११ श्रावण २०८१, शनिबार

जाजरकोटमा अबदेखि राहदानी (पासपोर्ट )अनलाइन आवेदन फारममा शुल्क नलाग्ने

जाजरकोट :जिल्ला प्रशासन कार्यालय जाजरकोटले राहदानी (पासपोर्ट) को अनलाइन आवेदन फाराम निःशुल्क भरिदिने भएको छ ।

मंगलबार एक सूचना जारी गर्दै प्रशासनले निःशुल्क अनलाइन आवेदन भर्ने व्यवस्था गरेको जनाएको छ ।माघ १ गते देखि निःशुल्क अनलाइन आवेदन फाराम भर्ने व्यवस्था सञ्चालन गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माले बताए ।

यसभन्दा अघि आउने सेवाग्राहीले चर्काे शुल्क तिरेर पासपोर्टको अनलाइन फाराम भर्ने गरेका थिए ।  सेवाग्राहीको मर्कालाई बुझेर कार्यालयले निःशुल्क भर्ने व्यवस्था गरेको प्रशासकीय अधिकृत शर्माले बताए ।