काठमाडौं :प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन्। ओलीले पदबाट राजीनामा दिएका उनका प्रेस सल्लाहकार प्रकाश सिलवालले जानकारी दिए।
आज साँझ ६ बजे सर्वदलीय बैठक आह्वान गरेका ओलीले अवस्था नियन्त्रण बाहिर गएपछि त्यसअघि नै राजीनामा दिएका हुन्।
जेन - जि युवा पुस्ताहरुकाे आन्दोलनले उग्ररूप लिय पछि आज प्रधानमन्त्रीले राजिनामा दियका हुन ।...
काठमाडौं :सरकारले सामाजिक संजाल प्रतिबन्द गरे पछि काठमाडौं लगायत देशका विभिन्न भागमा युवाहरुले आन्दोलन गरिरहेका छन, आन्दोलनका क्रममा १९ जनाकाे ज्यान समेत गयकाे छ भने चार सय भन्दा बढि घाइते अवस्थामा विभिन्न हस्पिटलहरुमा उपचार भईरहेकाे छ ।
( जेन- जि) युवा पुस्ता आन्दोलन देशमा भईरहेकाे भ्रष्टाचार बेतिथिका बिरुद्धमा हाे,युवा पुस्तालाई उक्सायर कसैलाई सत्तामा पुग्नु छ भने कसैलाई सत्ताकाे आयु लम्बाइ राख्नु छ। याे आन्दोलनकाे अगुवाइ कस्ले गरेकाे थियाे र जिम्मा लिने कसले हाे ? याे पनि थाहा छैन । विभिन्न पार्टी, संघ संस्था र ब्यक्तिहरुले विज्ञप्ति र सामाजिक संजाल मार्फत आफ्ना धारणा ब्यक्त गरेका छन । आन्दोलनका क्रममा विभिन्न सरकारी तथा निजि सम्पतिकाे ठुलाे क्षति भयकाे छ । गृहमन्त्री रमेश लेखकले राजिनामा दियका छन । संचार मन्त्री पृथ्वी सुब्बा गुरुङले प्रतिबन्ध सामाजिक संजाल खुला रहेकाे जानकारी दिईसकेक...
काठमाडौं ;सामाजिक सञ्जाल प्लेटफर्म फेसबुक (मेटा) ले नेपालमा कम्पनी दर्ता गर्न आवश्यक कागजातको विवरण मागेको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार, मेटाका प्रतिनिधिले मन्त्रीका विज्ञ सल्लाहकार शालिकराम पराजुलीलाई इमेलमार्फत जानकारी मागेका थिए।
ठाकुरले भने ‘पौने ५ बजे सिंगापुबाट एक जना मेटाका प्रतिनिधिले इमेल पठाउनुभयो हामीले पाँच मिनेटभित्रै सामाजिक सञ्जाल दर्ता हुन आवश्यक कागजातको विवरण इमेलमार्फत जानकारी गराइसकेका छौं।’
नेपाल सरकारले सूचीकृत नभएका सामाजिक सञ्जाललाई क्रमशः बन्द गर्ने निर्णय गरिसकेको छ। यसैअनुरूप नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई २६ वटा सामाजिक सञ्जाल चल्न रोक लगाउन पत्राचार गरेको छ।...
ललितपुर : ॐसमाज डेण्टल हस्पिटलले पाँचाै शाखाका रुपमा ललितपुर जिल्लाकाे चापागाउँ दाेबाटाेमा स्थापना गरेकाे छ।स्वास्थ्य क्षेत्रमा लामाे समय देखि सेवा दिदै आयकाे उक्त हस्पिटलले राजधानिका तीनवटा ठाउहरु चावेल, नैकाब, बनस्थलि तथा महाेत्तरी जिल्लाको बर्दिबास शाखाहरुबाट सेवा दिदै आयकाे थियाे साे हस्पिटलले आजदेखि ललितपुर जिल्लाको चापागाउँ दाेबाटाेबाट पनि सेवा दिने भयकाे हाे । हस्पिटल उद्घाटन कार्यक्रममा समाजमा विभिन्न ढंगबाट सेवा गर्ने समाजसेवी, बुद्धिजीवी, कलाकार र पत्रकारहरुलाई सम्मान गर्नुका साथै निशुल्क दन्त सेवा दिईयकाे थियाे । बिशेषज्ञ डाक्टरहरु र अत्यावश्यक प्रविधि सहितकाे सुलभ र भरपर्दाे स्वास्थ्य सेवाका दिदै आयकाे साे हस्पिटल सबैका लागि सधैका लागी खुल्ला रहने अस्पतालका डा. सुवास घिमिरेले बताउनु भयाे ।डा. घिमिरे भन्नुहुन्छ "मान्छेमा समाजमा कथा बनाउने र कथा बाचन गर्ने शैलि हुन्छन र ति जिवन र...
