१७ बैशाख २०८३, बिहीबार

राष्ट्रिय

राष्ट्रिय सभामा विचाराधिन रहेको सामाजिक सञ्जाल विधेयक, २०८१ फिर्ता

राष्ट्रिय सभामा विचाराधिन रहेको सामाजिक सञ्जाल विधेयक, २०८१ फिर्ता

Breaking News, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार, सुचना संचार
काठमाडौं :राष्ट्रिय सभामा विचाराधिन रहेको सामाजिक सञ्जाल विधेयक, २०८१ फिर्ता भएको छ। सरकारको सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णयलाई सोमबार राष्ट्रिय सभाले सर्वसम्मतिले पारित गरेको छ। आजको बैठकमा सभाका अध्यक्ष नारायण दाहालले विधेयक फिर्ता हुने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दै विधेयक फिर्ता भएको घोषणा गरेका हुन्। यसअघि विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘सामाजिक सञ्जाल विधेयक, २०८१ सम्बन्धी विधायक व्यवस्थापन समितिको प्रतिवेदन’ पेश गरेकी थिइन्। राष्ट्रिय सभाले २०८२ भदौ १३ गते उक्त विधेयक दफाबार छलफलका लागि विधायक व्यवस्थापन समितिमा पठाएको थियो। समितिमा ३५ जना सांसदले १५५ वटा संशोधन प्रस्ताव दर्ता गरेका थिए। आजको बैठकमा समितिकी सभापति दाहालले उक्त विधेयकमाथि सूचना तथा सञ्चार प्रविधिमन्त्री, मन्त्रालयका सचिव र सरोकारवालासँग विभिन्न चरणमा अनौपचारिक छलफल भएको...
समयमा भुक्तानी नहुँदा बाँके र बर्दियाका साना निर्माण व्यवसायी पेसाबाट पलायन हुन थालेका छन्

समयमा भुक्तानी नहुँदा बाँके र बर्दियाका साना निर्माण व्यवसायी पेसाबाट पलायन हुन थालेका छन्

अर्थवाणिज्य, कृषि, पुर्वाधार, मनाेरन्जन, राष्ट्रिय, विचार, शिक्षा, समाचार
बाँके :समयमा भुक्तानी नहुँदा बाँके तथा बर्दियाका साना निर्माण व्यवसायी पेसाबाट पलायन हुन थालेका छन् । जिल्लामा रहेर निर्माण व्यवसायको काम गर्दै आएका १० प्रतिशत साना निर्माण व्यवसायी भुक्तानी समस्याका कारण प्रत्येक वर्ष पलायन हुने गरेको बाँके निर्माण व्यवसायी सङ्घका अध्यक्ष लीलाराज उपाध्यायले बताए। जिल्लामा सङ्घमा आवद्ध ६५३ निर्माण व्यवसायीमध्ये १० प्रतिशत निर्माण व्यवसायी काम गर्न नसक्ने स्थितिमा पुगेको जनाउँदै उनले साना निर्माण व्यवसायीको विषयमा राज्यले सोच्नुपर्ने समय आएको उल्लेख गरे। “निर्माण व्यवसायीले समयमानै कर्जा तिर्न नसक्दा पर्याप्त मात्रामा काम गर्नको लागि अहसज भएको छ” ,उनले भने,“हामीले हाम्रो समस्याको बारेमा मन्त्रालयलदेखि अन्य सरकारी निकायहरुमा भेटघाट गर्दा समस्याको समाधान गर्ने आश्वासन दिए पनि भुक्तानी भएको छैन यसमा सरकारले तत्काल ध्यान दिन आवश्यक छ ।” जिल्लामा रु आठदे...
सुदुरपश्चिमकाे बैतडीमा जन्ती बोकेको बस दुर्घटना,८ जनाकाे मृत्यु

सुदुरपश्चिमकाे बैतडीमा जन्ती बोकेको बस दुर्घटना,८ जनाकाे मृत्यु

Breaking News, यातायात, राष्ट्रिय, समाचार
काठमाडौं : सुदुरपश्चिमकाे बैतडीमा जन्ती बोकेको बस दुर्घटना ८ जनाकाे मृत्यु ।पुर्चाैडी नगरपालिका –७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा बस दुर्घटनामा परेको हो । सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी दिपक कुमार रायले जानकारी दिए । ६ जनाको घटनास्थलमै र अन्य दुई जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको डीएसपी रायले बताए । मृतक ८ मध्ये चार जनाको पहिचान खुलेको उनले बताए। बझाङको बित्तडचिर गाउँपालिका – ७ का ४० वर्षीय केशवराज जोशी, सोही ठाउँका १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय वसन्त जोशी र केदारस्यूँ गाउँपालिकका ६० वर्षीय मोहनदेव भट्टको सनाखत भएको डिएसपी रायले बताए। ‘मृतक अरू दुई जना पुरूषको भने सनाखत भइसकेको छैन,’ उनले भने। ४५ जना घाइतेको उद्धार गरी उपचारका लागि पुर्चौडी पाटेल स्वा...
पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई पितृशाेक

पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई पितृशाेक

Breaking News, राष्ट्रिय, समाचार, स्वास्थ
काठमाडौं : पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ । भट्टराईका बुबा भोजप्रसाद भट्टराईको ९७ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ ।निकटस्रोतका अनुसार उनको स्वास्थ्य केही दिनयता जटिल बनेको थियो । त्यसपछि बाँसबारीस्थित न्युरो हस्पिटलमा उपचाररत रहँदा उनको निधन भएको हो । डा. भट्टराईको सचिवालयका अनुसार, उनको अन्त्यष्टि आज बिहान ११ बजे पशुपति विद्युत् शवदाह गृहमा हुनेछ ।...

