११ श्रावण २०८१, शनिबार

प्रचण्ड र बाबुराम पार्टी एकताको प्रयासमा

काठमाडौं ।पुष्पकमल दाहाल “प्रचण्ड” नेतृत्वको नेकपा  (माओवादी केन्द्र) र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)बीच पार्टी एकताका लागि छलफल भएको छ ।गत वर्ष चुनाव अघि नै एकता गर्ने राजनीतिक सहमति गरेर नेसपाका अध्यक्ष भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निर्वाचन क्षेत्र (गोरखा-२) छाडे पनि ठोस प्रगति हुन सेकेको थिएन।आइतबार माओवादीका वार्ता समिति संयोजक कृष्णबहादुर महरा र नेसपाका वार्ता समिति संयोजक गंगानारायण श्रेष्ठबीच पार्टी एकताका विषयमा औपचारिक कुराकानी भएको हो ।

छलफलपछि जारी विज्ञप्तिमा उनीहरुले पार्टी एकताका लागि पार्टी एकताका लागि ठोस रुपमा अघि बढ्न सुझाव दिने निर्णय गरेको जानकारी दिए ।

विज्ञप्तिमा भनिएको छ,‘बैठकमा पार्टी एकताको लागि दुवै पार्टी केन्द्रलाई पार्टी एकता संयोजन समिति गठन गर्न सुझाव दिने साथै उक्त पार्टी एकता संयोजन समितिले दुवै पाटीले उठाइरहेका वैचारिक र नीतिगत विषयहरुमा छलफल गरी सहमतिको आधारमा अगाडि बढ्ने र पार्टीको विधान,नाम,संगठनात्मक संरचना, चुनाव चिन्ह लगायतका विषयहरुमा पार्टी एकता संयोजन समितिले सहमति गरे अनुरुप अगाडि बढ्ने गरी पार्टीलाई सुझाव दिने निर्णय गरियो।’