४ आश्विन २०८१, शुक्रबार

राष्ट्रिय

ने क पा  एमालेले चुनावी घोषणापत्र आज सार्वजनिक गर्दै:

ने क पा एमालेले चुनावी घोषणापत्र आज सार्वजनिक गर्दै:

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार
१५ कात्तिक, काठमाडौं । नेकपा एमालेले चुनावी घोषणापत्र आज सार्वजनिक गर्दैछ । आज दिउँसो साढे एक बजे होटल याक एण्ड यतीमा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्ने नेकपा एमालेका कार्यालय सचिव भिष्म अधिकारीले जानकारी दिए । उनका अनुसार त्यहीँ लाइभ डिबेटको कार्यक्रम पनि हुनेछ । नेकपा एमालेको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार समृद्धिको मार्गचित्र सहितको घोषणापत्र सार्वजनिक हुनेछ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा लगायतका दलहरुले चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।   ...
माओवादी केन्द्र काे  घोषणापत्र : प्रचण्डको नेतृत्वमा आगामी सरकार

माओवादी केन्द्र काे घोषणापत्र : प्रचण्डको नेतृत्वमा आगामी सरकार

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार
१५ कात्तिक, काठमाडौं । संसदमा तेस्रो शक्ति बन्ने दौडमा रहेको नेकपा माओवादी केन्द्रले आगामी सरकार आफ्नै नेतृत्वमा बनाउने घोषणा गरेको छ । केन्द्रीय कार्यालय पेरिसडाडाँमा सोमबार ८१ पृष्ठको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दै माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नयाँ प्रधानमन्त्रीका रुपमा अगाडि सारेको हो। आगामी सरकार निर्माणमा निर्णायक हुने अनुमान गरिएको माओवादी केन्द्रले राष्ट्रको नेतृत्व, निकास र विकासका लागि प्रचण्ड नै प्रधानमन्त्री बन्नुपर्ने निष्कर्ष प्रस्तुत गरेको छ । नेताहरुको अभिव्यक्ति र चुनावी गीत मार्फत् पनि माओवादी केन्द्रले आगामी सरकारको दावी गर्दै आएको थियो । सोमबार मात्रै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा पुगेर प्रचण्ड प्रधानमन्त्री बन्ने बताएका थिए । घोषणा पत्रमा भने प्रचण्ड प्रधानमन्त्री बन्नुपर्ने कारण र त्यसबाट मुलुकले पाउने लाभबार...
चुनाव पछि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्छ  : प्रकाशमान सिंह

चुनाव पछि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्छ : प्रकाशमान सिंह

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार, सुचना संचार
काठमाडौं  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मंसिर ४ को चुनावपछि कांग्रेसकै नेतृत्वमा गठबन्धन सरकार बन्ने दाबी गरेका छन्। राजधानीको बानेश्वरमा आज चुनावी अभियानका क्रममा मतदाताहरूसँगको  भेटघाटमा नेता सिंहले आम युवा विद्यार्थीले चाहेजस्तो शिक्षा र रोजगारी सुनिश्चित गर्न आफूले काम गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे। सबै नेपालीले चाहेअनुरुपको शासन पद्धतिमा सुधार कांग्रेसले मात्रै गर्ने सक्ने दाबी उनले गरे। । नागरिकले चाहेजस्तो राजनीतिक परिवर्तन भए पनि आम नेपालीको जीवनस्तर बदलिन नसकेको नेता सिंहले बताए।आसन्न निर्वाचनले मुलुकलाई राजनीतिक स्थायित्व प्रदान गर्ने भएकाले यसतर्फ गम्भीरताका साथ सोच्न मतदातालाई उनले आग्रह गरेका छन्। ‘अवसर पाउँदा कसले के गरिरहेकोछ, कुन राजनीतिकले दल के गरिरहेको छ, कुन नेता के गर्दै छन्’, उनले भने, ‘यी सबको लेखाजोखा गर्नुहोला र विवकेपूर्ण निर्णय लिनुहोला...
प्रधानमन्त्री कपः आज दुई खेल हुँदै छन ।

