२३ भाद्र २०८१, आईतवार

जनसाँस्कृतिक महासंघ द्वारा पुर्ण हमालकाे निधन प्रति श्रद्धाञ्जली ब्यक्त

काठमाडौं :अखिल नेपाल जनसांस्कृतिक महासङ्घले सङ्गठनका केन्द्रीय सदस्य जीबन हमालका बुबा पूर्णबहादुर हमालको निधनप्रति दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली वक्तब्य जारि गरेको छ ।

सङ्गठनका केन्द्रीय संयोजक हिरामणि दु:खीद्वारा जारी वक्तब्यमा भनिएको छ ‘पूर्णबहादुर हमाल जनयुद्धका क्रममा पार्टी र आन्दोलनमा महत्वपूर्ण योगदान दिनुभएका एकजना इमान्दार सुभेच्छुक हुनुहुन्थ्यो’ ।

मृतक हमालको निधनबाट आफ्नो सङ्गठन स्तब्ध भएको जनाउँदै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै सङ्गठनका सदस्य जीवन हमाल र उहँको परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ, वक्तव्यमा भनिएको छ ।