एमसिसि साम्राज्यवादी मिसनमा आधारित परियाेजना हाे : सिपि गजुरेल
काठमाडौं।क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका बरिष्ठ नेता सिपी गजुरेलले राष्ट्रघाती एमसीसी सम्झौता (परियोजना) अमेरिकाको साम्राज्यवादी मिसनमा आधारित परियोजना भएको बताएका छन् । शनिबार काठमाडौँमा भएको ‘एमसीसी खारेजी र फिर्ता’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले राष्ट्रघाती एमसीसी परियोजनालाई श्रीलङ्कामा जस्तै फिर्ता नपठाएर नेपाल युक्रेन जस्तै अमेरिका र चीनबीचको युद्धबाट खरानी हुने दावी गरे ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता गजुरेलले देशको स्वाधीनताको रक्षा गर्न चाहने सबैले अमेरिकाको एमसीसी परियोजनालाई कार्यान्वयन होइन, फिर्ता पठाएरै छाड्नुपर्ने विचार व्यक्त गरे । अमेरिकाले एमसीसी सम्झौता सदनबाट पारित गरेपछि नेपालको उत्तरी क्षेत्रमा हतियारहरु जम्मा पार्न थालेको चर्चा गर्दै अमेरिकाले जे गरेपनि यो दलाल सरकारसँग उनीहरुलाई नियन्त...