७ पुष २०८२, सोमबार

समाचार

नाउपाको कार्यवाहक अध्यक्षमा शिव बास्तोला

नाउपाको कार्यवाहक अध्यक्षमा शिव बास्तोला

समाचार
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को कार्यवाहक अध्यक्ष शिव बास्तोला भएका छन्।   अध्यक्ष रञ्जिता श्रेष्ठले वरिष्ठ उपाध्यक्ष बास्तोलालाई कार्यवाहक अध्यक्ष तोकेकी हुन्। आफूले बास्तोलालाई शनिबार नै कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको अध्यक्ष श्रेष्ठले सेतोपाटीलाई जानकारी दिइन्। विधानमा अध्यक्षले कार्यवाहक अध्यक्ष तोक्न सक्ने अधिकार रहेकोले त्यसअनुसार कार्यवाहक अध्यक्ष तोकिएको उनको भनाइ छ।   बास्तोला पोखराका हुन्। नाउपाका एक जना नेताका अनुसार नाउपा गठन हुँदा निर्वाचन आयोगमा बुझाएको २१ सदस्यीय केन्द्रीय समितिमा भने बास्तोलाको नाम छैन। ‘त्यसैले निर्वाचन आयोगले बास्तोलालाई चिन्दैन,’ ती नेताले भने। बास्तोला अध्यक्ष श्रेष्ठ र संरक्षक रेशम चौधरीनिकट मानिन्छन्।   ...
भावुक हुँदै निर्मलाकी आमा भन्छिन्– जति भोगेँ, त्यो मलाई मात्र थाहा छ

भावुक हुँदै निर्मलाकी आमा भन्छिन्– जति भोगेँ, त्यो मलाई मात्र थाहा छ

समाचार
काठमाडौं । ४२ वर्षीया दुर्गादेवी पन्तको जीवनमा सात वर्षदेखि अँध्यारो रातले डेरा जमाएको छ। जसको जीवनमा यतिका वर्षसम्म न्यायको बिहानी आएको छैन ।   दुर्गादेवीकी छोरी निर्मला पन्तको सात वर्षअघि १३ वर्षको उमेरमा बलात्कारपछि हत्या भएको थियो । २०७५  साउन १० गते  भीमदत्त नगरपालिका वडा नं २, उल्टाखामकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा घर नजिकैको उखुबारीमा शव भेटिएको थियो । सात वर्षको अवधिमा देशमा पटक-पटक सरकारहरू बने। तर, आश्वासनबाहेक कुनै पनि सरकारले निर्मलाको हत्यारा पत्ता लगाउन सकेन। अब त दुर्गादेवीको मनमा रहेको न्यायको झिनो आशा पनि निभ्न लागेको छ।   ‘अब कस्तो महसुस हुनु र? आशा नभएको, आशा मरेकोजस्तो भएको छ। अब त अपराधी पत्ता लाग्दैन जस्तो लाग्छ मलाई,’ दुर्गादेवीले थकित आवाजमा आफ्नो मनभित्रको पीडा सुनाइन्। दुर्गादेवीले बोलेको एक वाक्यले सात वर्...

बागमती नदीमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकमध्ये एकको शव फेला

समाचार
  काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिकास्थित बागमती नदीमा १ भारतीय युवकको शव फेला परेको छ । शुक्रबार साँझ चन्द्रपुर नगरपालिका- १ बागमति नदीमा जल लिन गएका भारत बिहार सितामढी जिल्लाको जमुवा पञ्चायत मठियाका १४ वर्षीय पवन कुमार साह र २२ वर्षीय नितेशकुमार डुबेर बेपत्ता भएका थिए ।   बेपत्ता भएका मध्ये पवन कुमार साहको शव शनिबार फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।   बोलबम जानका लागी बागमती नदीमा जल लिन गएका बेला दुई जना नदीमा बेपत्ता भएका थिए । बागमती नदीमा दुई युवक डुबेको खबर पाएपश्चात इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट डिएसपी रुपा लाबुङको टोली खोजीमा खटेको थियो ।   खोजीका क्रममा घटनास्थलबाट करिब १५० मिटर दक्षिणमा रहेको झोलुङ्गे पुल नजिकै तैरिरहेको अवस्थामा पवनको शव फेला पारेको जिल्ला प्रहरी कार्यालयका डीएसपी दिपक कुमार रायले बताए ।   ...
स्रोत नखुलेको १० लाख नगदसहित भारतीय नागरिक पक्राउ

