४ आश्विन २०८१, शुक्रबार

विज्ञान प्रबिधि

क्रान्तिकारी प्रेस संगठनकाे केन्द्रीय सदस्यमा सम्पादक सिंह, हार्दिक बधाई छ

क्रान्तिकारी प्रेस संगठनकाे केन्द्रीय सदस्यमा सम्पादक सिंह, हार्दिक बधाई छ

Breaking News, राष्ट्रिय, विचार, विज्ञान प्रबिधि, शिक्षा, समाचार, सुचना संचार
काठमाडौं । क्रान्तिकारी प्रेस संगठन काे केन्द्रीय सदस्य मा मनाेनित भयकाेकाे तूफान न्यूज डटकम का सम्पादक/संचालक राम बहादुर सिंहलाई हार्दिक बधाई तथा सफल कार्यकालकाे शुभकामना । शनिवार सम्पन्न क्रान्तिकारी पत्रकार महासंघ र क्रान्तिकारी पत्रकार संगठन नेपालकाे एकताको भेला भई क्रान्तिकारी प्रेस संगठन नामकरण गरियकाे छ । गत बैशाख १८ गते माेहन वैद्य "किरण" नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोला "कन्चन" नेतृत्वकाे नेकपा बहुमत काे पार्टी एकता भय पछि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल गठन गरिएको थियाे र साेहि पार्टीका पत्रकार संगठन हरुकाे एकता भई क्रान्तिकारी प्रेस संगठन नाम राखिएकाे छ । एकताको भेलाबाट कमल बुढा संयोजक र नारायण पंगेनी सह-संयाेजक रहने गरि ६४ जनाकाे केन्द्रीय कमिटि निर्माण गरियकाे छ भने हुकुम सिंहकाे संयाेजकत्वमा ५ जनाकाे सल्लाहकार कमिटी पनि गठन गरियकाे छ । तत्...
दुई क्रान्तिकारी पत्रकार संगठनको एकता : ‘क्रान्तिकारी प्रेस संगठन’को घोषणा

दुई क्रान्तिकारी पत्रकार संगठनको एकता : ‘क्रान्तिकारी प्रेस संगठन’को घोषणा

Breaking News, राष्ट्रिय, विचार, विज्ञान प्रबिधि, समाचार, सुचना संचार
ललितपुर । क्रान्तिकारी पत्रकार महासंघ र क्रान्तिकारी पत्रकार संगठन नेपाल काे एकता भेला सम्पन्न भयकाे छ । शनिवार ललितपुरमा भयकाे एकताकाे भेलाले संगठनको नाम ‘क्रान्तिकारी प्रेस संगठन’को नामाकरण गरिएको छ । भेलाले कमल बुढा संयोजक र नारायण पंगेनी सहसंयोजक रहेको ६४ सदस्यीय सम्मेलन आयोजक कमिटि निर्माण गरेको छ । नवनिर्वाचित कमिटिको बैठक चाँडै बसेर संगठन र संघर्ष सम्बन्धी निर्णय लिइने नवनिर्वाचित संगठनका संयोजक कमल बुढाले जानकारी दिय। क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्य तथा पार्टी प्रवक्ता धर्मेन्द्र बास्तोला कञ्चनको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा प्रमुख अतिथि लगायत पार्टीका कार्यालय सदस्यहरु दिनेश शर्मा सागर, गम्भिर, सचिवालय सदस्य प्रवेश र क्रान्तिकारी महिला संगठनकी सहसंयोजक शारदा महतले शुभकामना मन्तव्यसहित वैचारिक तथा राजनीतिक महत्वको प्रशिक्षणात्मक मन्तव्य राखेका थिय। ...
विज्ञापन बोर्डले सञ्चारमाध्यमको स्तर निर्धारण गर्ने तयारी गरेकाे छ

