२३ भाद्र २०८१, आईतवार

संसारमै देखियाे फेसबुकमा समस्या

काठमाडौं :सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ‘डाउन’ भएको छ।नेपाली समयअनुसार मंगलबार बेलुकी करिब ९ बजेदेखि धेरै प्रयोगकर्ताहरूको फेसबुक, म्यासेन्जर र इन्स्टाग्राम चल्न छाडेको हो।

नेपालसँगै संसारका थुप्रै देशबाट फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा समस्या भएको गुनासा आएका छन्।प्रयोगकर्ताहरूको चलिरहेको खाता आफैं लगआउट हुने र लगइन नहुने समस्या देखियकाे बताउछन ।