२ कार्तिक २०८१, शुक्रबार

ग्रील तथा स्टील ब्यवसायी महिला राष्ट्रिय भेला सम्पन्न बिष्णुमाया उचहीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौं : ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपाल अन्तर्गत रहेको महिला उपसमितिको आयोजनामा भएको ग्रील तथा स्टील ब्यवसायी महिला राष्ट्रिय भेला भब्यताको साथ सम्पन्न भएको छ ।भेलाले देशैभर बाट प्रतिनिधित्व हुने एक कार्यसमिति समेत चयन गरेको छ ।

भेलाले ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालकी महिला उपाध्यक्ष बिष्णुमाया उचहीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिको अध्यक्षमा बिष्णुमाया उचही (काठमाडौं),उपाध्यक्षमा देवी कार्की (रुपन्देही),सचिवमा सर्मिला कार्की(रिमाल) काठमाडौं,कोषध्यक्षमा सरिता प्रधान(मकवानपुर) तथा सदस्य हरुमा सम्झना सिलवाल (चितवन),सृजना भट्टराई(सुनसरी),प्रभा घिमिरे (पश्चिम नवलपरासी),तारा बुढाथोकी (पोखरा),गिता खम्चा (नवलपुर) सर्व सहमत निर्वाचित भयका छन्।
प्रतिनिधिसभा नेपालकी उपसभामुख ईन्दिरा रानामगरको प्रमुख आतिथ्यतामा भएको उद्घाटन समारोहमा विशिष्ट अतिथिको रुपमा नेपाल घरेलु तथ साना उद्योग महासंघका अध्यक्ष एवं राष्ट्रिय बिकास परिषदका सदस्य उमेश प्रसाद सिंह ,ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका अध्यक्ष ठुलोबाबु श्रेष्ठ , ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका संस्थापक एवं निवर्तमान अध्यक्ष, नेपाल घरेलु तथ साना उद्योग महासंघका बस्तुगत उपाध्यक्ष मोहन कटुवाल , नेपाल घरेलु तथ साना उद्योग महासंघकी उपाध्यक्ष एवं महिला सभापति रोसनी उपाध्याय, ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका बरिष्ठ उपाध्यक्ष अमृत बहादुर श्रेष्ठ, ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका प्रथम उपाध्यक्ष केदार अधिकारी, ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका सल्लाहाकार तथा निवर्तमान बरिष्ठ उपाध्यक्ष निरन्जन कुमार श्रेष्ठ,नेपाल ग्रील ब्यवसायी संस्था २०५० का संस्थापक अध्यक्ष मधु बहादुर कार्की, कादम्बरी मेमोरीयल कलेजको संस्थापक प्रिन्सिपल तथा महिला शसक्तिकरण अभियानकी अभियन्ता प्रदिप्ता कादम्बरी लगायतको उपस्थिति रहेकाे थियाे ।
ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपाल अन्तर्गत रहेको महिला उपसमिति सभापति बिष्णुमाया उचही को सभापतित्वमा भएको उद्घाटन कार्यक्रम ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका महासचिव बिवेकदास श्रेष्ठले सन्चालन गरेका थिए।
कार्यक्रममा ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका पदाधिकारी तथा सदस्यहरु, बिभिन्न जिल्लाबाट प्रतिनिधित्व गरेर आउनु भएका प्रतिनिधिहरु, क्षेत्र तथा इकाईका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सफल बनाउन महत्वपुर्ण योगदान दिनुहुने बिभिन्न ब्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा स्वागत मनतब्य राख्दै महिला समितिकी सभापति बिष्णुमाया उचहीले महिला भेलाबारे प्रष्ट पारेकि थिइन ।
कार्यक्रममा बोल्दै नेपाल घरेलु तथ साना उद्योग महासंघका अध्यक्ष एवं राष्ट्रिय बिकास परिषदका सदस्य उमेश प्रसाद सिंहले ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालको पनि आफु छाता संगठन भएकोले यो संघलाई राज्यको मुल धारमा जोडेर यसमा आवद्ध व्यवसायीहरुको हक हित र उत्थानकोलागि नीतिगत तथा ब्यवहारीक रुपमा सदैव आफु सघाउन तयार रहेको बताय ।
संस्था संस्था बिचमा भाईचाराको सम्बन्ध बिकास गर्नसके मात्र ब्यवसायीहरु र राज्यलाई ब्यालेन्स गर्न सकिने सिंहकाे भनाई रहेको थियो । अध्यक्ष सिंहले अघिल्लो बजेट बनाउँदा महासंघले प्रस्ताव गरेको बिना धितो महिला उद्यमी कर्जालाई समावेश नगरेकोमा आक्रोशित हुँदै प्रमुख अतिथि प्रतिनिधिसभा नेपालकी उपसभामुख ईन्दिरा रानामगर तिर इंगित गर्दै यसपालि भने त्यसलाई समावेश गराउन पहल गरिदिनुहुन आग्रह समेत गरेका थिए।
कार्यक्रममा मनतव्य राख्दै ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालको अध्यक्ष ठुलोबाबु श्रेष्ठले महिला अधिकारको अन्तराष्ट्रिय देखि राष्ट्रिय स्तरसम्ममा भएका प्रगतिहरुको बारेमा चर्चा गर्दै ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपाल मातहतमा रहेका र कानुनी मर्यादा तथा ब्यवसायीक स्वास्थ्य र सुरक्षा अपनाएर कार्य गर्ने ब्यवसायीहरुलाई कुनै पि किसिमको दुख र असुबिधा आइपरे जस्तो अवस्थामा पनि आफु सहयोग गर्न तयार रहेको बताए।
कार्यक्रममा बोल्ने महिला प्रतिनिधिहरुले यस्तो जोखिम युक्त काममा महिलाको सहभागिता निकै कष्टपुर्ण भएको अनुभवहरु सुनायका थिय।
कार्यक्रमको प्रमुख अतिथि उपसभामुख ईन्दिरा रानामगरले जो ब्यक्ति संघर्ष संग डराउँदैन उसैले संसार जित्न सक्छ भन्दै,संघर्षबाट नआत्तिन अगाडी बढेर यस्तो जोखिमपुर्ण काममा लाग्ने महिला दिदीबहिनीहरुलाई निर्धक्क भएर अगाडी बढ्न हौसला समेत दिएकि थिइन् ।
यतिबेला देश गम्भिर अवस्थामा रहेको भन्दै उहाँले राज्यले के दिन्छ भन्नु भन्दापनि राज्यलाई के दिन सकिन्छ भनेर लाग्ने बेला भएको बताइन।
आम महिलाको बारेमा नीतिगत रुपमा राज्यले र ब्यवहारीक रुपमा समाजले समान धारण बनाउने हो भने अहिलेको अवस्था अन्त्यहुने समेत कुरा ब्यक्त गरेकि थिइन ।
राज्यको नीतिगत तहबाट हुनसक्ने सबै किसिमको सहयोग गर्न आफु तयार रहेको बताउँदै रानामगरले आफुलाई लिखितरुपमा जानकारी गराउन आग्रह समेत गरेकि थिइन ।