विज्ञापन बोर्डले सञ्चारमाध्यमको स्तर निर्धारण गर्ने तयारी गरेकाे छ

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, विचार, विज्ञान प्रबिधि, शिक्षा, समाचार, सुचना संचार
काठमाडौं ।विज्ञापन बोर्डले सञ्चारमाध्यमको स्तर निर्धारण गर्ने तयारी गरेको छ । सरकारी विज्ञापनको वितरण व्यवस्थित गर्न स्तर निर्धारणको तयारी गरिएको बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले बताए । बोर्डले सरकारी विज्ञापन वा सूचना प्रकाशन तथा प्रसारण गर्ने प्रयोजनका लागि विभिन्न ५ वटा सूचकलाई आधार मानेर स्तर निर्धारण गर्ने तयारी गरेको हो । ‘अहिले सञ्चारमाध्यमको पहुँच तथा क्षमताकाबारे आ–आफ्नै दाबी छन्,’ उनी भन्छन्,‘अब हामी निश्चित सूचक तोकेर सञ्चारमाध्यमको स्तर निर्धारण गर्नेछौं ।’ पाचवटा आधार : १, प्रकाशित संख्या, भिजिटर तथा पहुँच र दर्शक संख्यालाई स्तरको आधार मानिने भएको छ । २, सञ्चारमाध्यममा गरिएको लगानीलाई मान्ने तयारी बोर्डको छ । ३ संचारमाध्यमले सिर्जना गरेको रोजगारीलाई मानिने भएको छ । ४,सञ्चारमाध्यमले राज्यलाई तिरेको करलाई आधार मानिने भएको छ । ५,सञ्चारमाध्यमले पस्कने सामग्रीला...
ICT फाेरम कर्णाली प्रदेशद्वारा अभिमुखिकरण कार्यक्रम सम्पन्न

ICT फाेरम कर्णाली प्रदेशद्वारा अभिमुखिकरण कार्यक्रम सम्पन्न

Breaking News, राष्ट्रिय, विचार, विज्ञान प्रबिधि, शिक्षा, समाचार, सुचना संचार
सुर्खेत । सुचना संचार र प्रविधि मैत्री संगठन निर्माण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भयकाे छ । सनिवार आई सि टि फाेरम नेपाल कर्णाली प्रदेशको आयाेजनामा भयकाे कार्यक्रममा सुन्दर र समृद्ध कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री माननिय महेन्द्र बहादुर शाहीको प्रमुख आतिथ्यता र पाटी प्रदेश इन्चार्ज मातृका यादव,अध्यक्ष बिमला केसी काे बिशेष उपस्थितिमा बिभिन्न बिभाग हरु गठन गर्दै अभिमुखिकरण कार्यक्रम सम्पन्न भयकाे हाे । बिभिन्न जिल्ला हरुबाट आईसिटि मा आबद्ध सदस्य हरुकाे सहभागी रहेकाे थियाे । भाैतिक मल्लकाे संयोजकत्वमा कर्णाली प्रदेशमा उक्त फाेरम निर्माण भयकाे छ । आजकाे प्रविधियुक्त समाजमा कर्णालीकाे समग्र राजनैतिक भुगाेललाई  फराकिलो बनाउनका लागि यश संगठनले महत्त्वपूर्ण भुमिका खेल्ने बिस्वाश संयोजक मल्लले सामाजिक संजाल मार्फत ब्यक्त गरेका छन ।...
५१ वटा विद्युतीय चार्जिङ स्टेसन एकै पटक संचालनमा

