जाजरकोटका युवाहरूको पहलमा काठमाडौंमा फुटसल प्रतियोगिता कार्यक्रम सुरु
काठमाडौं : जाजरकोटका युवाहरूको पहलमा काठमाडौंमा फुटसल प्रतियोगिता कार्यक्रम सुरु ।शनिबार काठमाडौंको कीर्तिपुर स्थित 'इलाट फुटसल खेल मैदानमा "राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद" भन्ने मूल नारासहित परिवर्तनका लागि युवा जाजरकोटको आयोजनामा फुटसल प्रतियोगिताको औपचारिक उदघाटन भयको छ ।
जाजरकोट प्रदेश सभा -१ का संसद तथा कर्णाली प्रदेश सरकारका पुर्व आर्थिक मामिला तथा योजना मन्त्री राजिव विक्रम शाहको प्रमुख आतिथ्यतामा सुरु भयको उक्त कार्यक्रममा जाजरकोटका बिभिन्न ब्यक्तीहरुको उपस्थितिमा रहेको थियो ।
परिवर्तनका लागि युवा, जाजरकोटकी अध्यक्ष तथा सामाजिक अभियान्ता सुप्रिया राज्यलक्ष्मी शाहीको अध्यक्षतामा सुरु भयको सो कार्यक्रमको सञ्चालन टबिन कार्कीले गरेका थिए।
जिल्लाबाट काठमाडौंमा आएर अध्ययन, रोजगारी तथा विभिन्न क्षेत्रमा सक्रिय युवाहरूलाई खेलकुदमार्फत एकताबद्ध गर्ने उद्देश्यले प्रत...








