९ आश्विन २०८१, बुधबार

राष्ट्रिय

“हेपाइको सिमा नाघे” शिक्षक आन्दोलनले देशमा आधी बेहरी सिर्जना हुन्छ:रुद्र राज वली

“हेपाइको सिमा नाघे” शिक्षक आन्दोलनले देशमा आधी बेहरी सिर्जना हुन्छ:रुद्र राज वली

Breaking News, राष्ट्रिय, विचार, शिक्षा, समाचार
पृष्ठभूमि : शिक्षा देश विकासको लागि मेरुदण्ड अर्थात सक्षम जनशक्ति तयार पार्ने मुख्य विकासको पुर्वाधार मानिन्छ । विकसित मुलुकमा शिक्षालाइ प्रमुख प्राथमिकता दिइएको पाइन्छ । विद्यालय शिक्षाको केन्द्रविन्दु विद्यार्थी हो भने शैक्षिक नीति , ऐन र नियमावली कार्यान्वयन गर्ने मुख्य जिम्मेवारी शिक्षकको हो । तसर्थ शिक्षक संग व्यापक छलफल तथा सहभागी विनाको कुनै पनि शैक्षिक नीति कार्यान्वयन गर्न कठिन भएकाले त्यो नीति अपुरो र अधुरो हुन्छ । विषय प्रवेश :-नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपनि विभिन्न ऐन कानुन बन्न सकेको छैन । लामो समय अर्थात ५२ वर्ष पछी मन्त्रीपरिषदले पास गरि संसदमा प्रवेश गर्ने तयारिमा रहेको ’विद्यालय शिक्षा ऐन २०८०’ को मस्यौदामा उल्लेख भएका केही दफाहरु संविधान प्रदत्त ट्रेड युनियन अधिकार शिक्षक–कर्मचारीको पेसागत सुरक्षा र स्वाभिमानको खिलापमा रहेका छन । यसको एउटा उदाहरण ...
गाैरा पर्वमा खेलिने देउडा लगायतका नाँच हाम्रा अमुल्य साँस्कृतिक सम्पदा हुन : प्रधानमन्त्री दाहाल

गाैरा पर्वमा खेलिने देउडा लगायतका नाँच हाम्रा अमुल्य साँस्कृतिक सम्पदा हुन : प्रधानमन्त्री दाहाल

Breaking News, खेल, पर्यटन, राष्ट्रिय, संस्कृति, समाचार
‘यस पर्वमा समाजका सम्पूर्ण सदस्य घरपरिवारमा एकत्रित हुने र सामूहिकरूपमा समुदायपिच्छे मुख्य चाडका रूपमा मनाउने परिपाटीले सामाजिक सद्भाव, समुदायको एकता तथा आपसी सहकार्यसहित सामाजिक सम्बन्धलाई जीवन्त बनाउन विशेष भूमिका खेलेको छ’, शुभकामना सन्देशमा उल्लेख छ । प्रधानमन्त्री दाहालले बहुजातीय, बहुभाषिक एवं बहुसांस्कृतिक विशेषतायुक्त नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको वास्तविक अनुभूति सबै तहमा गराउन यस्ता पर्वले महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरेका छन्। नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेश तथा भारतको कुमाउँ, गढवाल क्षेत्रमा मुख्य सांस्कृतिक चाडको रुपमा गौरा पर्व मनाउने गरिन्छ ।...
गाैरा पर्वकाे अवसरमा राष्ट्रपति पाैडेलद्वारा शुभकामना ब्यक्त

