जाजरकोट उज्यालो का लागि तीन अर्बकाे ठेक्का
जाजरकोट ।जाजरकोटलाई विद्युतीकरण गर्न तीन अर्बको ठेक्का गरिएको आह्वन गरिएको छ । जिल्लाको कुशे गाउँपालिकाको समाइला, पश्चिम जाजरकोटको वडावन लगायतका ठाउँमा नयाँ सबस्टेसन निर्माण गर्नका लागि तीन अर्बको नयाँ ठेक्का आह्वान गरिएको हो ।
भेरी नगरपालिकाको कुदुमा नयाँ सबस्टेसन निर्माण भइसकेको छ । त्यस्तै पूर्वी जाजरकोटसहित तल्लो डोल्पासम्म विद्युतीकरण गर्नका लागि नलगाडको चोखामा सबस्टेसन निर्माण कार्य जारी छ । बारेकोट, कुशे गाउँपालिकामा विद्युतीकरण गर्न समाइला सबस्टेसन निर्माण गर्न ठेक्का खोली कामको सुरुवात हुने तरखरमा छ । त्यस्तै पश्चिको छेडागाड, शिवालय र जुनिचाँदेमा विद्युतीकरण गर्नका लागि वडावनको सबस्टेसनबाट काम हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरण जाजरकोटका प्रमुख अभिषेकराज कलवारले चौखाको सबस्टेसन ६ महिनाभित्र पूरा हुने बताएका छन् । काम गर्ने जनशक्ति कम भएका कारण आफू समस्यामा परेको उनले बताए...