प्रधानमन्त्री कपः आज दुई खेल हुँदै छन ।

Breaking News, खेल, मनाेरन्जन, राष्ट्रिय, समाचार, सुचना संचार
१४ कार्तिक काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा आज दुई खेल हुँदै छन्। खेलहरु कीर्तिपुर र मूलपानी क्रिकेट मैदानमा हुनेछन्। टियु क्रिकेट मैदानमा हुने खेलमा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशबीच प्रतस्पर्धा हुनेछ। खेल बिहान ९ः३० बजे सुरु हुनेछ। त्यस्तै मूलपानी क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र प्रदेश–१ बीच प्रतिस्पर्धा हुनेछ। खेल बिहान ९ः३० बजे नै सुरु हुनेछ। प्रतियोगितामा १० टोलीको सहभागिता छ।...
माओवादी केन्द्रले प्रतिबद्धता पत्र सार्वजनिक गर्दै ::

माओवादी केन्द्रले प्रतिबद्धता पत्र सार्वजनिक गर्दै ::

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार
             १४ कार्तिक, काठमाडौं ।आसन्न मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभा चुनावका लागि   नेकपा (माओवादी केन्द्र) ले आज प्रतिबद्धतापत्र सार्वजनिक गर्ने भएको छ । माओवादीले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको विषयलाई प्रतिबद्धतापत्रमा महत्वका साथ उल्लेख गरेको सो पार्टीले जनाएको छ । माओवादीले सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा एक कार्यक्रमको आयोजना गरी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने जानकारी दिएको छ ।  ...
मुस्ताङवासी चिसाे छल्न  बेँसी झर्दै

मुस्ताङवासी चिसाे छल्न बेँसी झर्दै

Breaking News, कृषि, पर्यटन, पुर्वाधार, माैसम, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार, स्वास्थ
चिसो मौसमको सुरुआतसँगै उपल्लो मुस्ताङका सर्वसाधारण बेँसी झर्न थालेका छन्। यही कात्तिक महिना सुरु भएदेखि नै उनीहरूले गाउँ छाडी विभिन्न जिल्लामा पुगेर घुम्ती व्यापार थालेका छन् । वृद्धवृद्धाबाहेक धेरैजसो सर्वसाधारण कात्तिकदेखि फागुन दोस्रो सातासम्म बेँसी झरेर घुम्ती व्यापारमा संलग्न हुँदै आएको व्यापारका लागि पर्वतको कुश्मा आइपुगेकी छोसेरकी ल्यामु छिरिङले बताए । यसरी व्यापारमा निस्किएका मुस्ताङीले आफ्नै लगानीमा लत्ताकपडाका साथमा सियो, धागो, जिम्बु, सिद्रा, हिंग, माला, शिलाजितलगायतका सामग्रीको व्यापार गर्दै आएका छन् । चार महिना हिमाली जिल्लामा अत्यधिक चिसो हुने भएकाले गत असोज अन्तिम हप्ताभित्र अन्नबाली थन्काएर सर्वसाधारण बेँसी झरेपछि गाउँ नै सुनसान बन्न थालेको छ । मुस्ताङको लोमान्थाङ, घमी, छोसेर, सुर्खाङ र छोन्हुपलगायतका गाउँबाट सर्वसाधारण जाडो छल्न तल बेँसी झर्ने गरेका हुन् । चिस...
घरको पाँचौं तलाबाट खसेर २ वर्षीया बालिकाको मृत्यु

घरको पाँचौं तलाबाट खसेर २ वर्षीया बालिकाको मृत्यु

Breaking News, राष्ट्रिय, समाचार, सुचना संचार
काठमाडौंको बागबजारमा घरको पाँचौं तलाबाट खसेर बालिकाको मृत्यु भएको छ। महानगरीय प्रहरी वृत्त (कमलपोखरी) का अनुसार आइतबार राति ९:२० बजे बागबजारस्थित नानीदेवी महर्जनको घरको पाचौँ तलाको झ्यालबाट खस्दा २ वर्षीया रियासा महर्जनको मृत्यु भएको हो। गम्भीर घाइते अवस्थामा ट्रमा सेन्टर पुर्याइएकी उनको उपचारका क्रममा राति १२:४० बजे मृत्यु भएको हो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
नेकपा बाँके  संगठन बिस्तार र भित्तेलेखन कार्यमा   तिब्रता  दिदै :

नेकपा बाँके संगठन बिस्तार र भित्तेलेखन कार्यमा तिब्रता दिदै :

