सुर्खेत , कालिकोटमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार भीरबाट लडेर तिलागुफा नगरपालिका-७ की अन्दाजी ५९ वर्षीया नयाँ दमाईको मृत्यु भएको हो ।
महावै गाउँपालिका-५ राम्नीमा रहेको छोरीको घरबाटमा फर्किँदै गर्दा बित्तामोड भिरबाट लडेर उनको ज्यान गएको तिलागुफा नगरपालिका उपमेयर महेन्द्रबहादुर शाहीले बताए ।...
प्रधानमन्त्री शेरबहादुर देउवाले संस्कृतिविद् सत्यमोहन जोशीका असल कार्यहरु देशका लागि शिक्षा, ज्ञान र प्रेरणा भएको बताएका छन्।
प्रधानमन्त्री देउवाले उनले नेपालको भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा पुर्याएको योगदान र लेखेको कीर्ति संरक्षण र सम्वर्द्धन गर्दै मुलुकको विकास गर्न सके साँचो अर्थमा कदर हुने पनि स्पष्ट पारे ।
स्वर्गीय जोशीको १३ औँ पुण्यतिथिको अवसर पारेर शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संस्कृतिविद् जोशीलाई देशलाई माया गर्ने सच्चा देशभक्त व्यक्तित्वको रुपमा आफूले चिनेको पनि बताए।
प्रधानमन्त्री देउवाले नेपालको साहित्य, संस्कृति र राजनीतिको विभिन्न आयामको साक्षीको रुपमा जोशी रहेकाले उनलाई नेपाल राष्ट्र र नेपाली जनताले कहिल्यै पनि नबिर्सने बताए। जोशीलाई नेपालको भाषा, साहित्य र संस्कृतिलाई माया गर्ने मुलुकको निधिको रुपमा चित्रण गर्दै उनले सरकारले त्यसैका...
११ कात्तिक, काठमाडौं । काठमाडौंको रानीपोखरीमा छठ मनाउन नपाइने भएको छ । पुनर्निर्माणका क्रममा रानी पोखरीमा तेश्रो चरणमा बनेका पूर्वाधार तथा संरचना हस्तान्तरण नभइसकेकाले काठमाडौं महानगरपालिकाले जोखिम लिन नचाहेको प्रवक्ता नवीन मानन्धरले बताए ।
‘३ चरणमा पुनर्निर्माण गरिएको रानी पोखरीमा तेस्रो चरणमा भएको काम महानगरलाई हस्तान्तरण भइसकेको छैन,’ मानन्धरले भने, ‘छठ मनाउने क्रममा ती पूर्वाधार भत्किएमा वा बिग्रिएमा त्यसको जिम्मेवारी कसले लिने भन्ने कुरा उठेकाले रानी पोखरी छठका लागि खुल्ला नगर्ने निर्णय महानगरले गरेको छ ।’
उनका अनुसार पोखरी, पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर महानगरलाई हस्तान्तरण भइसके पनि पोखरीको किनारामा बनाइएका शालिकसहितको पार्क र बगैँचा महानगरमा हस्तान्तरण भइसकेको छैन ।
मन्दिर महानगरलाई हस्तान्तरण भएकै कारण हिजो भाइटीकाको दिन मन्दिर खुल्ला गरेर व्यवस्थापनको समन्...
९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सात वटै प्रदेश र संघमा गठबन्धनको सरकार बन्ने दाबी गरेका छन् । गठबन्धनमा आवद्ध दलहरुले सँगै उभिएर मत मागपछि मतादेशलाई धोका दिन पाइन्न भन्नेमा आफूहरु प्रष्ट रहेको उनले बताए ।
ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चले बुधबार काठमाडौं क्षेत्र नम्बर ४ मा गरेको कार्यक्रममा महामन्त्री थापाले भने, ‘सँगै उभिएर ५ वर्षका लागि मत मागेपछि मतको आदेशलाई धोका दिन पाइँदैन ।’
आग्रह पूर्वाग्रह, सनक वा महत्वकाक्षा कारण कसैलाई पनि दाहिने देब्रे फर्किने छुट नभएको उनले बताए । ‘गठबन्धन त जित्यो, जित्यो अब । ७ वटै प्रदेशमा पनि हाम्रो सरकार बन्ने हो, संघमा पनि बन्ने हो,’ महामन्त्री थापाले भने, ‘म निर्वाचन जित्न गाह्रो देखिरहेको छैन, तर निर्वाचन पछिको दिनका निम्ति संकल्प गरेका छौं, त्यो गाह्रो देखिरहेका छन् ।
...
जाजरकोट सदरमुकाम नजिकै भेरी नदीको किनारमा पिकनिक खान गएका एक युवकको नदीमा डुबेर मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् भने भेरी डुबेका एक जनालाई जीवितै उद्धार गरिएको छ ।
भेरी नगरपालिका ४ का २० बर्षका रोशन खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । भेरी नगरपालिका ३ का २६ बर्षका विक्रान्त केसी भेरी नदीमा बेपत्ता भएका छन् । नदीमा डुबेका विरेन्द्र शाहीलाई भने जीवितै उद्धार गरिएको छ । उनका साथीहरुले उद्धार गरेका हुन् । रोशन र विरेन्द्र डुबेपछि साथीहरुलाई बचाउन गएका विक्रान्त बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य भैरहेको प्रहरी नायव उपरीक्षक सन्तोष निरौलाले बताए । नदी पारि रहेको डेथबडी निकाल्ने कार्य र बेपत्ताको खोजी कार्य भैरहेको प्रहरी नायव उपरीक्षक निरौलाले बताए ।
तिहारको अवसरमा सदरमुकाम खलंगामा हालै भएको फुटबल प्रतियोगितामा खसी बाजी जितेका युवाहरुले मंगलबार भेरी नगरपालिका ११ मट...
