२३ भाद्र २०८१, आईतवार

बनाउदै गरेकाे घरमा करेन्ट लागेर एक जना मजदुर घाइते

काठमाडौ : बनाउदै गरेकाे घरमा करेन्ट लागेर एक जना मजदुर घाइते भयका छन्। तारकेश्वर नगरपालिका वडा न. ९ मनमैजु स्थित गणेश मन्दिर नजिकै  पक्कि घर बनाउदै गर्दा पेन्टिङकाे लागि फलामको पाइप राख्ने क्रममा नजिकै रहेकाे बिजुलीको तारमा फलामको पाइपले छाेए पछि करेन्ट लागेकाे हाे ।

घाइते मजदुर टाेखा नगरपालिका काठमाडौंका हुन, हाल घाइतेलाई ग्रान्डि अस्पतालमा उपचार का लागि लगियकाे छ । करेन्ट पनि लागेकाे र घरकाे २ तलाबाट खसेपछि टाउकामा गम्भीर चाेट लागेकाे र बेहाेस अवस्थामा एम्बुलेन्सले हस्पिटल पुर्‍याए पनि उनकाे अवस्था गम्भीर रहेकाे अस्पताल श्राेतले बताएकाे छ।