५१ वटा विद्युतीय चार्जिङ स्टेसन एकै पटक संचालनमा

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार, सुचना संचार
काठमाडौं। नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न स्थानमा निर्माण गरेको ५१ वटा विद्युतीय सवारी साधनको अत्याधुनिक फास्ट चार्जिङ स्टेसनको एकै पटक उद्घाटन भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेत र सचिव दिनेशकुमार घिमिरेले संयुक्त रुपमा काठमाडौंको नेपाल पुलिस क्लब भृकुटीमण्डपमा स्थापना गरिएको फास्ट चार्जिङ स्टेसनको उद्घाटन गरे । प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण तथा नर्वे सरकारको प्राविधिक सहयोगमा विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना अन्तर्गत सात प्रदेशका मुख्य राजमार्ग, बसपार्क र ठूला सहरहरुमा ५१ वटा विद्युतीय सवारी साधन छिट्टो चार्ज गर्न मिल्ने चार्जिङ स्टेसन निर्माण गरिएको प्राधिकरणले जनाएको छ । करिब ४० करोड रुपैयाँ लागतमा निर्माण गरिएका चार्जिङ स्टेसनमध्ये २६ वटामा ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार र २५ वटामा साना/ठूला कारहरु ...
जाजरकोट कुशेमा चट्याङ लागेर चारवटा पशु चाैपायकाे मृत्युु

जाजरकोट कुशेमा चट्याङ लागेर चारवटा पशु चाैपायकाे मृत्युु

Breaking News, कृषि, पुर्वाधार, माैसम, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
जाजरकोट । जिल्लाको कुशे गाउपालिका वडा न.५खुर्पाकाे दहमा चट्याङ लागेर चारवटा पशु चाैपाय मरेका छन । आईतवार दिउसाे ३:३० बजे तिर भारि वर्षा संगै एक्कासि चट्याङ परेपछि थलाेमा बाधेर घाँस खादै गरेका २वटा गाेरु , एउटा गाई र एउटा भैंसी मरेका हुन ।  
जाजरकोट, बारेकाेटमा चट्याङ लागेर एक युवतिकाे मृत्युु

जाजरकोट, बारेकाेटमा चट्याङ लागेर एक युवतिकाे मृत्युु

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
जाजरकोट । बारेकोट गाउँपालिका वडा न. ५तोल्खाना निवासी ३२ वर्षकी रेवति शाही सिंहको चट्याङ लागेर मृत्यु भएको छ। आईतवार दिउसो करिब ३ः३० बजे परेको चट्याङबाट गाई गुवाला गएकी सिंहको मृत्यू भएको हो । आफ्नो गाउँ तोल्खान देखि करिब एक किलोमिटर टाढा गाइ चराउन गएकी सिंह आफ्नै गाउँकी एकजना करिव १२ वर्षकी जगता सिंह नामकी साथी सँगै बसी रहेको अवस्थामा उनको शरिरमा एक्कासि चट्याङ लागेको हाे । उनीसँगै बसेकी बालीकालाइ भने केहि नभएको र उनै बालीकाले स्थानीयलाइ खबर गरेकी हुन, स्थानीयका अनुसार चट्याङ लागेको केही समय पछी मृत्यु भएको बुझिएको छ। ईलाका प्रहरी कार्यलय नायकवाडाका प्रहरी हवल्दार महेन्द्र प्रशाद जैसीका अनुसार मृत सिंह लाई पोस्टम्याटको लागि आधारभुत अस्पताल लिम्सा पुर्‍याइएको छ ।...
डाेल्पा जिल्लाको जगदुल्ला जलविद्युत आयाेजनामा विभिन्न क्षेत्रबाट लगानी जुट्दै

