प्रगतिशील लेखक तथा साहित्यकार खेम थपलियाद्वारा लिखित “कम्युनिस्ट पार्टी संगठन” नामक बुक आज सार्वजनिक हुने
काठमाडौं ।स्वाभिमान प्रकाशन गृह प्रा.लि. ले आज दिउसाे १ बजे होटेल हार्दिक (सद्भाव हल), बागबजार, काठमाडौँमा लेखक तथा साहित्यकार खेम थपलियाद्वारा लिखित ‘कम्युनिस्ट पार्टी संगठन’ नामक पुस्तकको सार्वजनिककीकरण एवम् विशेष अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
शुक्रबार स्वाभिमान प्रकाशन गृह प्रा.लि.का अध्यक्ष भीम चापागाईँले सम्पादकज्यू/समाचार प्रमुखज्यूलाई पत्रमार्फत विशेष अन्तरक्रिया कार्यक्रमको आफ्नो लोकप्रिय सञ्चार–माध्यमबाट समाचार संकलन तथा सम्प्रेषण गरी सहयोग गरिदिन हुन हार्दिक अनुरोध गरेका छन् । उक्त विशेष अन्तरक्रिया कार्यक्रममा वक्ता अतिथिहरु : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्य ‘किरण’, नेकपा (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, नेकपा (माओवादी केन्द्र) का सचिव राम कार्की, नेकपा (एकीकृत समाजवादी) का महासचिव धनश्याम भुसाल, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेप...