नक्कली परीक्षार्थी परीक्षा दिने र दिन लगाउने १२ पक्राउ

Breaking News, राष्ट्रिय, समाचार
सुर्खेत : लाेकसेवा आयोग सुर्खेत कार्यालयद्वारा सञ्चालित प्रहरी जवान (जनपद)को लिखित परीक्षाबाट नक्कली परीक्षार्थीसहित प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ। शनिबार भएको परीक्षामा अर्काको नाममा परीक्षा दिने र दिन लगाउनेहरूलाई प्रहरीले पक्राउ गरेको हो। नागरिकता तथा प्रवेशपत्रमा फोटो र हस्ताक्षर बदली किर्ते गरी परीक्षामा सहभागी भएको अवस्थामा फेला पारेर पक्राउ गरी लिखत किर्ते तथा आपराधिक लाभको कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी मोहनजंग बुढथापाले जानकारी दिए। पक्राउ पर्नेमा नक्कली परीक्षार्थी बनेका जाजरकोटको छेडागाड नगरपालिका– ११ का १९ वर्षीय केशव थापा, दैलेखको दुल्लु नगरपालिका– ११ का १८ वर्षीय रमेश नेपाली, सुर्खेतको गुर्भाकोट नगरपालिका– १३ का २४ वर्षीय वीरबहादुर ठाडा र जाजरकोटको कुसे गाउँपालिका– २ का १९ वर्षीय विपेश सिंह रहेका प्रहरीले जनाएको छ। जा...
जाजरकोटी जनताको प्रखाइ अनि नेताहरुको चुनावी दौड – जनक केसी

जाजरकोटी जनताको प्रखाइ अनि नेताहरुको चुनावी दौड – जनक केसी

राष्ट्रिय, विचार, शिक्षा
✍️..दुई वर्ष चार महिना अघि जाजरकोटमा भुकम्पले भत्किएका जनताका घरहरु अहिले सम्म पनि वनेका छैनन् । जनता निरन्तर रुपमा भत्किएका घर वनाइ देउ भनेर सवै सरकारहरु, नेताहरु अनि सरोकारवालहरुलाइ अनुनय विनय गरिरहेका छन् । जनताका ती अनुनय विनय, चित्कार अनि पिडाका स्वरहरु ठुलो कोलाहलमा हराएको जस्तै भएका छन् । केहि नेताहरुले गरेका पहलहरु पनि सफल वन्न सकेका छैनन् । गएका साढे दुइ वर्ष भित्रका हिउद, वर्षा अनि गर्मीको समयमा जनताहरुले भोगेका पिडा र वाध्यताहरु यहाँ वर्णन गर्न सम्भव छैन । कार्यविधिको नाउँमा जनतालाइ झुलाउने,अल्झाउने दुख दिने वाहेक यो साढे दुइ वर्षमा खासै ठुलो प्रगति भएको पाइदैन । नियम र कार्यविधिको छेउटुप्पो नफुत्किने गरि समातेका कर्मचारी र कर्मचारीलाइ दोष दिएर आफु ओभानो वन्न खोज्ने नेतृत्वका कारण जाजरकोटका भुकम्पपिडितहरु पिडा र आक्रोसका विच अलमलमा छन् । जनतालाइ सहज र सुलभ ढंगले ...
पत्रकार दिनेश सिटौलाकाे निधन

पत्रकार दिनेश सिटौलाकाे निधन

Breaking News, चुनाव, निर्वाचन, राष्ट्रिय, समाचार, स्वास्थ
काठमाडौं :चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको निधन भएको छ । ग्राण्डी अस्पतालले आज विज्ञप्ति निकालेर उनको आज दिउँसो १२:४५ बजे निधन भएको जानकारी दिएको हो । अछाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह (बालेन) को चुनावी प्रचारमा सहभागी भइरहेका बेला एक्कासी बेहोस भएका थिए । त्यसपछि उनलाई सेनाको हेलिकप्टरमार्फत तत्काल काठमाडौँ ल्याई काठमाडौं ग्राण्डी अस्पताल भर्ना गरिएको थियो । अस्पतालबाट जारी विज्ञप्तिमा लेखिएको छ, ‘गम्भीर इन्टेन्सिभ केयरका बाबजुद ४८ घण्टापछि न्यूरोलोजिकल अवस्थामा कुनै सुधार देखा परेन र मस्तिष्कको कार्यक्षमता पुन: प्राप्तिको कुनै संकेत थिएन । बिरामीको परिवारलाई उनको अवस्थाबारे विस्तारमा परामर्थ दिइयो । चिकित्सकीय प्रोटोकल अनुसार मस्तिष्कको कार्यक्षमता परीक्षण गर्न एप्निया परीक्षण गरियो जुन पोज...
जुम्लाका उम्मेदवार भण्डारीलाई सहिदका सपना र कर्णालीको भविष्य प्रतिको खुला पत्र