डाेल्पा जिल्लाको जगदुल्ला जलविद्युत आयाेजनामा विभिन्न क्षेत्रबाट लगानी जुट्दै

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौं ।जगदुल्ला जलविद्युत् आयोजना निर्माणका लागि विभिन्न क्षेत्रबाट लगानी जुटन थालेको छ।डोल्पाको जगदुल्ला गाउँपालिकामा बाध र मुड्केचुला गाउँपालिकाको इलमा विद्युत उत्पादन गृह रहने प्रस्ताव गरिएको जगदुल्ला अर्धजलाशय जलविद्युत् आयोजना १०६ मेगावाटको निर्माण गर्न लगानी जुटाउने कार्य जारी छ। कुल ३५ करोड लागतको अनुमान गरिएको यो आयोजनाका लागि कर्णाली प्रदेश सरकारले पहिलो चरणमा ११ लाख ७१ हजार ५०० कित्ता शेयरको ११ करोड ७१ लाख ५० हजार रुपैयाँ उपलब्ध गराएको थियो। त्यस्तै दोस्रो चरणमा ६ करोड यो आर्थिक वर्षमै भुक्तानी गरिसकेको छ। आयोजनाको कुल लगानीको ५ प्रतिशत शेयर कर्णाली प्रदेश सरकारले उपलब्ध गराउने छ। त्यस्तै हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले जगदुल्ला जलविद्युत आयोजनामा ऋण लगानी गर्न सहमति भइ आयोजनाहरुको प्रस्तावका आधारमा कम्पनीको बोर्डले ऋण लग...
जाजरकोट उज्यालो का लागि तीन अर्बकाे ठेक्का

जाजरकोट उज्यालो का लागि तीन अर्बकाे ठेक्का

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
जाजरकोट ।जाजरकोटलाई विद्युतीकरण गर्न तीन अर्बको ठेक्का गरिएको आह्वन गरिएको छ । जिल्लाको कुशे गाउँपालिकाको समाइला, पश्चिम जाजरकोटको वडावन लगायतका ठाउँमा नयाँ सबस्टेसन निर्माण गर्नका लागि तीन अर्बको नयाँ ठेक्का आह्वान गरिएको हो । भेरी नगरपालिकाको कुदुमा नयाँ सबस्टेसन निर्माण भइसकेको छ । त्यस्तै पूर्वी जाजरकोटसहित तल्लो डोल्पासम्म विद्युतीकरण गर्नका लागि नलगाडको चोखामा सबस्टेसन निर्माण कार्य जारी छ । बारेकोट, कुशे गाउँपालिकामा विद्युतीकरण गर्न समाइला सबस्टेसन निर्माण गर्न ठेक्का खोली कामको सुरुवात हुने तरखरमा छ । त्यस्तै पश्चिको छेडागाड, शिवालय र जुनिचाँदेमा विद्युतीकरण गर्नका लागि वडावनको सबस्टेसनबाट काम हुने भएको छ । नेपाल विद्युत प्राधिकरण जाजरकोटका प्रमुख अभिषेकराज कलवारले चौखाको सबस्टेसन ६ महिनाभित्र पूरा हुने बताएका छन् । काम गर्ने जनशक्ति कम भएका कारण आफू समस्यामा परेको उनले बताए...
राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन को पहिलो बार्षिकोत्सव को अबसरमा बिरेन्द्रनगर मा रक्तदान कार्यक्रम सम्पन्न

राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन को पहिलो बार्षिकोत्सव को अबसरमा बिरेन्द्रनगर मा रक्तदान कार्यक्रम सम्पन्न

Breaking News, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार, स्वास्थ
सुर्खेत।राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन को पहिलो बार्षिकोत्सव को अबसरमा राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन कर्णाली प्रदेश र प्रगतिशील जनस्वास्थ्यकर्मी संगठन कर्णाली प्रदेश को आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भयको छ। साेमबार संगठनले प्रदेश अस्पताल कर्णाली प्रदेश बिरेन्द्रनगर सुर्खेतमा,रक्तदान कार्यक्रम आयोजना गरेको हाे।रक्तदान कार्यक्रम मा प्रगतिशील स्वास्थ्यकर्मी महासंघ का प्रदेश अध्यक्ष कलम थापा, राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन की केन्द्रीय सचिव मेनका संञ्ज्याल, राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी महासंघ कर्णाली प्रदेश का प्रदेश अध्यक्ष तारा रिजाल लगायल अन्य स्वास्थ्यकर्मी तथा सुभेच्छूकहरुको सहभागीता रहेको थियो।उक्त रक्तदान कार्यक्रम मा ३५ भन्दा बढि पुरुष र एक जना महिलाले समेतले रगत दान गरेको राष्ट्रिय प्रगतिशील संगठन जिल्ला कार्यसमिति सुर्खेत का अध्यक्ष निर्मल...