६ माघ २०८१, आईतवार

शिक्षा ऐन मुख्य राजनीति दलका नेताले ल्याउन चाहेमा कसैले राेक्न सक्दैन ,ANTO -अध्यक्ष : ढकाल

बुटवल :अखिल नेपाल शिक्षक सगठनका केन्दिय अध्यक्ष लक्षीराम ढकालले सरकारले ल्याउन लागेको शिक्षा ऐन मुख्य राजनीतिक दलका शीर्ष नेताले चाहेमा कसैले राेक्न नसक्ने बतायका छन।सनिवार सम्पन्न अखिल नेपाल शिक्षक सगठन लुम्बिनी प्रदेशको दाेश्राे अधिवेशन लाई सम्वाेधन गदै अध्यक्ष ढकालले यस्तो बतायका हुन ।

अध्यक्ष ढकालले शिक्षा ऐन ल्याउने सवालमा आफूहरूको विरोध नभएको तर सबैको साझा प्रतिनिधित्व हुनुपर्ने जोड दिदै उनले भने–‘२०२८ सालको शिक्षा ऐन (पञ्चायतकालीन) ले २०८० सालमा गर्न नसक्ने बताउदै ५२ वर्षसम्म पनि हाम्रो शिक्षा ऐन ल्यझ सकेनाै हामीले चाहेर शिक्षा ऐन आउदैन तर शिर्ष नेताले चाहेमा शिक्षा ऐन छिटो आउने बताउदै सम्पुर्ण सगठन शिक्षा ऐनको विरोधी होइनौँ तर शिक्षाको राष्ट्रिय लक्ष्य र उद्देश्य किटान गनुपर्ने बताएका छन् ।अधिवेशनमा नेपाल कम्युनिस्ट पार्टीका पाेलिटव्युराे सदस्य सन्जिव सि, क्रान्तिकारी  कम्युनिस्ट पार्टीका नेपाल  प्रदेश सदस्य नविन खड्का अखिल समाजबादीका केन्द्रीय सदस्य बिज्ञान सि लगायतका बक्ताले सफलताको शुभकामना मन्तब्य राखेका थिय, अधिबेशनले भिमदेव ढकालको नेतृत्वमा २१ सदस्यीय लुम्बिनी प्रदेश समिति गठन गरेको छ जसकाे सह- अध्यक्ष प्रेम ओली( रोल्पा उपाध्यक्ष( महिला )-कविता खनाल (दाङ )उपाध्यक्ष -. यज्ञ प्रसाद न्यौपाने (नवलपरासी )उपाध्यक्ष -पुनम आले(अर्घाखाँची )महासचिव – राम निवास चौहान(कपिलवस्तु )उपमहासचिव अर्थ-. रमेश मल्ल (रोल्पा )उपमहासचिव लिलाधर बि क(दाङ )सचीव – अयान बि .क.(अर्घाखाँची )सचीव महिला – .शिवकला खनाल(रुपन्देही ) निर्वाचित भएको सगठले जनाएको छ कार्यक्रममा अखिल नेपाल शिक्षक सगठनका केन्द्रीय सह अध्यक्ष गुनाखर भट्टराई उपाध्यक्ष महासचिव लगायतका सगठनका पदाघिकारी ले बधाई तथा शुभकामना मन्तब्य राखेका थिय, कार्यक्रम अध्यक्ष भिमदेव ढकालको अध्यक्षता महासचिव राम निवास चााैहानकाे सञ्चालन केन्द्रीय उपमहासचिव अर्थ लक्ष्मण वलिले स्वागत मन्तब्यका साथ कार्यक्रम सम्पन्न भएको थियो ।