शरद ऋतुमा हिमाल आरोहणका लागि पर्यटन विभागले १२ सय ३८ जनालाई अनुमति दिएको छ।
विभागले देशका ४१ हिमाल आरोहण गर्न ७७ देशका आरोहीहरुलाई अनुमति दिएको हो।
हिमआरोहीहरुले सबैभन्दा बढी गोरखास्थित मनास्लु आरोहण गर्दैछन्। कात्तिक ६ गतेसम्म मनास्लु आरोहणका लागि ४०४ जनाले अनुमति पाएका छन्।
दोस्रोमा अमादब्लाम हिमाल रहेको छ। उक्त हिमालका लागि २६ टिमका ३३६ जनाले अनुमति पाएको विभागले जनाएको छ। त्यस्तै १०० भन्दा बढी अनुमति पाउने हिमालमा हिमलुङ रहेको छ। जसमा १५६ जनाले अनुमति पाएका छन्।
विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि भने एकदमै कम अर्थात ५ जनाले मात्रै अनुमति लिएका छन्। बढी आरोहण अनुमति पाउने नागरिकमा अमेरिकाका ११५, फ्रान्सका १०८, बेलायातका १०३, जर्मनीका ७७, स्पेन ७५ले आरोहण अनुमति पाएका छन्।
...
काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टीको नवौँ महाधिवेशन नयाँ समाजवादी जनसत्ता र राष्ट्रिय स्वाधीनतको कार्यनीति प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ ।
नवौँ महाधिवेशनमा पारित नयाँ समाजवादी जनसत्ता र राष्ट्रिय स्वाधीनतको कार्यनीतिमा पुँजीवादी व्यवस्थाको चुनाव भनेको सत्ताको असफलता र संकटलाई टालटुल पार्ने, निर्वाचनका नाममा पुराना पात्रका ठाउँमा नयाँ पात्र खडा गर्ने, एकथरी लुटेराको सट्टा अर्का लुटेराहरु अगाडि सार्ने, पुराना सम्बन्धहरुको स्थानमा नयाँ सम्बन्धहरु निर्माण गर्ने, श्रमिक जनतालाई पुँजीवादबाट पुँजीवादमै, चुनावबाट चुनावमै, संसद्बाट संसद्कै गोलचक्करमा घुमाउने अल्झाउने खेल भएको उल्लेख गर्दै देशमा संसदीय व्यवस्थाको दलालीकरण, बदनामी, टाटपल्टाई र असफल भएको ठोकुवा गरिएको छ ।
यसैगरी, दलाल पुँजीवादी सत्ताको संसदीय व्यवस्थाको संघ र प्रदेशका चुनाव उपयोग, प्रयोग गर्नु उचित र सम्भव नभएको भन्दै जनत...
खलंगा । जाजरकोटमा राती ९ बजेसम्म मात्र देउसी, भैलो खेल्न पाइने भएको छ । रातीको ९ बजेपछि देउसी, भैलो नखेल्न भन्दै जिल्ला प्रशासन कार्यालय जाजरकोटले निर्देशन जारी गरेको छ । आज एक सुचना जारी गर्दै प्रशासनले रातीको ९ बजेसम्म मात्र देउसी, भैलो खेल्न भनेको हो ।
यस्तै, आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभालाई लक्षित गरी जिल्ला भित्र लाग्ने मेला तथा पर्वहरु बेलुका ८ बजे सम्म मात्र सञ्चालन गर्न प्रशासनले आग्रह गरेको छ । आईतबार जिल्ला स्थित सुरक्षा समितिको वैठकले उक्त निर्णय गरेको प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेले जानकारी दिए ।
...
६ कात्तिक, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को चुनावी घोषणापत्र तिहार सकिएपछि मात्रै आउने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायका अनुसार घोषणापत्र तयार भएर प्रूफ हेरेर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कहाँ पुगेको छ । अब सुझावका लागि पदाधिकारीहरुकहाँ पठाउने र प्राप्त सुझावका आधारमा थप परिमार्जन भएपछि मात्र घोषणापत्रले अन्तिम रुप लिनेछ ।
इमेल मार्फत वा बैठक राखेर पनि पदाधिकारीहरुको सुझाव लिन सकिन्छ । यो काम सकाएर हामी घोषणापत्र तिहार लगत्तै सार्वजनिक गर्छौं,’ केन्द्रीय कार्यालय सचिव उपाध्यायले भने ।...
कात्तिक, काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राम्रो काम नगर्ने जनप्रतिनिधिलाई फिर्ता बोलाउने व्यवस्था गर्नुपर्ने बताएका छन् ।
आइतबार पार्टीको घोषणापत्र सार्वजनिक गर्दै उनले राइट टु रिकलको व्यवस्था गर्नुपर्ने बताएका हुन ।
राइट टु रिकल गर्नु पनि पर्छ । वास्तवमा हामी यति गैरजिमेवार हुँदै गएका छौं । ढाँट छल पैसा किनबेच अनेक गरेर चुनाव जित्ने, चुनाव जितेपछि पाँच वर्ष फर्केर नजाने, फेरि अर्को जालजेल षड्यन्त्र पैसा किनबेच गरेर जाने जुन प्रवृत्ति छ’, भट्टराईले भने, ‘यदि जनप्रतिनिधिले ठीक ढंगले काम गरेन भने मतदाताको निश्चित प्रतिशत २५ प्रतिशत (वा कति राख्न सकिन्छ) ले मागे भने फिर्ता बोलाउन सक्ने व्यवस्था गर्नुपर्छ, यो सम्भव छ, असम्भव छैन ।’
...