जाजरकोट :जाजरकोटको भेरी नगरपालिकामा वडा कार्यालय भवन निर्माणको ठेक्का प्रक्रियामा मिलेमतो गरी लाखाैंको भ्रष्टाचार गरिएको तथ्य बाहिरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सो प्रकरणमा संलग्न नगरपालिकाका कर्मचारी र ठेकेदार कम्पनी विरुद्ध विशेष अदालत काठमाडौंमा ३६ लाख २० हजार ५७८ रुपैयाँ बराबरको बिगोसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगको अनुसन्धान अनुसार आ.व. २०८०/८१ मा वडा नं ६, ९ र १० को कार्यालय भवन ठेक्का प्रक्रियामा सार्वजनिक खरिद नियमवली विपरीत बोलपत्रदाता कम्पनीहरुलाई जानीजानी अनुत्तीर्ण गरी लक्षित ठेकेदार न्यू विके / नहकुली जेभी लाई ठेक्का दिलाइएको थियो । यसरी ठेक्का पाउँदा सरकार र नगरपालिकाको सम्पत्तिमा ठूलो हिनामिना भएको अख्तियारले ठहर गरेको छ ।
मुद्दामा प्रतिवादी बनाइएका व्यक्तिहरुमा भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्ती, इन्जिनियर मो...
जाजरकोट :जाजरकोटमा तीज विशेष कार्यक्रममा फाेटा खिचिरहेका पत्रकारमाथि प्रहरीले दमन गरेका छन ।
मंगलबार राति करिब १० बजे खलंगामा रहेकाे नेपाल बैंक अगाडि तीज विशेष नाचगान कार्यक्रम चलिरहेको थियो । सोही क्रममा पत्रकार बालकुमार शर्मा, शिक्षक कमल चन्द लगायत अन्य व्यक्तिहरू पनि कार्यक्रममा उपस्थित थिए ।
शर्मा सामाजिक सञ्जालमा लाइभ गर्दै तस्बिर र भिडियो खिचिरहेका बेला प्रहरी निरीक्षक सन्ताेष चन्द र अर्का प्रहरी कर्मचारीले उनलाई नजिकै बोलाई मोबाइलमा रहेका तस्बिर डिलिट गर्न धम्कीपूर्ण शैलीमा दबाब दिएको पत्रकार शर्माले बताए ।
“तपाईंले फोटो खिच्नु भएको छ भने डिलिट गर्नुपर्छ भन्ने निर्देशन दिइयो । सार्वजनिक स्थलमा खिचिएको फोटो के आधारमा मेटाउन लगाइयो भन्ने प्रश्न छ,” शर्मा आक्रोशित हुँदै भन्छन्, “पत्रकार आचारसंहिता र कानुनबारे मलाई प्रष्ट थाहा छ । तर रातिको समयमा प्रहरी प्रशासनले पत्रकारलाई मनोबल गिर...
