२३ भाद्र २०८१, आईतवार

गद्दार र धाेकेवाजहरूकाे चिहानमा मात्रै सहिदका सपनाहरू फक्रिन सम्भव हुन्छ : दिपक

लेखक : उदय बहादुर चलाउने " दिपक"

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय कार्यलय सदस्य तथा युवा नेता उदय बहादुर चलाउने “दिपक”ले “गद्दार र धाेकेवाजहरुकाे चिहानमा मात्रै सहिदहरुका सपनाहरु फक्रिन सम्भव हुने” कुरा  बतायका छन,।

सहिद सप्ताहकाे अन्तिम दिनकाे अवसरमा विभिन्न आन्दोलनका क्रममा  सहादत प्राप्त गर्ने सहिदहरुकाे सम्झनामा आफ्नाे फेसबुक मार्फत श्रद्धाञ्जली ब्यक्त गर्दै उक्त कुरा बतायका हुन । फागुन २१:,प्रथम, सहिद सप्ताहकाे अन्तिम दिन :
जनयुद्धको सहिद सप्ताह अन्तर्गत याे दिनलाई २८ सालकाे झापा आन्दाेनका सहिदहरूकाे सम्मान र सम्झनामा स्मरण गर्ने गरिन्छ । तत्कालिन नेकपा(माओवादी) काे २०५७ मा सम्पन्न दाेस्राे राष्ट्रिय सम्मेलनकाे निर्णय पश्चात् याे दिनले जनयुद्ध र झापा आन्दाेलनलाई जाेड्याे । माओेवादी जनयुद्धले आफुलाई इतिहासका तमाम् न्यायपुर्ण वलिदानहरूमा समर्पित गर्ने क्रममा झापाकाे उच्चता समेत उद्घाेष गर्याे । हुन त एकातिर, जनयुद्धलाई आतंककारी कृयाकलाप परिभाषित गरेर त्यसका बिरूद्ध तत्कालिन शाही सेना र प्रहरी लगाएर माओेवादी कार्यकर्ता तथा जनताकाे हत्यामा भुमिका खेल्ने झापा आन्दाेलनबाटै हुर्केकाे पंक्ति सत्तामा थियाे । अर्काेतिर न सुराकि न खुराकिकाे नीति अन्तर्गत सेना-प्रहरीले लखेट्दै गरेकाे अवस्थामा त्यान्द्राेकाे सहारा समेत नदिने कम्युनिष्ट शैली पनि छँदै थियाे ! भलै त्याे अंश थियाे । परिस्थितिकाे त्याे अँध्याराे पक्ष थियाे । जनयुद्ध उज्यालाेकाे उत्तराधिकारी थियाे । त्याे समग्र थियाे । जनयुद्धलाई त्यसखाले साना तिना कुराप्रति प्रवाह भएन । इतिहासकाे मूल्य रक्षा गर्नु महत्वपुर्ण विषय थियाे । सच्चा माओवादी स्कुलले हामिलाई सिकायाे- सुखानि हाम्राे प्रेरणा हाे ! ग्लानि हाेईन गाैरव हाे !

दाेस्राे, तीन बुँदे सहमतिकाे दिन :
सुखानीकाे थप उचाई निर्माण गर्न जनयुद्धले मेलगैरी, जुनी, हारजङ्, अनेकाेट, दाेरम्बा लगायत दर्जनाै र सयाैं सुखानीहरू खडा गर्याे । तर, झापा आन्दाेलन झैं जनयुद्ध पनि पराजित भयाे । जनयुद्धकाे एउटा तब्का झापालीहरू झैं सत्ताकाे हिस्सेदारीमा पुग्याे । फेरि पनि सुखानीकाे यात्रा राेकिएन ! धाेका र गद्दारीका निल डामहरू सुम्सुम्याउदै झापा बिद्राेह र जनयुद्धका सच्चा हकदारहरू अघि बढे । विरेन, कृष्ण र रत्नहरूकाे स्थान जब महान् , कुमार र निरकुमारहरूले लिए तब, उनिहरूकाे वलिदानलाई आतंककारी करार गर्न समयसत्ता चक्रब्युहकाे अग्र पंक्तिमा उभिन आएका थिए उनै झापा र जनयुद्धका `पार्थ´ कमरेडहरू, त्याे पनि बलियाे गठजाेडका साथ !
आफ्नाे अविराम यात्रामा समयले नयाँ नयाँ फन्काे लाउदै गर्दा सहयाेद्धाहरूका वलिदानले ओेतप्राेत रक्तिम झण्डा उठाएर अघि बढ्नुकाे बिकल्प थिएन, रहेन । यहि उपक्रममा नयाँ माेड बनेकाे तीन बुँदे र त्यसपछिकाे समय चक्रले फेरि अर्काे निर्ममता थपिदियाे । आज तीन बुँदे यात्राकाे लामबन्दिबाट एक हुल सहकर्मीहरू फेरि पुरानै सत्ताकाे चास्नि वरिपरि भुन्भुनाउदै डल्लाे पर्न पुगेकाछन् । भनिन्छ- इतिहासकाे दाेहराई प्रहसन या उपहास हाे ! तर, याे त तेहराई नै भईसक्याे । समयले यसकाे उपयुक्त संश्लेषण गर्ला !

आज २१ फागुन ! सहिद सप्ताहकाे अन्तिम दिन ! झापा आन्दाेन, जनयुद्ध र एकीकृत जनक्रान्तिका आदरणिय सहिद परिवारजन, प्रिय सहकर्मि कमरेडहरू ! घाईते र जेलमा रहनुभएका सहयाेद्धा कमरेडहरू! याे दिन र सप्ताह केवल एउटा दिन र हप्ता मात्रै रहेन अब ! याे एउटा युग हाे । बिचार र चेतनाकाे युग ! सपना र संकल्पकाे युग ! याे दिन र युगधारालाई स्मरण, सम्मान र शिराेपर गर्दै हरेक पटकका आन्दाेलनहरूमा निस्वार्थ समर्पित सम्पुर्ण मनहरूप्रति हार्दिक अंकमाल प्रकट गर्दछु ! घाईते तनहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु ! वेपत्ता याेद्धाहरूकाे विशेष सम्झनाका साथ अमर सहिदहरूमा भावपुर्ण श्रद्धाञ्जली टक्रयाउदछु!
याद रहाेस् – प्रतिक्रयावादीहरू, गद्दार र धाेकेवाजहरूकाे चिहानमा मात्रै शहिदका सपनाहरू फक्रिन सम्भव हुन्छ।