स्रोत नखुलेको १० लाख नगदसहित भारतीय नागरिक पक्राउ

समाचार
काठमाडौं ।  यहाँको लहान–३ अस्पताल चोकदेखि आज सशस्त्र प्रहरीले स्रोत नखुलेको १० लाख एक हजार ६९५ रुपैयाँ नगदसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मधुवनी जिल्लास्थित लौकाहा बजार बस्ने अन्दाजी २४ वर्षीय राहुल कुमार रहेका छन् ।   सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण सिरहाका गणपति, सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीका अनुसार बिहान करिब ९ः३० बजे सुरक्षा वेश क्याम्प लहानबाट खटिएको ‘चेक प्वाइन्ट’ टोलीले यात्रुवाहक सवारी जाँच गर्ने क्रममा इनरुवाबाट लहानतर्फ आउँदै गरेको बसमा सवार राहुल कुमारलाई नियन्त्रणमा लिएको हो ।   पक्राउ परेका राहुल कुमारलाई नगदसहित भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए । ...
नक्कली लालपुर्जा बनाएको आरोपमा बुटवलका मालपोत अधिकृत पक्राउ

नक्कली लालपुर्जा बनाएको आरोपमा बुटवलका मालपोत अधिकृत पक्राउ

समाचार
काठमाडौं । नक्कली लालपुर्जा प्रकरणमा बुटवल मालपोत कार्यालयका अधिकृत पक्राउ परेका छन्। सरकारी छापको दुरुपयोग गर्दै अर्कै व्यक्तिको नाममा रहेको जग्गाको नक्कली लालपुर्जा निकालेको आरोपमा बुटवल मालपोत कार्यालयका अधिकृत घनश्याम अर्याल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।   जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रदीप क्षेत्रीका अनुसार नक्कली लालपुर्जा प्रकरणमा अर्यालसँगै भैरहवा मालपोत कार्यालयका कार्यालय सहयोगी सञ्जय कुमार केवट र तिलोत्तमाकी रञ्जना थापा पनि पक्राउ परेकी छन्। उनीहरूलाई सरकारी छापको दुरुपयोग र नक्कली लालपुर्जा बनाइदिएको अभियोगमा जिल्ला अदालतको पक्राउ पुर्जीका आधारमा पक्राउ गरिएको प्रहरी उपरीक्षक क्षेत्रीले बताए। उक्त प्रकरणमा संलग्न अन्य मालपोत कर्मचारी विरुद्ध पनि पक्राउ पुर्जी जारी भएको बताइएको छ।   पक्राउ परेका र पक्...
सिटी रिक्सा चार्ज गर्ने क्रममा श्रीमान्, श्रीमतीको मृत्यु

सिटी रिक्सा चार्ज गर्ने क्रममा श्रीमान्, श्रीमतीको मृत्यु

समाचार
काठमाडौं । सप्तरीको रुपनी गाउँपालिका–२ पौवाँमा सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर एक दम्पतीको ज्यान गएको छ।   शनिबार बिहान स्थानीय ४५ वर्षीय बालेश्वर खंग मण्डल र उनकी श्रीमती ४२ वर्षीया  रामकुमारी खंग दुवै जनाको विद्युत्बाट चल्ने सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उदयकुमार राईले जानकारी दिए।   प्रहरी निरीक्षक राईका अनुसार आफ्नै घरमा सिटी रिक्सा चार्ज गर्न खोज्दा पहिला श्रीमान्लाई करेन्ट लागेपछि उनलाई छुटाउन जाँदा श्रीमतीलाई समेत करेन्ट लागेको थियो। सो क्रममा करेन्ट लागेपछि उनीहरूको दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। ...
पुष्पलाल मार्क्सवादी विश्वविद्यालय निर्माणको प्रस्तावमा,कम्युनिस्ट नेताहरुकाे सकरात्मक धारणा

पुष्पलाल मार्क्सवादी विश्वविद्यालय निर्माणको प्रस्तावमा,कम्युनिस्ट नेताहरुकाे सकरात्मक धारणा

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं :पुष्पलालको ४७ औँ स्मृति दिवसमा आयोजित कार्यक्रममा पुष्पलाल मार्क्सवादी विश्वविद्यालय निर्माणको प्रस्ताव गरिएको छ । सो कार्यक्रममा उनका नामबाट मार्क्सवादी विश्वविद्यालय स्थापना गर्न नेपालमा क्रियाशील १९ कम्युनिस्ट/वामपन्थी पार्टी/संस्था, सङ्गठन र बौद्धिकहरूले ऐक्यबद्धता प्रकट गरेका छन् ।पुष्पलाल स्मृति दिवसमा आयोजित ‘पुष्पलाल मार्क्सवादी विश्वविद्यालय सम्भावना र चुनौती’ विषयक बृहत् बिचार गोष्ठीमा सहभागी वामपन्थी नेता–कार्यकर्ता र बुद्धिजीवीले कम्युनिस्ट जनमत अत्यधिक रहेको समाज तर बिचार शून्यताका कारण रनभुल्लमा परेका पार्टीहरू भएको अवस्थामा नेकपाका संस्थापक पुष्पलालकै नामबाट विश्वविद्यालय निर्माण हुनु अत्यावश्यक रहेको बताएका हुन् ।नेकपा (माओवादी केन्द्र) का सचिव लीलामणि पोखरेलले यो ऐतिहासिक प्रस्ताव कार्यान्वयनमा सबै पार्टीले प्रस्थापकलाई सघाउनुपर्ने धारणा राखे । सबै कम्युनिस्ट ...
पुर्वराष्ट्रपति भण्डारीले पत्रकार सम्मेलनमा के भनिन् ? पुर्ण पाठ ..