जुम्लाका उम्मेदवार भण्डारीलाई सहिदका सपना र कर्णालीको भविष्य प्रतिको खुला पत्र

कविता, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
प्रतिनिधि सभा उम्मेदवार,नरेश भण्डारीज्यू,सादर नमस्कार 🙏 म जुम्लाकै एक साधारण नागरिक हुँ। मेरो परिचय कुनै ठूलो पद वा हैसियतसँग जोडिएको छैन, तर मेरो जीवन एउटा महान् बलिदानसँग जोडिएको छ। १० वर्षे माओवादी जनयुद्धका क्रममा हजारौँ सहिद भए। उहाँहरूले देख्नुभएको सपना थियो—गरिब, दुर्गम र पछाडि पारिएको कर्णाली पनि एक दिन उज्यालो, आत्मनिर्भर र सम्मानित बनोस् भन्ने। आज जब म पछाडि फर्केर हेर्छु, ती सपनाहरू शब्दमा होइन, कर्ममा उतार्ने नेतृत्व तपाईं हुनुहुन्छ भन्ने अनुभूति हुन्छ। २०६४ सालमा संविधानसभा निर्वाचन जितेर काठमाडौँ पुग्नुभएपछि पनि तपाईंको मन जुम्लामै रहिरह्यो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहल र स्थापना पश्चात्, पहिले बिरामी बाहिर पठाउन बाध्य जुम्ला आज विकसित सहरका अस्पतालमा दक्ष चिकित्सक पठाउने अवस्थामा पुगेको छ। जुम्लामै सहज, सुलभ र गुणस्तरीय उपचार पाउने अवस्था बनेको...
भक्तपुरकाे बाल गृहमा झडप, अवस्था तनावग्रस्त

भक्तपुरकाे बाल गृहमा झडप, अवस्था तनावग्रस्त

पुर्वाधार, राष्ट्रिय, समाचार
काठमाडौं :भक्तपुरको मध्यपुरथिमि–२ सानोठिमीस्थित बाल सुधार गृहमा दुई पक्षबीच झडप र आगजनी भएको छ । गएराति बाल सुधार गृहमा राखिएका दुई समूहबीच झडप, आगजनी र तोडफोड समेत भएको प्रहरीले जनाएको छ । प्रहरीले झडप नियन्त्रणमा लिन नसकेपछि सशस्त्र प्रहरीको टोली परिचालन गर्नुपरेको छ ।झडपको जानकारी पाएपछि थिमि प्रहरी वृत्तका प्रमुख नवराज ढुङ्गाना नेतृत्वको टोली सुधारगृह पुगेर स्थिति नियन्त्रणमा लिने प्रयास गरेको थियो । झडपमा संलग्न दुवै समूहले प्रहरीमाथि नै ढुङ्गामुढा गरेपछि स्थिति झन् तनावपूर्ण बनेको थियो । स्थिति नियन्त्रण बाहिर गएपछि सशस्त्र प्रहरी बलबाट ५० जनाको टोली परिचालन गरिएको हो । सानोठिमीस्थित बाल सुधारगृहमा१४५ पुरुष र २४ महिला गरी १६९ जना छन् ।...
गगन थापाको नेतृत्वमा कांग्रेस नयाँ कार्यसमिति घोषणा, विश्वप्रकाश शर्मा  र पुष्पा भुसाल उपसभापति

गगन थापाको नेतृत्वमा कांग्रेस नयाँ कार्यसमिति घोषणा, विश्वप्रकाश शर्मा र पुष्पा भुसाल उपसभापति

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन कुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति घोषणा गरिएको छ ।निर्वाचन समितिका संयोजक सीताराम केसीले पदाधिकारीसहितको पूर्ण कार्यसमिति सार्वजनिक गरेका छन् ।विशेष महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार थापा सभापतिमा सर्वसम्मत चयन भएका हुन् । नयाँ कार्यसमितिअन्तर्गत दुई उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुषाल चयन भएका छन् । त्यस्तै, दुई महामन्त्रीमा प्रदिप पौडेल र गुरु राज घिमिरे छन् । सह–महामन्त्रीमा समावेशी संरचनाअनुसार विभिन्न समूहबाट प्रतिनिधित्व गरिएको छ । केन्द्रीय सदस्यतर्फ खुला कोटाबाट ३५ जना चयन भएका छन् । खुला सदस्यहरूमा गोपालमान श्रेष्ठ, ओमकार प्रसाद श्रेष्ठ, अर्जुन नरसिंह के.सी., राजेन्द्र कुमार के.सी., अर्जुन प्रसाद जोशी, सुरेश कुमार योङ्या, चिनकाजी श्रेष्ठ, सुधिर सिवाकोटी, भरत शाह, मधु आचार्य, अमृत अर्याल, धुर्व वाग्ले...