ्नो मनतव्य दिने क्रममा अभिभावक महासङ्घ नेपालका केन्द्रीय अध्यक्ष सुप्रभात भण्डारीले हाम्रो पुस्ताले वास्तवमै केहि गर्न नसकेको स्विकार गदै पुराना पुस्ताबाट अनुभव लिएर नयाँ पुस्ताले बाँकी कार्यभार पुरा गर्नुपर्ने अवस्था आएको बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि मेयर महर्जनले ललितपुर महानगरपालिका भित्र धेरै कामहरु भए पनि अझ पुर्ण हुन बाँकी रहेको भन्दै आगामी दिनमा आम नागरिक र संघ संस्था तथा स्थानीय सरकारको सहकार्यमा कार्यसम्पादन गर्दै जाने बिस्वास व्यक्त गर्नु भयो ।
कार्यक्रमको सहजिकरण नेप्से कवीको नामले परिचित लक्ष्मी प्रसाद घिमिरेले गर्नुभएको थियो ।
कार्यक्रमलाई बिट मार्दै कार्यक्रमका सभापति अभिभावक संघ नेपाल जिल्ला कार्यसमिति ललितपुरका अध्यक्ष देवराज लामिछानले यस्ता प्रतियोगिताहरुले आम विद्यार्थी मात्र नभएर अभिभावक र आम नागरिक सम्मलाई सचेत बनाउन मद्यत पुग्ने बिस्वास व्यक्त गर्दै आगामी दिनहरुमा समेत अभिभावक संघ नेपाल जिल्ला कार्यसमिति ललितपुर हरेक कामहरुमा सहकार्यगर्न तयार हरेको बताउनु भयो ।