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, शिक्षा, समाचार, सुचना संचार
            १४ कार्तिक  वाँके नेपालगञ्ज । नेपाल कम्युनिस्ट पार्टीको नवौ महाधिवेशन सम्पन्न पश्चात संगठन सकृय, संगठन सुदृढीकरण र संगठन विस्तार अभियान व्यापक रूपले अगाडि वधाईरहेको छ । नेपाल कम्युनिस्ट पार्टी वाँकेले दिपावलीलाई पार्टी निर्माण तथा प्रचार प्रसार कार्यलाई अगाडि वधाउने पर्वको रूपमा लागिरहेको छ । भित्तेलेखन तथा पोष्टर पम्पलेट वितरण समाजिक अगुवा तथा जनभेटघाटलाई पनि तिव्रता दिईरहेको छ । प्रचार प्रसारकै क्रममा अखिल क्रान्तिकारी वाँकेका अध्यक्ष डिल्ली सी र पार्टी जिल्ला कमिति सदस्य धर्मराज सीलाई प्रहरीले गिरफ्टार गरि झण्दै ८घण्टा पछी मात्र रिहाई गरेको थियो । नेपाल कम्युनिस्ट पार्टीको वाँके जिल्ला कमितिको वैठक जिल्ला सेक्रेटरी कल्पना सीको अध्यक्षता र पुलितव्यूरो सदस्य आदर्श सीको प्रमुख आथित्यतामा वस्यो । वैठकले नेकपाको केन्द्रीय कमितिद्वारा पारित गरेको १० बुँदे समसामयिक प्रस्तावहरु : ...
निर्वाचन आयाेगले१८ कात्तिकदेखि मतदाता शिक्षा कार्यक्रम संचालन गर्ने :

निर्वाचन आयाेगले१८ कात्तिकदेखि मतदाता शिक्षा कार्यक्रम संचालन गर्ने :

Breaking News, चुनाव, निर्वाचन, राष्ट्रिय, विगन्यूज, शिक्षा, समाचार, सुचना संचार, स्वास्थ
  १४ कार्तिक काठमाडौं ।  निर्वाचन आयोगले १८ कात्तिकदेखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ । निर्वाचनमा मतदातालाई सक्रिय सहभागिता गराउन र मत बदर हुन नदिन आयोगले एक सातापछि मतदाता शिक्षा कार्यक्रम सुरु गर्न लागेको हो । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले १८ कात्तिकबाट देशव्यापी रूपमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने बताए । ‘मतदाता शिक्षाका लागि सामग्री जिल्ला–जिल्लामा पुगिसकेका छन् । १८ कात्तिकबाट प्रारम्भ हुन्छ,’ उनले भने । उनका अनुसार आयोगले मतदाता शिक्षा कार्यक्रमलाई एक करोड ८० लाख मतदातासमक्ष पु¥याउन प्रत्येक वडामा एउटा स्वयंसेवक परिचालन गर्नेछ । एउटा स्वयंसेवकले १५ जनाको समूहमा दुईटा ब्रोसरबाट मतदान गर्ने, मतपत्र मतपेटिकामा खसाल्ने, मतदान केन्द्रसम्म पुग्ने लगायत विषयमा जानकारी दिनेछ । ‘दुई प्रकारको ब्रोसरबाट मतदातालाई मतदान प्रक्रिया, प्रलोभनमा नपर्ने कुराह...
कुन प्रदेशमा कतिवटा निर्वाचन चिह्न भएको मतपत्र प्रयोग हुँदैछ?

कुन प्रदेशमा कतिवटा निर्वाचन चिह्न भएको मतपत्र प्रयोग हुँदैछ?

Breaking News, निर्वाचन, राष्ट्रिय, समाचार, सुचना संचार
१३ कार्तिक    काठमाडौं : आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा प्रत्येक निर्वाचन क्षेत्रमा कायम रहेका उम्मेदवार वा दलको निर्वाचन चिह्न मात्र रहेको मतपत्र हुनेछ। पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा हुने यस प्रकारको मतपत्र रहन्छ। समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधि सभाका लागि जम्मा ४७ वटा निर्वाचन चिह्न भएको मतपत्र प्रयोग हुने छ। निर्वाचन आयोगमा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधि सभामा सहभागी हुन निवेदन दिएका ६८ वटा दलमध्ये सबै प्रक्रिया पूरा गर्दा ४७ वटा मात्र कायम भएपछि निर्वाचन चिह्न त्यसै अनुसार तय भएको हो। समानुपातिक निर्वाचन प्रणालीमा सहभागी हुनका लागि निवेदन दिएका मध्ये नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीले एउटै चुनाव चिह्न लिएका छन्। त्यस्तै नेपाल आमा पार्टी,...