४ मंसिर २०८२, बिहीबार

राकेश यादवले लगाए बर्दियाको गुलरिया नगरपालिकाले आफैले निर्माण गरेको कार्यबिधिको बलात्कार गरेको आरोप

काठमाडौं । लामो समय शिक्षण पेसामा आबद्ध भएका गुलरिया नगरपालिकाका स्थानीय समाजसेवी तथा युवा राकेश यादवले आफ्नो आधिकारीक फेसबुक पोष्ट मार्फत गुलरिया नगरपालिकाले आफैले बनाएको कार्यबिधिलाई बलात्कार गरेको आरोप लगाएका हुन् ।
गुलरिया नगरपालिका भित्र रहेका बिभिन्न विद्यालयमा भएको शिक्षक दरवन्दिमिलान र सरुवा,बढुवाको बिषयलाई लिएर युवा समाजसेवी तथा लामोसमयसम्म प्रधानाध्यापकको भुमिकामा समेत रहेका राकेश यादवले आफ्नो असन्तुष्ठी व्यक्त गरेका हुन् ।
आफ्नो फेसबुक वालमा राकेश लेख्छन्
“ शिक्षा बिकासमा स्थानियतहको मुख्य भुमिका हुन्छ । बर्दिया जिल्लाका सबै स्थानिय तहहरुले स्थानिय कार्यबिधि बनाएर शिक्षक दरबन्दि र प्र.अ.मिलान गरेका छन् । सबै पालिकाहरुले आफुले बनाएको कार्यबिधि र संंिघय शिक्षा ऐन नबाझिने गरि काम गरेका छन् । तर गुलरिया नगरपालिका यस्तो पालिका छ जहाँ आफैले निर्माण गरेको कार्यबिधिको बलात्कार गरिएको छ ।
आफुलाइ चित्त बुझेका ब्यक्ति हरुलाई जिम्मेवारी दिइएको छ । उदाहरणहरु हेर्न सक्नुहुन्छ — शम्भुशरण मा.वि.मा सिनियर शिक्षक हुदाहुदै जुनियर शिक्षक सुनिल यादब लाइ प्र.अ.को जिम्मेवारी दिइएको छ । त्यसै गरि कोटहिलाई उ.मा. वि.बाट झारेर मा.वि. बनाइ, नि.मा.वि.को मदन सिग्देललाइ प्र.अ. राखिएको छ । त्यसै गरि त्रीशक्ति मा.वि.मा राहतको शिक्षक दिपेश गुप्तालाइ प्र.अ.बनाइएको छ ।
त्यस्तै संगम बस्तिमा रहेको आधारभुत विद्यालयमा प्रा.वि.को शिक्षक ओम शर्मा प्र.अ.छन् । त्यसै गरि गणेश आ.वि. मा १ — ८ छ । प्रा.वि.को प्र.अ. छन, त्य्स्तै भैसाहीमा मा.वि. छ , नि.मा.विको प्र.अ.राखिएको छ । जानकी मा.वि.सोरकोहिया मा नि.मा.वि. शिक्षक भुपेन्द्र यादब लाइ प्र.अ. बनाइएको छ ।
नारायणनाथमा बिद्यार्थि छैनन तर शिक्षक छन् । त्यसै गरि जोशिपुरमा आ.वि. १ — ८ छ , तर राहतको प्र.अ. राखिएको छ । अब यो तरिकाले शिक्षा को उन्नति कसरि होला ? कसरि आफै ले बनाएको नियम को धज्जि उडाइदै छ ? यस्को जवाफ छ मेयर र शिक्षा शाखा प्रमुख सङ्ग ??”