११ श्रावण २०८१, शनिबार

धादिङकाे गजुरीमा बस दुर्घटना ७ जनाकाे मृत्युु कयौं घाइते

काठमाडौं :धादिङकाे गजुरीस्थित गलौदीमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु र ३३ जना भन्दा बढि घाइते भएका छन् ।
कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको लु २ख २१२१ नम्बरको बस त्रिशूलीमा खस्दा ८ जनाको मृत्यु भएको गजुरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन कुँवरले जानकारी दिए ।

हालसम्म बसमा ४० जना यात्रु फेला परेको र धेरैको सकुशल उद्धार गरिएको डीएसपी कुँवरले बताए । उद्धार कार्य जारी रहेको र थप विवरण आउन बाँकी रहेको उनले बताए । उद्धार गरिएकाहरूलाई कसैलाई काठमाडौं पठाएको र कतिपयलाई  नजिकैका स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको उनले बताए ।

दुर्घटनास्थलमा सशस्त्र प्रहरीको गोताखोर टोलीले उद्धारका गरिरहेको छ । पुरा विवरण आउन बाँकी रहेको डिएसपी कुँवरले जानकारी दिए ।बस चालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका –९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।बस पृथ्वीराजमार्गबाट करिब १०० मिटर तल त्रिशूली नदीमा खसेको छ।