२३ भाद्र २०८१, आईतवार

रवि लामिछानेका चालक शम्भु थापाकाे निधन

ललितपुर ।तीन तलाको छतबाट खसेर गम्भीर घाइते भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक दिल बहादुर थापा शम्भुकाे  निधन भएको छ ।   सिन्धुपाल्चोक बाह्रबिसे घर भयका ३९ बर्षिय थापा ग्यालेक्सी टेलिभिजनका पुर्व सहकर्मी पनि थिय ।

उपनिर्वाचनको संघारमा गत बैशाख ४ गते चितवन भरतपुरस्थित सभापति लामिछानेको घरको छतबाट घसेर थापा गम्भीर घाइते भएका थिए । उनलाई कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा उपचार गराइए पनि थप उपचारका लागि बैशाख ५ गते सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो ।ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत उनको मंगलबार दिउसो  निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।