२३ भाद्र २०८१, आईतवार

अनेरास्ववियु कर्णाली काे अध्यक्ष मा बिबश भारतिकाे दाबि

सुर्खेत : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशन पौष ७ र ८ गते हुँदैछ । दैलेख सदरमुकाममा सम्पन्न हुने अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।

अधिवेशनको मिति नजिकिदै गर्दा नेतृत्वको लागि विद्यार्थी नेताहरुले सक्रियता बढाएका छन । विषेशगरि संगठनको प्रदेश अध्यक्षका लागि जाजरकोटका विद्यार्थी नेता बिबश भारतीले बलियो दाबी प्रस्तुत गरेका छन । अनेरास्ववियु जाजरकोटको पूर्व अध्यक्ष समेत रहेका भारती काठमाडौमा सम्पन्न अनेरास्ववियुको २३ औं महाधिवेशनमा केन्द्रीय कमिटी सदस्यमा झिने मतान्तरले पराजित भएका थिए ।

झिनो मतले माथिल्लो कमिटीबाट बाहिरिनु परेकोले प्रदेश कमिटीको नेतृत्वको लागि आफ्नो दाबी स्वभाविक भएकोले प्रतिनिधिहरु र नेतृत्वले आफुप्रति न्याय गर्ने भारतीको विश्वास छ । अनेरास्ववियु सिटिइभिटी एसियन ईन्जिनियर क्याम्पस कमिटीको अध्यक्ष हुँदै राष्ट्रिय कमिटी सदस्य तथा संगठनको जिल्ला कमिटी अध्यक्षको भूमिका निर्वाह गरिसकेका भारतीले आफुले पाएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेको अनुभवले पनि आफुले सहज रुपले प्रदेश कमिटीको नेतृत्व गर्ने बताए ।

हाल आफू अधिवेशन आयोजक कमिटी सदस्य बाहेकको अन्य जिम्मेवारीमा नरहेकोले पनि एक व्यक्ति एक जिम्मेवारी अनुरुप आफ्नो दाबी स्वभाविक रहेको उनको भनाई छ । निरन्तर विद्यार्थीहरुको हक, अधिकार र शिक्षा क्षेत्रको विकासमा सक्रिय रहि लोकप्रिय विद्यार्थी नेताको छवि बनाएका भारती विद्यार्थी राजनीति बाहेक अन्य कुनै क्षेत्रमा संलग्न नरहेकोले पनि प्रतिनिधिहरुले आफुलाई नै रोज्ने उनको दाबी छ ।

अनेरास्ववियुको प्रदेश अध्यक्षको आकांक्षीमा भारती सहित संगठनको हालका अध्यक्ष ललित जंग शाही, आयोजक कमिटी सदस्य राजेश वली र मिजाश मल्ल रहेका छन । अन्य प्रदेशहरुमा नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन भएकोले कर्णालीमा पनि सर्वसम्मत रुपमै नेतृत्व चयन हुने अनेरास्ववियुले जनाएको छ ।