२३ भाद्र २०८१, आईतवार

मार्क्सको सम्झनामा अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले निकाल्यो विज्ञप्ति

काठमाडौं : चैत्र १ गते अर्थात् मार्च १४ तारिक मार्क्सवादी दर्शनका आविष्कारक कार्ल मार्क्सको निधन भएको दिन हो । त्यसैले आजको दिनलाई संसारका किसान र मजदूरहरुले स्मरण गर्दै आएका छन् ।

यसै अवसरमा अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले कार्ल माक्र्सलाई स्मरण गरेको छ । सो संगठनका तर्फबाट अध्यक्ष हस्तबहादुर केसीले एक विज्ञप्ति जारी गर्दै कार्ल मार्क्सको निधन भएको १४१औं जन्मदिनको अवसरमा स्मरण गर्दै मार्क्सको योगदानलाई स्मरण गरेका छन् ।

यस्तो अध्यक्ष केसीद्धारा जारी गरिएको विज्ञप्ति :
१४ मार्च १८८३ । आज मार्च १४ हो । आजकै दिन अर्थात् सन १८८३ मार्च १४ दिन वैज्ञानिक साम्यवादका सिद्धान्तकार, सर्वहारा वर्गको मुक्तिको सिद्धान्त  मार्क्सवादका प्रतिपादक, द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शनका अन्वेषक कार्ल  मार्क्सको देहावसान भएको थियो । आज  मार्क्सको देहावसान भएको १४१ वर्ष पुरा भएको छ । उहाँको देहावसानले विश्व सर्वहारा वर्गलाई अपुरणीय क्षति पुर्यायो । विश्व सर्वहारा वर्ग एवम् श्रमजीवी वर्गले  मार्क्सको १४१औं स्मृति दिवस भव्यताका साथ मनाउन गइरहेका छन् । विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले पनि महान दार्शनिक कार्ल  मार्क्सप्रति उच्च सम्मानका साथ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । बाह्य रुपमा विभिन्न प्रतिक्रियावादी, पुँजीवादी र साम्राज्यवादीहरुले मार्क्सवादमाथि भीषण हमला गर्दै आएका छन् । दुश्मनहरुले आन्तरिक रुपमा पनि  मार्क्सवादमाथि हमला बोले र त्यसैक्रममा मार्क्सवादको आन्तरिक दुश्मनका रुपमा संशोधनवाद जन्मियो । मार्क्सवाद बाह्य र आन्तरिक दुबै प्रकारका दुश्मनका विरुद्ध संघर्ष गर्दै अगाडि बढ्यो र त्यो माक्र्सवाद–लेनिनवाद–माओवादका रुपमा विकसित हुन पुगेको छ । मार्क्सवाद मानवीय श्रमशक्ति, प्रकृति विज्ञान र वर्गसंघर्षको धर्तीमा खडा थियो र त्यसलाई हल्लाउने तागत कसैमा थिएन । त्यसैले त्यो विश्व सर्वहारा वर्ग र उत्पीडित मानवजातिको मुक्तिको अपराजय हतियार बन्न पुग्यो । आजको साम्राज्यवाद र सर्वहारा वर्ग बीचको भीषण वर्गसंघर्षको युगमा माक्र्सवादको आौचित्य र सान्दर्भिकता अरु बढेर गएको हाम्रो संगठन अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रको ठहर छ । र  मार्क्सवाद–लेनिनवाद–माओवाद आज विश्व सर्वहारा क्रान्तिको पथप्रदर्शक सिद्धान्त बन्न पुगेको छ । क्रान्तिकारी अभिवादन सहित ।
मिति १४ मार्च २०२४
१ चैत २०८०
हस्तबहादुर केसी
अध्यक्ष
अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्र

प्रेस वक्तव्य :-