काठमाडौं : जाजरकोटका युवाहरूको पहलमा काठमाडौंमा फुटसल प्रतियोगिता कार्यक्रम सुरु ।
शनिबार काठमाडौंको कीर्तिपुर स्थित ‘इलाट फुटसल खेल मैदानमा “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने मूल नारासहित परिवर्तनका लागि युवा जाजरकोटको आयोजनामा फुटसल प्रतियोगिताको औपचारिक उदघाटन भयको छ ।
जाजरकोट प्रदेश सभा -१ का संसद तथा कर्णाली प्रदेश सरकारका पुर्व आर्थिक मामिला तथा योजना मन्त्री राजिव विक्रम शाहको प्रमुख आतिथ्यतामा सुरु भयको उक्त कार्यक्रममा जाजरकोटका बिभिन्न ब्यक्तीहरुको उपस्थितिमा रहेको थियो ।
परिवर्तनका लागि युवा, जाजरकोटकी अध्यक्ष तथा सामाजिक अभियान्ता सुप्रिया राज्यलक्ष्मी शाहीको अध्यक्षतामा सुरु भयको सो कार्यक्रमको सञ्चालन टबिन कार्कीले गरेका थिए।
जिल्लाबाट काठमाडौंमा आएर अध्ययन, रोजगारी तथा विभिन्न क्षेत्रमा सक्रिय युवाहरूलाई खेलकुदमार्फत एकताबद्ध गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा जाजरकोटका विभिन्न क्षेत्रबाट काठमाडौंमा रहेका युवा तथा खेलप्रेमीहरूको सहभागिता रहेको छ। आयोजकका अनुसार प्रतियोगिताले युवाबीच आपसी सम्बन्ध, भाइचारा र खेलकुद संस्कृतिको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
फुटसल प्रतियोगितामार्फत युवाहरूलाई सकारात्मक गतिविधिमा जोड्दै खेल प्रतिभाको पहिचान र प्रोत्साहन गर्ने लक्ष्यसमेत राखिएको छ।
उद्घाटनमा प्रमुख अतिथि शाहले “युवाको ऊर्जा, जाजरकोटका प्रतिभाको पहिचान र प्रवर्द्धनसँगै खेलकुद तथा मौलिक संस्कृति संरक्षण गर्ने उद्देश्यले आयोजित यो प्रतियोगिता अत्यन्त महत्वपूर्ण र प्रशंसनीय पहल भयको बताउनु भयो ।’युवा पुस्तालाई सिर्जनशील, अनुशासित र सकारात्मक बाटोमा अघि बढाउन यस्ता कार्यक्रम आयोजना गर्नु अत्यन्तै गौरवको बिषय भयको मन्त्री शाहले जोड दिनुभयो ।”
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिमहरूलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। प्रथम हुने टिमलाई रु. ४० हजार, द्वितीय हुने टिमलाई रु. २५ हजार र तृतीय हुने टिमलाई रु. १५ हजार नगदसहित सम्मानपत्र प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताले काठमाडौंमा रहेका जाजरकोटका युवाहरूलाई खेलकुदमार्फत एकताबद्ध गर्नुका साथै नयाँ खेल प्रतिभाको पहिचान र प्रोत्साहनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
आयोजकले प्रतियोगितालाई सफल बनाउन सम्पूर्ण खेलप्रेमी तथा जाजरकोटका युवाहरूलाई सहभागिता र सहयोगका लागि आग्रह गरेको छ।