गाैरा पर्वकाे अवसरमा राष्ट्रपति पाैडेलद्वारा शुभकामना ब्यक्त

Breaking News, पर्यटन, राष्ट्रिय, संस्कृति, समाचार
गौरा पर्वका अवसरमा आज शुभकामना दिँदै उनले हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीका दिनसम्म सुदूरपश्चिम क्षेत्रमा विशेष रुपमा मनाइने यस पर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक आस्था र आपसी सद्भावलाई प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताए । शक्ति र प्रकृतिका रुपमा शिव र पार्वतीको पूजा गरी पाँच प्रकारका अन्नबाट बनेको ‘बिरुँडा’ लाई अर्पण गरेपछि प्रसादका रुपमा ग्रहण गरेर यो पर्व मनाउने प्रचलन रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यस पर्वमा शिव र पार्वतीको आराधनासहित व्रत बस्ने तथा यसको फलस्वरूप शिव र पार्वती तथा इष्ट र कुल देवता प्रशन्न भई सुख शान्ति प्राप्त हुने जनविश्वास रहेको बताएका छन् । राष्ट्रपति पौडेलले गौरा पर्वले नेपाली मौलिक संस्कृतिको संरक्षणमा थप योगदान गर्दै सम्पूर्ण नेपालीमा आपसी समझदारी, दिगो शान्ति एवं भाइचाराको भावनाका साथै बृहत राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न प्...
कर्णाली प्रदेश सरकारले खस आर्य , सहिद बेपत्ता परिवारलाई आरक्षण

कर्णाली प्रदेश सरकारले खस आर्य , सहिद बेपत्ता परिवारलाई आरक्षण

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, विचार, शिक्षा, संस्कृति, समाचार
सुर्खेत ।कर्णाली प्रदेशको निजामती सेवामा खस आर्य र सहिद तथा बेपत्ताका परिवारलाई क्लस्टर छुट्याएर आरक्षण दिने गरी विधेयकमा व्यवस्था गरिएको छ। कर्णाली सरकारले ‘कर्णाली प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ साउन ३२ गतेको प्रदेश सभा बैठकमा प्रस्तुत गरेको छ। बैठकमा सामान्य छलफल भई शुक्रबारदेखि संशोधन प्रस्तावका लागि समय निर्धारण गरिएको छ। उक्त विधेयकमा पदपूर्तिसम्बन्धी विशेष व्यवस्था रहेको छ। खुला प्रतियोगितात्मक परीक्षाद्वारा हुने पदमध्ये ४५ प्रतिशत क्लस्टर छुट्याइएको छ। त्यसमध्ये ३३ प्रतिशत महिला र अन्य विभिन्न आठ वटा क्लस्टरका लागि व्यवस्था छ। सङ्घीय निजामती ऐनमा नभएको खस आर्य र सहिद परिवार तथा बेपत्ता पारिएका व्यक्तिका परिवारका लागि समेत आरक्षण व्यवस्था छ। खस आर्यका लागि ४५ प्रतिशत र सहिद परिवार तथा बेपत्ता पारिएका व्यक्तिका परिवारलाई दुई ...
राष्ट्रघाति एमसिसि कुनै हालतमा लागू हुन दिदैनाै : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल (फाेटाे फिचर)

राष्ट्रघाति एमसिसि कुनै हालतमा लागू हुन दिदैनाै : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल (फाेटाे फिचर)

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले अमेरिका द्वारा लागू गर्न खाेजियकाे एमसिसि परियाेजनालाई कुनै हालतमा लागू हुन नदिने उद्धघाेष गरेकाे । बुधबार पार्टी केन्द्रीय कार्यालयद्वारा काठमाडौँकाे शान्तिवाटिकामा आयोजित एमसीसीविरोधी सभामा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै पार्टी केन्द्रीय कार्यालय सदस्य सीपी गजुरेल ‘गौरव’ ले भने, ‘नेपालमा कुनै पनि हालतमा एमसीसी परियोजना लागू हुन दिनु हुँदैन । भदौ १४ गतेबाट लागू गर्ने भनिएको एमसीसी परियोजना जहाँजहाँ कार्यान्वयन गर्न खोजिन्छ, त्यहीँ प्रतिरोध गर्नेछौँ ।’ पार्टी नेता गौरवले श्रीलङ्कालगायत मुलुकले एमसीसी फिर्ता गरिदिएको उदाहरण प्रस्तुत गर्दै नेपाली जनताले पनि सरकारलाई एमसीसी लागू हुन नदिन निरन्तर सङ्घर्ष जारी राख्नुपर्ने धारणा राखे । ‘एमसीसी गो ब्याक, याङ्की इम्पेरियालिज्म गो ब्याक’, नेता गौरवले भने, ‘नेपाली जनताले एमसीसी लागू गर्न दिँदैन...
धादिङमा बस दुर्घटना आठ जनाकाे मृत्यु बीस जना घाईते , हाल सम्मा ५ जनाकाे  सनाखत