काठमाडौं : ब्रह्मा कुमारी राजयोग उप सेवा केन्द्र रानीवारी र ग्रीन सिटी हस्पिटल तथा चक्रपथ सरसफाइ अभियानको सहकार्यमा भएको रक्तदान कार्यक्रम ४०७ प्रिन्ट रगत संकलन गर्दै समापन भएको छ ।काठमाडौंको बसुन्धारा,चौकीमा रहेको ग्रीनसिटी हस्पिटल संगको सहकार्यमा ब्रह्माकुमारी राजयोग सेवाकेन्द्र रानीवारीको आयोजनामा यहि भाद्र ६,७,८ र ९ गते ग्रीनसिटी हस्पिटलको प्रागणमा बृहत रक्तदान कार्यक्रम संचालन भएको हो ।
यो अभियान ब्रह्माकुमारी राजयोग नेपाल समाज सेवा प्रभागको आयोजनामा मेगा रक्तदान अभियान अन्तरगत सन्चालन भएको हो ।
रक्त अभावलाई न्यूनिकरण गर्दै समाजमा भाईचाराको बिकास गर्न तथा मानव स्वास्थ्यमा बिशेष चासो दिदै यो कार्यक्रम आयोजना गरिएको ब्रह्माकुमारी राजयोग नेपाल समाज सेवा प्रभागले जनाएको छ ।
रक्तदान कार्यक्रमलाई मेगा रक्तदान अभियानको रुपमा अगाडी बढाउँदै प्रभागको अगुवाईमा देशैभर १३२ स्थानमा एकै समयमा रक्...
काठमाडौं :तीज पर्वको अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्नेहरुको बिहानैदेखि घुइँचो लागेको छ ।
दर्शनार्थीहरुका लागि मूल मन्दिरका चार ढोका आज बिहान ३ बजेदेखि खुला गरिएको छ ।दर्शनार्थीहरु बिहानैदेखि लामबद्ध भएर पशुपति मन्दिरमा पूजा गरी नाचगान गरिरहेका छन् ।
व्रतालुलाई शीतल होस् भनेर पशुपति मन्दिर क्षेत्रमा पहिलोपटक माथिबाट पानीको मसिना फोहोरा बर्सिने व्यवस्था समेत मिलाइएको छ । तीजमा पहिलोपटक परीक्षणका लागि यो व्यवस्था मिलाइएको र आगामी दिनहरुमा पनि यसलाई प्रयोग गर्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले चर्को घाममा लामो समय लाइनमा बस्न असहज हुने भएकाले एक देखि डेढ घण्टाभित्र दर्शन गरेर फर्किसक्नेगरी व्यवस्था मिलाइएको जानकारी दिए ।
कोषका सूचना अधिकारी अनिता भट्टका अनुसार पशुपति क्षेत्रको बाहिरी भागबाट पशुपतिनाथ मन्दिर छिर्ने...
नेपालगन्ज ;बर्दियाबाट भारततर्फ लैजान लागिएको ४८ लाख बढीको इलेक्ट्रिक चुरोट सशस्त्र प्रहरीको नियन्त्रणमा ।
नेपालबाट भारततर्फ लैजाँदै गरेको ४८ लाख ५ हजार रुपैयाँ बराबरको चाइनीज इलेक्ट्रिक चुरोटलाई जिल्लाको सीमा नाका नजिकबाट बरामद गरिएको सशस्त्र प्रहरी नं.३१ गण बर्दियाले जानकारी दिएको छ।
सशस्त्र प्रहरी बर्दियाका अनुसार बिओपी शक्तिपुरबाट सई कमल बहादुर नेपालीको कमाण्डमा गएको टोलीले जिल्लाको मधुवन नगरपालिका-५ शक्तिपुरबाट गए राति १२ बजे उक्त रकम बराबरको चाइनीज इलेक्ट्रिक चुरोट बरामद गरेको हो।
भारततर्फ साइकलमा चाइनीज इलेक्ट्रिक चुरोट लिएर जाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीलाई देख्ने बित्तिकै तस्करहरुले साइकल र इलेक्ट्रिक चुरोट छोडेर भागेको सशस्त्र प्रहरी नं.३१ गण बर्दियाले जनाएको छ।
बरामद गरिएको ९ सय २० पिस चुरोटको प्रति पिस २५ सय रहेको छ भने बरामद गरिएको चुरोट तथा ओसारपसारमा प्रयोग ग...
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) लाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल हरिसिद्धि पुगे ।
विप्लव र प्रचण्ड बिच साेमबार बिहान १० बजेदेखि छलफल सुरू भएको अध्यक्ष दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।
माओवादी केन्द्रको स्थायी समिति बैठकले विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने निर्णय गरेको थियो।
तर नेकपाले भने पार्टी एकताको आधार प्रस्तुत गर्न माओवादीलाई आग्रह गरेको थियो।
यही सन्दर्भमा केन्द्रित रहेर उनीहरूबीच भेटवार्ता भएको छ।...