पुर्वराष्ट्रपति भण्डारीले पत्रकार सम्मेलनमा के भनिन् ? पुर्ण पाठ ..

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं : पुर्व राष्ट्रपति बिद्यादेवि भण्डारीले आज पत्रकार सम्मेलनमा के के भनिन् ? पुर्ण पाठ.. नेकपा (एमाले) मा मेरो संलग्नता र पार्टी सदस्यताको नवीकरणको विषयलाई लिएर विगत केही समयदेखि घनिभूत ढङ्गले आम सञ्चार जगतले चासो राखिरहेकोमा मेरो ध्यान गम्भीर रूपमा आकर्षित भएको छ । मुलुकको एक जिम्मेवार नागरिक भएको नाताले मेरा बारेको चासो र सरोकारलाई थप स्पष्ट पार्नु आफ्नो दायित्व ठानेको छु । देशको राष्ट्रपतिको भूमिकालाई सफलतापूर्वक पूरा गरी एक नागरिकको रूपमा रहँदै आएको केही महिनापछिदेखि नै आमसञ्चार माध्यम, पार्टीका नेता तथा कार्यकर्ता र सर्वसाधारणबाट मेरो भावी राजनीतिक यात्राको बारेमा चासो व्यक्त हुँदै आएको थियो । विगत एक वर्षदेखि त व्यापक रूपमै मेरा बारेमा आमसञ्चार माध्यमले सरोकार राखेको पनि सबैलाई अवगतै छ । राष्ट्रपतिको कार्यकाल सकिएपछि आफूले मुलुकको सामाजिक, आर्थिक र राजनीतिक विषयका साथ...
मैले एमालेमा पार्टी सदस्यता नविकरण गरिसकेकि छु , पुर्व राष्टपति भण्डारी

मैले एमालेमा पार्टी सदस्यता नविकरण गरिसकेकि छु , पुर्व राष्टपति भण्डारी

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं: पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)मा आफ्नो पार्टी सदस्यता नवीकरण भइसकेको बताएकी छन्। शुक्रबार (आज) काठमाडौंको बानेश्वरस्थित कार्की बैङ्क्वेटमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएकी हुन्। 'मेरो पार्टी सदस्यता नवीकरण भइसकेकाले यसलाई विवादमा पार्नुपर्न विषय नै होइन,' उनले भनिन्। उनले आफू पार्टी सदस्यता बनेको ४५ वर्ष बितिसकेको बताएकी छन्। 'त्यसैले पार्टीप्रतिको आशा र सिद्धान्त र राष्ट्रप्रति कटिबद्ध हुँदाहुँदै मलाई पार्टी सदस्यताबाट बञ्चित गर्न कदापि पनि मिल्दैन,' उनले भनिन्।...
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियाेजना अब “राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम”बाट सेवा प्रवाह हुने

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियाेजना अब “राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम”बाट सेवा प्रवाह हुने

Breaking News, कृषि, राष्ट्रिय, समाचार
काठमाडौं :प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालयको नाम परिर्वतन भयकाे छ ।सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालयको नाम परिर्वतन गरेको छ । अव कार्यालयको नाम "राष्टिय कृषि आधुनिकीकरण कार्यक्रम" कार्यक्रम कार्यान्वयण एकाईको नामाकरण गरेको हो ।अव सुन्ताल मौरी ओखर दलहन बाली जोनका रुपमा भएको कार्यलयको नाम परिर्वतन भएको हो ।कार्यालयको नाम परिर्वतन भएको जाजरकोट कार्यालयले सवै जिल्लाका सरकारी कार्यालयहरुलाई जानकारी समेत गराएको छ ।सरकारले कार्यालयको नाम चालु आर्थिक वर्षमा परिर्वतन गरेको हो । अन्य सरकारी कार्यालयहरुको पनि नाम परिर्वतनको चर्चा चलेको छ । ...