धादिङमा बस दुर्घटना आठ जनाकाे मृत्यु बीस जना घाईते , हाल सम्मा ५ जनाकाे सनाखत

Breaking News, पर्यटन, यातायात, राष्ट्रिय, समाचार
काठमाडौं ।धादिङको गजुरी गाउँपालिका,२ चालिसेस्थित बस दुर्घटना हुँदा मृत्यु भएका आठ जनामध्ये पाँच जनाको सनाखत भएको छ। काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान पृथ्वी राजमार्गको गजुरी नजिकै त्रिशूली नदीमा खसेको हो। जसमा मृत्यु हुनेमध्ये पाँच जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख डीएसपी गौतम मिश्रले जानकारी दिए। दुर्घटनामा मृत्यु भएकामध्ये म्याग्दी रघुगङ्गा–३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वत मोदी–१ की १५ वर्षीया कृतिका शर्मा पौडेल, धादिङ गजुरी–८ का अन्दाजी २० वर्षीय सुशील रम्तेल, कास्की फूलबारी–११ का अन्दाजी २४ वर्षीय सुमन थापा र पर्वत जलजला गाउँपालिका ६ बस्ने ४२ बर्षीया राधिका सापकोटाको सनाखत भएको डीएसपी मिश्रले नेपालखबरलाई जानकारी दिए। ‘दुई महिला छ जना पुरुषको दुर्घटनास्थलमै मृत्यु भएको थियो,’ उनले भने, ‘मृतक तीन जना प...
अखिल क्रान्तिकारी दाङले प्रजिअ समक्ष ज्ञापनपत्र पेस गरेकाे छ

अखिल क्रान्तिकारी दाङले प्रजिअ समक्ष ज्ञापनपत्र पेस गरेकाे छ

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
दाङ। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट  बिद्यार्थी संगठन अखिल क्रान्तिकारीले दाङले  प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझायकाे छ । बुधबार संगठन कि केन्द्रीय सदस्य तथा जिल्ला संयोजक ईन्दु वलिद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा भनियकाे छ :"नेपाली क्रान्तिकारी विद्यार्थी आन्दोलनको मुल प्रवाह हाम्रो गौरवशाली संगठन अनेरास्ववियू (क्रान्तिकारी) नेपालको दलाल संसदीय व्यवस्थाद्वारा निर्देशित वर्तमान शिक्षा प्रणालीमा आमुल परिवर्तन गरी आम नेपाली विद्यार्थीहरूको हकहित र अधिकार को पक्षमा निरन्तर त्याग, समर्पण र बलिदानीपूर्ण इतिहास निर्माण गर्दै सडकबाघको रूपमा स्थापित संगठन भएको कुरा सर्वविदितै छ । हामी संघर्ष, एकता र रूपान्तरण हुँदै एउटा महान् अभियानमा लामबद्ध छौं । पछिल्ला दिनहरुमा हाम्रो संगठन शिक्षा क्षेत्रका विकसित विकृतिका श्रृंखलाहरु निजीकरण, व्यापारिकरण, भ्रष्टिकरण, माफियाकरण, अनियमित...
राष्ट्रघाती एमसीसी परियोजनालाई कार्यान्वयन हुन दिदैनौँ : गौरव

