११ श्रावण २०८१, शनिबार

अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले गर्याे अन्तर्राष्ट्रिय नारी दिवसका दिन ऐक्यबद्धता

काठमाडौं : अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले अन्तर्राष्ट्रिय नारी दिवसका दिन ऐक्यबद्धता ब्यक्त गरेकाे छ ।

केन्द्र का अध्यक्ष हस्तबहादुर केसिद्वारा हस्ताक्षरित एक विज्ञप्ति जारी गर्दै ११४ ओैं अन्तर्राष्ट्रिय महिला दिवसप्रति ऐक्यबद्धता जाहेर गरेकाे हाे । विज्ञप्तिमा भनियकाे छ ,
“आज ८ मार्च । अन्तर्राष्ट्रिय श्रमिक महिलाहरुको मुक्ति आन्दोलनमा एक ऐतिहासिक दिन । आज संसारभरका श्रमजीवी तथा मुक्तिकामी महिलाहरुले ११४ आौं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्यताका साथ मनाउन गइरहेका छन् । यस  अन्तर्राष्ट्रिय श्रमिक महिलाहरुको ११४ ओैं अन्तर्राष्ट्रिय महिला दिवसप्रति विश्वभर क्रियाशील हाम्रो अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले ऐक्यबद्धता जाहेर गर्दछ ।”

आजसम्म पनि विश्वभरका श्रमजीवी तथा मुक्तिकामी महिलाहरु एकातिर वर्गीय रुपले र अर्कोतिर जातीय , क्षेत्रीय  लिंगीय , धार्मिक तथा पृतिसतात्मक रुपले शोषण ,दमन र उत्पीले थिचिदै आएका छन् । अत: आजसम्म पनि  महिलहरु वर्गीय र लिंगीय यी दुईवटा पहाडले थिचिदै आएका छन् । यी दुईवटा पहाडलाई नभत्काई महिला मुक्ति सम्भव छैन । त्यसैले अन्तर्राष्ट्रिय महिला आन्दोलन वर्गीय मुक्ति आन्दोलनको एक अंग हो भन्ने  बुझाई हाम्रो संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रको  रहेको छ । महिला  र पुरुष विश्व सर्वहारा क्रान्तिका एक गाडीका दुई पांग्रा हुन् भन्ने हाम्रो संगठनको ठहर छ । त्यसैले हामीले संसारभरका श्रमजीवी तथा उत्पीडित महिलाहरुलाई  पुरुषहरुसित काँधमा काँध मिलाएर  सामन्तवाद तथा साम्राज्यवाद विरोधी आन्दोलन अर्थात् अन्तर्राष्ट्रिय सर्वहारा क्रान्तिमा लामध्द हुन  हार्दिक अनुरोध र अपिल गर्दछ ।

               क्रान्तिकारी अभिवादन सहित ।
मिति : ८ मार्च २०२४
     २५ फागुन २०८०

( हस्तबहादुर केसी )
अध्यक्ष
अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र

प्रेस वक्तव्य यस्ताे छ ;