२८ कार्तिक २०८२, शुक्रबार

नागढुंगा सुरुङमार्ग अब १ किलोमिटर मात्रै खन्न बाँकी

       नागढुंगा सुरुङमार्ग अब १ किलोमिटर मात्रै खन्न बाँकी छ। २.६ किलोमिटर लम्बाइको सुरुङमार्ग १.६ किलोमिटर खनिएको हो।

नागढुंगा सुरुङ निर्माण आयोजनाका अनुसार सुरुङ खन्ने कुल काममध्ये ६७.३० प्रतिशत काम सम्पन्न भएको छ।

इमर्जेन्सीको रुपमा प्रयोग गर्न सकिने मुख्य सुरुङमार्गको समानान्तार सुरुङको काम १८ सय ६० मिटर खनिएको छ।यसको कुल लम्बाइ २५ सय ५७ मिटर छ।

मुख्य सुरुङ र समानान्तर सुरुङबीच जोड्ने क्रस प्यासेजको निर्माण ७४ मिटर पूरा भएको छ।सुरुङ खन्नेसँगै कंक्रिट लाइनिङ आवश्यक हुन्छ। जसको ८३६ मिटर मात्रै काम सम्पन्न भएको छ।

निर्माण पूरा भएका संरचनामा ३ वटा अन्डरपास, एक वटा बक्स कल्भर्ट, एउटा ओभर पास र ३ वटा पुल निर्माण भएका छन्। फ्लाई ओभरको कामको जग्गा अधिग्रहण अझै हुन सकेको छैन।

हालसम्म ८५ प्रतिशत मात्रै जग्गा अधिग्रहणको काम सकिएको छ।