राष्ट्रघाती एमसीसी परियोजनालाई कार्यान्वयन हुन दिदैनौँ : गौरव

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, विचार, समाचार
काठमाडौं ।क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले एमसीसी विरुद्धको आन्दोलन जनतन्त्र र जनजीविका लगायत समसामयिक राजनीतिक विषयमा पत्रकारहरूसँग विशेष अन्तरक्रिया गरेको छ । क्रान्तिकारी पत्रकार महासंघ र क्रान्तिकारी पत्रकार सङ्गठनको संयुक्त आयोजनामा सम्पन्न अन्तरक्रिया कार्यक्रमलाई पार्टीका वरिष्ठ कार्यालय सदस्य सिपी गजुरेल ‘गौरव’ र पार्टीका प्रवत्ता धर्मेन्द्र वास्तोला ‘कञ्चन’ ले एमसीसीलगायत समसामयिक राजनीतिक विषयमा पार्टीको धारणा प्रस्तुत गरेका थिए । पार्टीका वरिष्ठ नेता सिपी गजुरेल ‘गौरव’ ले एमसीसी सम्झौता राष्ट्रघाती रहेको र यसको कार्यान्वयन गर्ने प्रक्रिया अगाडि बढाउन खोजिएको पाइएकोले त्यसका विरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले सङ्घर्षको कार्यक्रम घोषणा गरेको जानकारी दिए । उनले भने, “एमसीसीका विरुद्ध हामीले सडक सङ्घर्ष गर्दै आएको कुरा सर्वविदितै छ । हाम्रो पार्टीलगायत देशभक्त...
समाजवादी माेर्चाकाे बैंठक बस्दै

समाजवादी माेर्चाकाे बैंठक बस्दै

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं ।चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक सोमबार (आज) बिहान बस्दै छ ।बैठक नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । खतिवडाका अनुसार बैठकले मोर्चाका उद्देश्य जनतामाझ लैजान सातै प्रदेशमा गरिने सभाको मिति तोक्ने सम्भावना छ । साथै सरकारका गतिविधि, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुनेछ । मोर्चा गठन भएको करिब तीन महिनापछि बस्न लागेको यो दोस्रो बैठक हो । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएपछि मोर्चाको बैठक सरेको थियो । बैठक आइतबार (हिजो) बस्ने भनिए पनि तयारी नपुगेपछि सोमबार बिहानका लागि सारिएको नेताहरुले बताएका छन् ।...
अखिल नेपाल जनस्वास्थ्यकर्मि संगठन काे भेला सम्पन्न

अखिल नेपाल जनस्वास्थ्यकर्मि संगठन काे भेला सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार, स्वास्थ
काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल नेपाल जनस्वास्थ्य कर्मि संगठनकाे एकताकाे भेला सम्पन्न भयकाे छ । शनिबार ललितपुरकाे कुपोन्डोल स्थित पुर्व नेकपा (क्रान्तिकारी माओवादी ) र नेकपा बहुमत सम्बद्ध स्वास्थ्य कर्मि संगठनकाे एकताको भेला कार्यक्रमा पार्टी केन्द्रीय कार्यलय सदस्य , सिपि गजुरेल ( गाैरव) , पार्टी प्रवक्ता धर्मेन्द्र बास्ताेला (कन्चन), कार्यलय सदस्य तथा संगठनका फ्रयाक्सन इन्चार्ज गम्भीर , कार्यलय सदस्य तथा न्याय बिभाग प्रमुख मंगल , केन्द्रीय सचिवालय सदस्य पुर्ण बहादुर सिंह "समरजंग" लगायतका नेताहरुकाे बिशेष उपस्थितिमा एकताको भेला सम्पन्न भयकाे हाे । भेलाले जनस्वास्थ्य कर्मिहरुकाे राेजगारि, पेशागत र राजनैतिक अधिकारका सुनिश्चितताका लागि संघर्ष गर्ने, स्वास्थ्य क्षेत्रमा देखियका निजिकरण र जनस्वास्थ्य कर्मि बिराेधि सम्पूर्ण ऐन , कानुनकाे खारेजी र नयाँ कानुन निर्म...